भर्खरै :

म्याद नाघेको खोप दिएर महामारीको आयु लम्ब्याउँदै छन् विकसित देशहरू

नाइजेरियाले हालै १० लाख ६० हजारभन्दा बढी अस्ट्राजेनेका खोप नष्ट ग¥यो । त्यहाँको राष्ट्रिय प्राथमिक स्वास्थ्य उपचार विकास संस्थाका प्रमुख पैmसल शौबले सो घटनाबारे भने,“विकसित देशहरूले यी खोप किनेर भण्डारमा थन्काए । अब यसको म्याद नसकिने बेला हामीलाई चन्दा दिइरहेका छन् ।” उनले नाइजेरियाले अब यस्ता सहयोग नस्वीकार्ने घोषणा गरे । यसअघि केही सञ्चारमाध्यमले विश्व स्वास्थ्य सङ्गठनको कोभिड–१९ खोपको विश्वव्यापी सञ्जाल कोभ्याक्समार्फत युरोपबाट नाइजेरियामा आएका खोप चारदेखि छ सातामा नै म्याद सकिएको र समयमै प्रयोग हुन नसकेको समाचार प्रकाशित गरेका थिए ।
यस्तो घटना नाइजेरियामा मात्र भएको होइन । सेनेगलले पनि कोभिड–१९ को म्याद नाघेको झन्डै ४ लाख मात्रा खोप यो वर्षको अन्त्यमा नष्ट गर्ने तयारी गरिरहेको छ । मे महिनामा मालावीले कोभिड–१९ का म्याद नाघेका २० हजार मात्रा खोप नष्ट गर्नुपरेको थियो । त्यही बेला प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा १३ लाख मात्रा खोप फिर्ता पठायो । अफ्रिकी खोप व्यवस्थापन कोष, अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र र कोभ्याक्सले हालै एउटा संयुक्त वक्तव्य जारी गरी अफ्रिकी देशहरूमा सहायता गरिएको कोभिड–१९ को खोपको गुणस्तरमा सुधारको माग गरेका छन् ।
यसो हुनुको खास कारण संरा अमेरिका र उसका साझेदार देशहरूले महामारीको सुरुवातमा बेहिसाब खोप भण्डारण गर्दाको परिणाम हो । खोप विकास भइरहेको समयमा विकसित देशहरू आफ्नो लागि खोप किन्न दौडादौड गरे । सन् २०२१ को जूनसम्ममा संरा अमेरिकाले भण्डारण गरेको खोप उसको आन्तरिक आवश्यकताभन्दा निकै बढी भइसकेको थियो । तथ्याङ्कअनुसार संरा अमेरिका र उसका साझेदार देशहरूले झन्डै २४ करोड मात्रा कोभिड–१९ को खोप भण्डारण गरेका छन् । ती खोपको म्याद अहिले सकिंदै छ । खोपको खाँचो परेका देशलाई दिनुभन्दा ती देशहरू खोप आफ्नो गोदाममा सडाउन तयार थिए । खोपको म्याद नसकिंदासम्म ती देशहरूले आफूसँग भएका खोप अफ्रिकाजस्ता विकासशील क्षेत्र र देशलाई सहायता वा बेच्न तयार भएनन् । यसप्रकार संरा अमेरिका र उसका साझेदारहरू खोपको म्याद नसकिँदासम्म गोदाममा थन्काएर खोप सहायता गर्न ‘सफल’ भएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन नेतृत्वको खोप वितरण संयन्त्रले अफ्रिकी देशहरूलाई सहायतामा दिइएका अधिकांश खोप छोटो समयावधिमा दिइएको र तिनको म्याद पनि छोटो भएको खुलासा गरेको छ । त्यसकारण, धेरै विकासशील देशहरूले साह«ै खाँचो परेको बेला खोपमात्र पाएनन्, बरु ती देशहरू संरा अमेरिका र पश्चिमा देशहरूको निम्ति ‘ठूलो परिमाणमा खेर गएको खोप पन्छाउने थलो’ बनेका छन् । संरा अमेरिका र उसका साझेदारहरूको महामारीविरुद्ध पाखण्डी रणनीतिले कोभिड–१९ विरुद्ध संसारको लडाइँलाई प्रभावित बनाएको छ । धेरै विज्ञहरूले ओमिक्रोन भाइरस धनी देशहरूले आफूलाई चाहिएको भन्दा बढी मात्रा खोप भण्डारण गर्नुको कारण देखापरेको बताएका छन् । फेरि नयाँ प्रजातिको भाइरस देखापरेपछि ती देशहरू फेरि पनि खोपको जोगाड गर्न लागेका छन् । फलतः कोभिड–१९ विरुद्धको लडाइँ अन्त्यहीन चक्रमा फसेको छ ।
संरा अमेरिकामा आज ओमिक्रोन प्रजातिले डेल्टा प्रजातिलाई जित्दै छ । यसले संरा अमेरिका र उसका साझेदार देशहरूलाई उनीहरूले आफ्ना नागरिकलाई जतिसुकै खोप दिए पनि संसारभरको खोप लगाउने दर नउकासिए भाइरस फर्की फर्की उनीहरूलाई दुःख दिन आइरहने कुरा देखाएको छ । अहिलेसम्म अफ्रिकाका कुल १ अर्ब ३० करोड जनसङ्ख्यामध्ये मात्र ७.५ प्रतिशतले पूर्ण मात्रा खोप पाएका छन् । तर, कोभिडको खोप बजारमा आएको एक वर्ष भइसक्दा पनि संरा अमेरिका र उसका साझेदार देशहरूले ठूलो परिणाममा खोप भण्डारण गरिरहेका छन् । बेलायतका पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले गत सेप्टेम्बर महिनामा यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा विकसित देशहरूमा १० करोड मात्रा खोप खेर जाने अनुमान गरिएको बताएका थिए ।
संरा अमेरिका र उसका साझेदारहरूमा कहिल्यै पनि ‘रक्षक’ को भावना भएन । बरु उनीहरूले निकै स्वार्थी व्यवहार गरे । संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरे,“दोस्रो विश्वयुद्धमा जस्तै अमेरिका कोभिड–१९ महामारीविरुद्धको लडाइँमा प्रजातन्त्रको हतियार हो । हाम्रो देश बाँकी संसारको लागि खोपको हतियार हुन गइरहेको छ ।” तर, दुई वटा पक्ष (प्रजातन्त्र र महामारी)को लागि ‘हतियार’ बन्ने यो दाबी झूटो सावित भयो । साथै संसारको लागि यो संरा अमेरिकी पाखण्डी सिद्ध भयो । संरा अमेरिकाले महामारीविरुद्धको लडाइँमा आफ्नो ‘नेतृत्व’ नवीकरण गर्नमा जोड दिँदै गर्दा अफ्रिकी देशमा म्याद नाघेको खोप पठाएर त्यो ‘नेतृत्व’ आफैले भत्काउने काम गरेको छ ।
यता चीनले भने ५३ वटा अफ्रिकी देशहरू र अफ्रिकी सङ्घ आयोगलाई १८ करोडभन्दा बढी मात्रा खोप प्रदान गरेको छ । चीनको यो सहायतालाई भने संरा अमेरिकाले ‘खोप कूटनीति’ भनिरहेका छन् । चीनले विदेशलाई खोप दिने कार्यक्रमलाई आफ्नै देशको खोप अभियानसँग मिलाएको छ । तर, पश्चिमा देशहरूले ठूलो मात्रामा खोप आफ्नो लागि भण्डारण गरेरमात्र म्याद नाघ्ने समयमा मात्र खोप ‘सहायता’ गरिरहेका छन् ।
चीन–अफ्रिका सहकार्य मञ्च (फोकाक) को आठौँ मन्त्रीस्तरीय सम्मेलनमा चीनले अफ्रिकालाई थप १ अर्ब मात्रा खोप दिने घोषणा गरेको छ । तीमध्ये ६० करोड खोप सहायतास्वरुप प्रदान गरिनेछ । आजसम्म चीनले संसारका १२० देश र अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई झन्डै २ अर्ब मात्रा कोभिड–१९ को खोप दिइसकेको छ । चीन विदेश र विभिन्न क्षेत्रमा सबभन्दा बढी खोप पठाउने देश हो । चीन मानव जातिको साझा भविष्यको लागि साझा समुदाय बनाउने काममा प्रतिबद्ध छ ।
कोरोना भाइरसको कुनै सीमा हुँदैन । त्यसकारण, यो महामारीको अन्त्य रोकथाममा सबभन्दा कमजोर देशमा निर्भर रहनेछ । केही टिप्पणीकारहरू भन्दै छन्, अफ्रिका महामारीविरुद्धको विश्वव्यापी लडाइँमा सबभन्दा प्रमुख रणमैदान बनेको छ । यदि संरा अमेरिका र उसका साझेदार देशहरू यो लडाइँमा आफ्नोतर्फबाट योगदान गर्न चाहन्छन् भने उनीहरूले अफ्रिकी देशहरूलाई ‘काम नलाग्ने खोप फाल्ने ठाउँ’ जस्तो व्यवहार रोक्नुपर्छ । उनीहरूले विज्ञानभन्दा अघि भूराजनीतिक स्वार्थलाई राख्नुहुन्न । ‘खोप राष्ट्रवाद’ ले अरूलाई मात्र होइन, आफैलाई हानि गर्ने कुरा उनीहरूले बुझ्न जरुरी छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *