रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
म केटाकेटी छँदा घरमा मुसाले सारै सतायो । कष्ट गरेर, कष्ट पनि बडो कष्ट गरेर खेती ग¥यो तर खाने बेलामा मुसो । के मुसो ? मुसाको पनि बथान नै । तब अन्नपात चोर्ने र चोरका खाद्यवस्तु लुकाउने मुसालाई फसाउन मुसो पक्राउ पर्ने अक्किल आजमाएछन् र खोर बनाएछन् । त्यो खोरमा एक टुक्रा मासु राखेर मुसा समात्ने अक्किल आजमाएछन् । मुसा जातिमा घ्राणशक्ति (सुँघ्ने क्षमता) अत्यधिक हुने तथ्य मान्छेले पत्ता लगाइसकेको थियो । तसर्थ, एक टुक्रा मासु त्यो मुसो पक्राउ पर्ने मन्त्रमा खुसुक्क घुसाएर राख्यो । बस मुसो मासुको लोभले आउँछ, मासु टोक्न थाल्दछ र पासोमा पर्छ । तब बल गर्छ पासोबाट निस्कन, तर सक्दैन । घरबेटी आउँछ मुसोलाई निर्ममता एवं निर्दयी पाराले भुइँमा घोक्रोमा हान्छ । मुसाको त्यही आर्यघाट भयो रामनाम सत्य भो । मुसाको इहलीला समाप्त भो । हो, त्यही मुसो समात्ने साँचो हो, पासो हो एमसीसी – मिलेनियम च्यालेन्ज कर्पोरेसन । यो कुरा राजनीतिमा वर्षौँदेखि खेलेका पुराना नेताहरूबाट प्रशिक्षितमात्र होइन दीक्षितसमेत राजनेताहरूले बुझेका छैनन् भन्ने पत्याउन निकै अप्ठेरो छ मलाई । सबै पार्टीका धेरै नेतालाई पूराका पूरा थाहा छ कि एमसीसी धान चामल चोर्ने मुसो समात्ने साँचो हो भन्ने । यत्ति हो भन्नु ।
सधन्यवाद फिर्ता गरौँ
एमसीसीबाट प्राप्त हुने पैसो हो ५५ अर्ब रुपियाँको अनुदान । त्यो रकम स्तरीय सडक निर्माण एवं विद्युत् प्रसारण लाइन बनाउन खर्च हुन्छ । नेपाललाई ती दुवै आयोजना चाहिन्छन्, बनाउनुपर्छ । ती काम गर्न के अहिले पैसोले रोकिएको हो ? मलाई सोध्नु हुन्छ भने पैसा नभएर रोकिएको होइन । सरकारसँग पैसा यथेष्ट छ, १५–१६ खर्ब रुपियाँको बजेटमा ५५ अर्ब बजेट भनेको कति प्रतिशत हो र ? हिसाब निकाल्नोस् त ? यो सरकार र यसभन्दा अघिका पनि सरकारहरू किन यो ५५ अर्ब रुपियाँ बराबरको सहयोगका लागि यसरी मरिहत्ते गरेका होलान् म बुझ्न खोज्छु तर बुझ्न सक्दिनँ । सम्पूर्ण बजेटको रकममा यो ५५ अर्ब रुपियाँ भनेको दाँत कोट्याउने सिन्को जस्तोमात्र हो । फेरि यो सहयोग प्राप्त गर्ने लिखत सार्वभौमसत्ता सम्पन्न संसद्बाट पारित गराउनुपर्ने रे ! यही नीति अरु सहयोग गर्ने राष्ट्रका सरकारहरूले पनि लिए भने ? यो प्रश्न त छँदै छ । तसर्थ यो ५५ अर्ब रुपियाँको अनुदानमा ¥याल नकाढौँ । सहयोग गर्न मन गरेकोमा सहस्र धन्यवाद दिऊँ संरा अमेरिकी सरकारलाई र भनौँ हामीलाई निःसर्त सहयोग गर । तिमीसँग छ तसर्थ दिन्छौ । हामीसँग छैन तसर्थ लिन्छौँ । हुनेले नहुनेलाई दिँदा यसरी पेच कस्न त भएन नि ? अमेरिकी सरकारले यसअघि पनि सहयोग नगरेको होइन, यो पहिलो सहयोग पनि होइन भन्ने सम्झाऊँ एमसीसी सहयोग सधन्यवाद फिर्ता गरौँ ।
सके राम्रो गर्ने नत्र गर्दै नगर्ने
नाम प्रजातन्त्रको शिखर सम्मेलन काम युद्धको तयारी । संसारमा समाजवादी चीनको प्रचारमात्र बढेको छैन प्रभावसमेत व्यापकरूपमा बढिरहेको छ । साम्राज्यवादी अमेरिकालाई यो असह्य भएको छ । संरा अमेरिका अरु मुलुकको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमान पचाउन असमर्थ छ । सत्तामा डेमोक्रेटिक वा रिपब्लिकन जुन पार्टी आरोहण गरे पनि एउटै नीति हो नसहनु । चीनले आफ्नो देशको निरपेक्ष गरिबी हटाउन सफल भयो । यो साँच्चै चानुचुने कुरा होइन । सन् १९४५ मा मात्र विदेशी दासताबाट मुक्त भएको हो । गरिबी हटाउन कति लामो समय लाग्दोरहेछ त ? जे जति कष्ट एवं अथक परिश्रम र अविश्रान्त काम गरेरै चीनले यो भूगोलमा धेरै महान् काम गरेर देखायो । चीनसँग दुश्मनी गर्नेहरू पनि चकित छन् के जादू ग¥यो चीनले भनेर । त्यत्रो जनता छ, विश्वमा जलवायु भरपर्दो छैन । वर्षात् समयमा आवश्यक मात्रामा हुँदेन । असमयमा धेरै वर्षा हुन्छ, समयमा पर्याप्त पानी पर्दैन । यस्तो प्रतिकूल मौसम छ । तथापि, चीनले आफ्नो विशाल मुलुक र जनसङ्ख्यालाई निरपेक्ष गरिबीको गहिरो खाडलबाट उता¥यो । यो सानो लगन र तन्मयताले हँुदैन । तर, गरेरै देखायो चीनले । चीनको वित्पातको सफलताबाट अत्तालिएर खेलाडीहरूमार्फत कोभिड–१९ का भाइरस पठाएर पनि चीनलाई सोत्तर पार्न खोज्यो अमेरिकाले । तर, चोर पक्रियो । यो त सारै ठूलो अपराधै हो । महामारीको भाइरस पठाउनु भनेको अक्षम्य अपराध होइन र ! सत्ता र शक्तिमा भएका बेला सरकार राम्रो काम गर्ने, नराम्रो गर्दै नगर्ने बानी बसाल्न सके पो संसार कति सुन्दर हुँदो हो ?
आएपछि हटाउन कठिन
एउटा साधारण उपमा । कुचो नपुगेको ठाउँमा धुलो बाँकी नै रहन्छ भन्ने एउटा कति सुन्दर दृष्टान्त । कम्युनिस्ट आन्दोलन नपुगेका ठाउँमा खराबी बाँकी रहनु अस्वाभाविक कहाँ हो र ? राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिबारे विद्यालय तहदेखि नै पढाउनुपर्छ ताकि गैरविद्यार्थी जीवनमा राजनीतिलाई निरन्तरता दिने अभ्यास भइरहोस् । उदाहरणका लागि एमसीसीको सशक्त विरोधलाई लिन सकिन्छ । राजनीति तल्लो तहदेखि नपढाउँदा र विद्यार्थी जीवनमा राजनीतिबाट पृथक राख्दाको परिणाम हो अहिले विदेशी पुँजीका दलालमात्र होइन तथाकथित स्वतन्त्र भनिने बुद्धिजीवी पनि बोलिरहेका छैनन् । एमसीसीभित्र अमेरिकाको सैन्यवाद अन्तर्निहित भएको कुरा यसरी लुकाइएको छ जो सोझो आँखाले देखिँदैन, राजनीतिक आँखाले मात्र ठम्याउँछ । तसर्थ राजनीति जन्मेदेखि नै सिकाउनुपर्छ । विद्यार्थी जीवनमा राजनीति गर्नुहुँदैन भन्ने प्रतिक्रियावादी दृष्टिकोण यथेष्ट छ । यो दृष्टिकोणको विरुद्ध तगडा विरोध हुनुपर्छ । हेर्दा भारत निकै सिपालु छ भन्ने बजार छ तर एमसीसीको जालभित्र नराम्ररी फसेको छ । भारतको विशाखापटनममा विगत १५ वर्षदेखि अमेरिकी जलसेना तैनाथ छ । १५ वर्षदेखि भारतमा कति जना प्रधानमन्त्री भइसके तर कसैले पनि त्यो जलसेनाको उपस्थिति हटाउन सकेको छैन । वास्तवमा को चाहन्छ आफ्नो माटोमा विदेशी राख्न ? तर कोही सक्दैन हटाउन !
Leave a Reply