जेलका चिट्ठीहरू पुस्तक धेरैभन्दा धेरै पाठकहरूको मनसम्म पुग्न सफल होस्
- श्रावण २, २०८३
प्राचीनकालमा प्रचलित गुरुकुल शिक्षा प्रणालीमा शिष्यहरूले कडा अनुशासनमा बसेर गुरुलाई खुसी पारेर ज्ञान लिनुप¥थ्यो । पछि टुपी बाँधेर पढ्ने भनिन्थ्यो । हुँदाहुँदा गुरु शिक्षक र शिष्य विद्यार्थी भन्न थालिए । अब पढाइ, सिकाइमा परिवर्तित भयो । विद्यार्थीलाई हप्काएर, सजाय दिएर होइन, माया गरेर सिकाउनुपर्छ भन्ने अवधारणा आयो । सूचना प्रविधिले व्यापकता पाउँदै गर्दा, हाम्रो देशको शैक्षिक क्षेत्रमा पनि लेटर ग्रेडिङ सिस्टम आयो । यसले विद्यार्थीलाई फेल र कम नम्बर ल्याउनुको पीडाबाट मुक्त गराउँछ भन्ठानियो । विद्यालयबीच अनावश्यक प्रतिस्पर्धा पनि नहोला भन्ने आस गरियो । पहिला यसको प्रशंसा भए पनि, पछि यस्तो व्यवस्थाले शिक्षक र विद्यार्थीलाई अल्छि बनाएको भनेर आलोचना हुन थाल्यो । लकडाउनका कारण, पछिल्लो समयमा अनलाइन कक्षा, अनलाइन परीक्षाले प्रभुत्व जमायो । यसले गर्दा अब, कडा मेहनतका साथ समयको ख्याल गरी पढ्ने र खेलेर समय बिताउने विद्यार्थीहरूबीच कुनै फरक नै हुन छोड्यो ।
आजकल विद्यार्थीहरूले पढ्नुपर्ने पाठ्यपुस्तकहरू मोटामोटा र महँगामहँगा छन् । त्यसमा घोक्नुपर्ने, बुझ्नुपर्ने, गर्नुपर्ने, सम्झनुपर्ने धेरै कुरा छन् । बेलाबेलामा तिनको परीक्षणको लागि परीक्षा पनि लिइन्छ । त्यसको लागि विद्यालयमा शुल्क पनि तिर्नुपर्छ । विद्यार्थीहरूमा शिष्टाचार, अनुशासन र सहयोगी भावना छ । सूचना प्रविधिअन्तर्गत फेसबुक चलाउन, टिकटक बनाउन इत्यादिमा उनीहरू खप्पिस छन् । हाउभाउ, उफ्राइकुदाइ, लवाइखवाइ, हँसाइबोलाइमा पनि अब्बल छन् । तर, आफूले पढ्नुपर्ने विषयको परीक्षामा सोधिने प्रश्नको उत्तर खोज्ने कुरामा भने उनीहरू उदास र निरपेक्ष देखिन्छन् । पाठ्यक्रमसँग सम्बन्धित बाहिरी ज्ञानका विषयमा चासो राख्ने र अपडेट हुने बानी नै छैन । बोर्डिङमा मात्र होइन, सरकारी विद्यालयमा पनि अङ्ग्रेजीलाई महत्व दिन थालिएको हुँदा अधिकांश विद्यार्थीलाई नेपाली भाषा र व्याकरणका विषयअन्तर्गत बोलाइ र लेखाइमा वास्तै छैन । त्यस्ता विद्यार्थीहरूलाई गाली गरेर होइन, सम्झाएर र माया गरेर पढाउनु–सिकाउनुपर्छ भनिए पनि त्यसो गर्न सकिएको छैन । भनौँ, यस्तो उपायले अपेक्षाकृत काम गर्न सकेको छैन ।
यसरी हेर्दा, विद्यार्थीहरूको रूचि एकातिर र पाठ्यक्रम तथा पाठ्यपुस्तकको आग्रह अर्कैतिर भएको देखिन्छ । यो अवस्थालाई मध्यनजर गरी भोलिका दिनमा पाठ्यक्रम, शिक्षणका सिद्धान्त, शिक्षण विधि, सिकाइका सूत्र नै परिवर्तन गर्नका लागि आजै सोच्नुपर्ने बेला भएको हो कि ¤ यसैबीच, ढिलै भए पनि पछिल्लोपटक प्रकाशित लेटर ग्रेडिङ निर्देशिका २०७८ ले कक्षा १–१२ सम्म उत्तीर्ण हुन कुनै पनि विषयमा सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएछ । यसले निश्चय नै, विद्यार्थी र शिक्षक दुवैमा शैक्षिक जाँगर बढाउनेछ । तर, बारम्बारको शैक्षिक प्रयोगका कारण शिक्षा क्षेत्रको अवस्था भने गतिशील नरहने नै भयो ।
Leave a Reply