के देशभक्त नेपालीले सिंहदरबार जलाउँछन् ?
- कार्तिक १२, २०८३
सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिले स्थापना गरेको सोभियत सङ्घ विघटन भएको यो वर्ष तीन दशक पूरा भएको छ । संसारको पहिलो सर्वहारा वर्गको राज्य सत्ता पेरिस कम्युन ७२ दिनमात्र टिक्यो । सोभियत समाजवाद सात दशकभन्दा लामो समय टिक्यो । श्रमिक वर्गले राज्य सञ्चालन गर्नसक्छ भन्ने कुरा सोभियत सङ्घले देखाएको थियो ।
सोभियत सङ्घ पश्चिमा पुँजीवादी राजनीतिक व्यवस्थाभन्दा धेरै कोणमा प्रगतिशील र क्रान्तिकारी व्यवस्था थियो । तथापि, एउटा गोली पनि नचली सोभियत सङ्घ विघटन भयो । अक्टोबर क्रान्तिजस्तो अभूतपूर्व क्रान्तिको जगमा स्थापना भएको सोभियत सङ्घ यसरी विघटन हुने संसारमा कमैले अपेक्षा गरेका थिए । आज पनि सोभियत सङ्घ विघटन हुनुका कारणबारे धेरै कोणबाट बहस र छलफल भइरहेका छन् ।
कुनै पनि वस्तुमा परिवर्तनको मूल कारण त्यसको आन्तरिक अवस्था प्रमुख हुन्छ भने बाह्य पक्ष गौण हुन्छ । द्वन्द्ववादको यो सामान्य नियम हो । सोभियत सङ्घ विघटनका कारणबारे विश्लेषण गर्दा सोभियत सङ्घभित्रैका कारण प्रमुख हुन् । विशेषतः सन् १९५२ मा स्तालिनको हत्यापछि सोभियत सङ्घमा वैचारिक समस्या देखाप¥यो । स्तालिनपछिको नेतृत्वले पाइला–पाइला गर्दै अक्टोबर समाजवादी क्रान्तिको भावना र माक्र्सवाद–लेनिनवादलाई तिलाञ्जली दियो । वर्गसङ्घर्षको सिद्धान्त त्याग्दै संशोधनवादी नेतृत्वले वर्ग समन्वयवादको नीति लागु ग¥यो । लेनिन र स्तालिनको विचारको बद्ख्वाइँ गर्दै प्रतिक्रान्तिकारी विचारलाई बढावा दिइयो । विचारमा आएको स्खलनको परावर्तन सरकार सञ्चालनदेखि अन्तर्राष्ट्रिय नीतिसम्म प¥यो । सोभियत संशोधनवादी नेतृत्वले सोभियत सङ्घअन्तर्गतका राज्यहरूलाई नयाँ उपनिवेशको व्यवहार गर्न थाल्यो । उत्पादनमा विशिष्टीकरणको नाममा सबै राज्यलाई पराधीन बनाइयो । संशोधनवादी नेतृत्वले पुँजीवादी विचार अँगाल्दा अन्ततः सोभियत सङ्घले पनि साम्राज्यवादी चरित्र देखायो । संरा अमेरिका र युरोपका साम्राज्यवादी देशहरूले जस्तै सोभियत सङ्घले पनि स्वतन्त्र देशमाथि सैनिक र राजनीतिक हमला गर्न थाल्यो ।
संशोधनवादी नेतृत्वले समाजवादी क्रान्तिलाई कोरा सूत्रको रूपमा प्रचार गरी समाजवाद, माक्र्सवाद–लेनिनवादको व्याख्या र कुनै पनि देशको क्रान्तिको लेखाजोखा गर्ने प्राधिकार आफूलाई ठान्यो । उनीहरूले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई नै नयाँ उपनिवेशको हतियारको रूपमा दुरुपयोग गर्न खोजे । सोभियत नेतृत्वमा देखिएको यो वैचारक स्खलनले सोभियत समाजवादलाई भित्रैदेखि कमजोर र खोक्रो बनाउँदै लग्यो । संसारमा आफ्नो एकछत्र प्रभुत्वको निम्ति सधैँ भोको संरा अमेरिका नेतृत्वको पश्चिमा साम्राज्यवादी मोर्चाको निम्ति सोभियत सङ्घको यो कमजोर अवस्था आफ्नो उद्देश्य उकास्ने अवसर बन्यो । आफ्नो स्वार्थको निम्ति जस्तोसुकै आकार पनि लिनसक्ने संरा अमेरिकी साम्राज्यवादले सोभियत नेतृत्वको वैचारिक कमजोर, सोभियत अर्थतन्त्रको अनियन्त्रित भद्रगोल, जनताबीच पश्चिमा प्रचारको प्रभाव आदि कारणबाट लाभ उठायो र सोभियत सङ्घलाई विघटनसम्म पु¥यायो । सोभियत सङ्घको कम्युनिस्ट पार्टी र कर्मचारीतन्त्रभित्र नियोजितरूपमा पसेका कम्युनिस्टविरोधीहरूले समाजवादी सिद्धान्त र भावनालाई समाप्त बनाए । अन्ततः सन् १९९१ को डिसेम्बर २५ मा सोभियत सङ्घको औपचारिक विघटन भयो । सोभियत समाजवाद विघटन भएको ३० वर्षपछि पनि रुसलगायत सोभियत सङ्घअन्तर्गतका देशका जनताले समाजवादलाई बिर्सन सकेका छैनन् । पुरानो सोभियत सङ्घ इतिहास भयो ।
नेतृत्वले सैद्धान्तिक गल्ती गर्दा, व्यवहार र आचरणमा ध्यान नदिंदा र शत्रुको चालबाजीबारे चनाखो हुन नसक्दा मानव समाजकै इतिहासमा ऐतिहासिक मानिएको समाजवादी क्रान्तिको जगमा स्थापना भएको सोभियत सङ्घ विघटन भएको घटनाबाट आज र भोलिको निम्ति हामीले धेरै शिक्षा लिन सक्छौँ ।
Leave a Reply