जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतामा राष्ट्रघाती शब्द कहाँ छ ? एमसीसीको सम्झौता राम्रोसँग पढ्नुप¥यो, बुझ्नुप¥यो भनी एमसीसीको विरोध गरिरहेका नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरूलाई आग्रह गरे । आइतबार भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले सित्तैमा आएको पैसा चाहिँदैन भन्न मिल्छ ? भनी प्रश्न गरे । एमसीसी सम्झौताका सर्तहरू पढ्दै नपढी आर्थिक सहयोगको लोभमा स्वीकृति गर्ने या हस्ताक्षर गर्ने प्रम देउवाले अरूलाई सर्तहरू पढ्न आग्रह गर्नु आफ्नो गल्ती ढाकछोप गर्ने कुत्सित प्रयास हो । प्रम देउवालाई आफ्नो समर्थक नेता तथा बुद्धिजीवीहरूले सर्तमा उल्लेख वास्तविक कुरा नभनी अर्र्कै गलत सूचना दिएर फसाइएको कुरा हालै सार्वजनिक भयो ।
एमसीसी सम्झौतामा राष्ट्रघाती शब्द उल्लेख हुँदैन, उल्लेख गरिँदैन । सो सम्झौता राष्ट्रघाती छ छैन, नेपाल र नेपालीको हितमा छ छैन सर्तले बताउँछ । सम्झौतामा राष्ट्रघाती शब्द उल्लेख भएपछि मात्रै कुनै सम्झौता राष्ट्रघाती हुने होइन । एमसीसी सम्झौताका सर्त नेपालको कानुनसँग बाझिएमा सम्झौताकै सर्त लागु हुन्छ भनेको के नेपालको कानुन लागु हुँदैन भनेको होइन ? अमेरिकी सैन्य गठबन्धनसित सम्बन्धित यो सम्झौता अमेरिकी सेना नेपालमा पस्ने बाटो हो । सित्तैमा आएको पैसा भनेर के नेपाल सरकार एउटा विदेशी कम्पनीसामु झुक्न मिल्छ ? यसरी झुक्दै गएमा के नेपाल स्वाधीन र सार्वभौम देश बन्छ ? बढी असमान सन्धि सम्झौता गर्ने दल नेका नै हो ।
माओवादीको अधिवेशनमा प्रम देउवाले एमसीसी सम्झौतामा राष्ट्रघाती शब्द कहाँ छ भनी सोध्दा दर्शकहरू हाँसेका थिए । एमसीसी सम्झौताका सर्तहरू नपढ्ने अरू नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरू होइनन्, उनै नेता देउवा हुन् भन्ने कुरा घटनाक्रमले प्रस्ट हुँदै छ । एमसीसीको सर्त पढेको दाबी गर्ने प्रम देउवाले सर्तबारे प्रस्ट पार्न अमेरिकी सरकारलाई किन पत्राचार गर्नुप¥यो ? सम्झौतामा सही गर्नुअघि सर्तबारे देशका राजनीतिक दल र जनतालाई जानकारी दिनुपर्दैन ? ती सर्तहरू किन प्रकाशनमा ल्याइएनन् ? यसमा देउवा, बाबुराम भट्टराई, ओली आदि दोषी छन् । यसमा शङ्कै छैन ।
Leave a Reply