राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
भक्तपुर, १२ पुस । भक्तपुर उद्योग वाणिज्य सङ्घले सोमबार नेपालका लागि थाइल्यान्ड तथा श्रीलङ्काका राजदूतहरूलाई स्वागत गर्यो । स्वागत समारोहमा दुवै राजदूतसँग भक्तपुर जिल्लाको आर्थिक विकासमा थाइल्यान्ड र श्रीलङ्काका उद्यमी व्यवसायीहरूको सहयोग र सहकार्यबारेमा छलफल भएको थियो ।
कार्यक्रममा सङ्घका अध्यक्ष शिवप्रसाद मानन्धरले जिल्लाका उद्यमी व्यवसायीहरूको हक हितको रक्षाका साथै उद्योग व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको भक्तपुर उद्योग वाणिज्य सङ्घले थाइल्यान्ड र श्रीलङ्काका उद्यमी व्यवसायीहरूसित सम्बन्ध विकास गरी स्थानीय पर्यटन, हस्तकला तथा कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न ठोस कदम चाल्ने बताउनुभयो ।
श्रीलङ्काका महामहिम राजदूत हिमाली शुभाशिनी तिलकरत्नले श्रीलङ्काको नेसनल चेम्बर अफ कमर्ससित भ्रातृत्व सम्बन्ध विकासको लागि पहल गरिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
थाइल्यान्डका महामहिम राजदूत वोसित वोरोसाफले दुई देशबीच रहेको प्रगाढ सम्बन्धलाई आर्थिक विकासको क्षेत्रमा आवश्यक सहयोग पु¥याउन आफू सकारात्मक रहेको बताउनुभयो ।
सङ्घका वरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौबन्जाले पनि आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply