कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
चाल्र्सको अपराध यात्रा
सर्वोच्च अदालतले ‘सिरियल किलर’ को रूपमा कुख्यात चाल्र्स गुरुमुख शोभराजले आफ्नो उमेरका आधारमा ज्येष्ठ नागरिकले पाउने ७५ (पचहत्तर) प्रतिशत कैद छुटको माग गर्दै पुस ७ गते बुधबार सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा विपक्षी नेपाल सरकारसँग निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? भनी ३ दिनभित्र कारण देखाऊ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासबाट कारण देखाऊ आदेश जारी गरिएको उक्त निवेदनमा यसअघि न्यायाधीश मिरा खड्काको इजलासबाट कैफियत प्रतिवेदन माग्ने आदेश भएको थियो ।
चाल्र्स शोभराजका बाबु भारतीय मूलका हुन् । सन् १९४४ मा भियतनाममा जन्मिएका उनी आमाका प्रेमीले हुर्काएका बताइन्छ । उनको अपराध यात्रा सन् १९६३ मा १९ वर्षको उमेरबाट सुरु भएको बताइन्छ । त्यसबेला चाल्र्सले पेरिसको एउटा घरमा चोरी गरेका थिए । लगत्तै पक्राउ परेका उनी झन्डै एक वर्ष जेल परे । जेलमा उनको चिनजान पेरिसका अन्डरवल्र्ड समूहका सदस्य फिलिक्स इस्कोन्जीसँग भयो ।
जेलबाट छुटेपछि शोभराजले उनकै समूहमा आबद्ध भएर आपराधिक गतिविधि गर्न थाले । उनले त्यतिबेला अपराधका लागि सूचना सङ्कलनको काम गरेको बताइन्छ । त्यसपछि उनले पेरिसमा चोरी आतङ्क मच्चाएको र प्रहरीको निगरानी बढ्न थालेपछि पेरिस नै छाडेर पूर्वी युरोप हुँदै सन् १९७० मा भारत आएको बताइन्छ ।
भारतको मुम्बइस्थित होटल अशोकामा चोरी गरेकै कारण पक्राउ परेका उनी जेलबाट छुटेपछि अफगानिस्तान छिरेका थिए । त्यहाँ पनि उनी समातिए । तर, बिरामी भएको नाटक गरेर अस्पतालबाटै उनी फरार भए ।
त्यसपछि उनी इरान, टर्की हुँदै ग्रिसतिर लागेको बताइन्छ । ती देशहरूमा पनि चोरी, लुटपाट र आतङ्क मच्चाएपछि त्यहाँबाट उनी थाइल्यान्ड पुगे । थाइल्यान्डमा उनले तीन जना पर्यटकको हत्या गरे । हत्या गरिएका तीन जना पर्यटकको राहदानी बोकेर उनले काठमाडौँको यात्रा तय गरे ।
नेपालमा पनि उनले विदेशी पर्यटकको हत्या गरे । विसं २०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए ।
उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ गते जाहेरी दर्ता गराएका थिए । त्यसपछि काठमाडौँमा भएको कोन्नी ब्रोन्चिजको हत्यामा उनैको संलग्नता देखियो ।
अमेरिकी युवती कोन्नी ब्रोन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चाल्र्स शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल भए ।
२०६० सालमा नेपाल आउँदा भने उनी प्रहरीको पन्जाबाट उम्कन सकेनन् । त्यसपछि उनको जीवन केन्द्रीय काराकार, काठमाडौँमा बितिरहेको छ ।
उनको अपराधयात्राको पछिल्लो समयमा विदेशी पर्यटकलाई निशाना बनाई लुटपाट गर्ने, हत्या गर्ने र मृतककै राहदानीमा आफ्नो फोटो राखी विदेश यात्रा तय गर्ने गरेको देखिन्छ ।
२०३२ सालको हत्या मुद्दामा सजाय
कोन्नी ब्रोन्चिजको २२ डिसेम्बर १९७५ को राती भएको हत्यामा संलग्न रहेनरहेको भन्ने मुद्दामा मृतकको मृत्यु चाल्र्स शोभराज हेनरिक्स विन्टान्जाको नामबाट बसेको एलेन गोटियर भन्ने नाम समेत प्रयोग गरेको अभियोग दायर गरेकोमा सो सम्बन्धमा उक्त हत्याको घटना देख्ने तथा सो वारदातमा आफ्नो संलग्नता देखिने कुनै पनि प्रत्यक्ष प्रमाण (चस्मदिद गवाह) अभियोजन पक्ष नेपाल सरकारले पेश गर्न नसकेको हुँदा परिस्थितिजन्य प्रमाण (अप्रत्यक्ष प्रमाण) का आधारमा मात्र दोषी ठहर गरिएको सुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन भन्ने प्रमुख प्रश्न रहेको उक्त मुद्दामा प्रत्यक्ष र परिस्थितिजन्य प्रमाणका सम्बन्धमा सर्वोच्च अदालतले निम्नबमोजिमको विवेचना गरेको पाइन्छ –
प्रमाण
प्रमाण भनेको मुद्दामा ठहर गर्नुपर्ने कुनै कुरालाई प्रमाणित गर्न वा खण्डन गर्न सहायता हुने कुरालाई जनाउँछ । प्रमाण भनेको न्यायाधीश वा न्यायिक अधिकारीको लागि तथ्य पत्ता लगाउन कच्चा पदार्थ (च्बध ःबतभचष्ब)ि हो । प्रमाणको प्रस्तुति तथा प्रस्तुत भएको प्रमाणको विश्लेषण र मूल्याङ्कनबाट न्यायधीशलाई तथ्य, कसुरदारको मनसाय र आपराधिक कार्यको सम्पादन भएको वा नभएको पत्ता लगाउन मद्दत पुग्दछ । प्रमाण २ किसिमका हुन्छन् ः
क) प्रत्यक्ष प्रमाण र
ख) अप्रत्यक्ष वा परिस्थितिजन्य प्रमाण
क) प्रत्यक्ष प्रमाण
प्रत्यक्ष प्रमाणले मुद्दामा सन्निहित विवादका विषयवस्तुको केन्द्र विन्दुसम्म सीधा र सरासर पुगी निर्णय गर्नुपर्ने प्रश्नलाई अनुमान वा विवेकको प्रयोगविना नै प्रमाणित र स्थापित गर्दछ । हत्याको घटना वा अन्य अपराधको प्रत्यक्षदर्शी साक्षी वा चस्मदिद गवाह प्रत्यक्ष प्रमाणको उदाहरण हो ।
प्रत्यक्ष प्रमाण निश्चयात्मक एवम् शक्तिशाली प्रमाणको कोटीमा आउँछ । तर, जहाँ प्रत्यक्ष प्रमाणको अभाव हुन्छ, त्यहाँ परिस्थितिजन्य प्रमाणको आधारमा अपराध र अपराधीको खोजी गर्ने प्रयास गरिन्छ ।
ख) अप्रत्यक्ष वा परिस्थितिजन्य प्रमाण
अप्रत्यक्ष र परिस्थितिजन्य प्रमाणले कुनै काम, घटना वा अपराधका सम्बन्धमा प्रत्यक्ष प्रमाणको अभाव भएमा अभियोजन पक्षले त्यस सम्बन्धमा अप्रत्यक्ष वा परिस्थितिजन्य तथ्य तथा सम्बद्ध सहायक प्रमाणहरूबाट अभियुक्तको कसुर स्थापित र प्रमाणित गर्ने प्रयास गर्दछ । त्यसैले परिस्थितिजन्य प्रमाणलाई अप्रत्यक्ष प्रमाण पनि भनिन्छ ।
कुनै काम, घटना वा अपराधका सम्बन्धमा अभियुक्तको काम वा व्यवहारका विभिन्न अवस्था र क्रियाकलापबाट तथ्यहरूको कडी एक आपसमा शृङ्खलाबद्धरूपमा जोडिँदा आपराधिक कार्य सम्पादन भएको स्वाभाविक निष्कर्ष निस्कने भएमा र सो कार्य एवम् व्यवहारबाट अभियुक्तले अपराध गरेको स्थापित भएको देखिएमा यस्ता तथ्यहरूको मालाकार कडीलाई परिस्थितिजन्य प्रमाणको रूपमा परिभाषित गरिन्छ ।
यसको लागि तथ्यका प्रत्येक कडी एक आपसमा आबद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नुपर्ने हुन्छ ।
कुनै प्रत्यक्ष प्रमाणको रूपमा व्यक्त गर्ने साक्षीले परीक्षणको क्रममा घटना वा अपराधका सम्बन्धमा असत्य वा झूटो कुरा व्यक्त गर्न सक्दछ तर परिस्थिति र तथ्यले कहिल्यै झूटो बोल्दैन भन्ने मान्यताको जगमा परिस्थितिजन्य प्रमाणको सिद्धान्त अडेको हुन्छ ।
साधारणतया परिस्थितिजन्य प्रमाणलाई प्रत्यक्ष प्रमाण भनिँदैन । त्यसै कारणबाट एउटा आम धारणा रहेको छ कि परिस्थितिजन्य प्रमाण प्रत्यक्ष प्रमाणभन्दा कम महत्वपूर्ण हुन सक्छ । यद्यपि यो धारणा सदैव सत्य हुन सक्दैन ।
निश्चय नै प्रत्यक्ष प्रमाणलाई तुलनात्मकरूपमा बढी शक्तिशाली मान्न सकिएला तर एक पेसेवर अपराधीले कसैले देख्ने गरी अपराध नगर्ने र अपराधसँग सम्बन्धित दसी प्रमाण समेत नष्ट गर्ने हुँदा सफल फौजदारी कारबाहीमा अक्सर परिस्थितिजन्य प्रमाणमाथि नै भर पर्नुपर्ने बाध्यता रहन्छ । त्यसैले अप्रत्यक्ष वा परिस्थितिजन्य प्रमाणलाई फौजदारी न्याय प्रशासनमा स्थान दिइएको हो ।
व्यावहारिकरूपमा हेर्दा परिस्थितिजन्य प्रमाणलाई दबाउन, लुकाउन वा तोडमरोड गर्न कठिन हुनेहुँदा प्रत्यक्ष प्रमाणभन्दा यो बढी उपयोगी र भरपर्दो मानिन्छ ।
यसरी सर्वोच्च अदालतले ३४ वर्ष पहिले गरेको अनुसन्धान प्रतिवेदन, …. का आधारमा २०६७।०४।१४ गते कर्तव्य ज्यान मुद्दामा कसुरदार ठहर गरी भवानी शोभराजको छोरा पेरिस फ्रान्स घर भै हाल कारागार शाखा, जगन्नाथ देवल, काठमाडौँमा थुनामा रहेका चाल्र्स गुरुमुख शोभराजलाई जन्मकैदको सजाय हुने फैसला ग¥यो ।
प्रतिपादित नजिर सिद्धान्त
चाल्र्स शोभराजको उक्त कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६७।०४।१४ गते गरेको फैसलाले निम्नबमोजिमको नजिर सिद्धान्तसमेत प्रतिपादन गरेको पाइन्छ –
ि मृतकको हत्या कुनै व्यक्तिको कर्तव्यबाट भएकोले कसुरजन्य कार्य गर्ने अपराधीलाई प्रचलित कानुनबमोजिम सजाय गर्नुपर्ने हुँदा अप्रत्यक्ष प्रमाणको आधारमा पनि कसुरदार देखिएको व्यक्तिलाई सजाय गर्नु अदालतको कर्तव्य हुने ।
-अपराध र अपराधीको सिकार भएका पीडित व्यक्तिप्रति न्याय परोस् भन्ने कुरामा पनि न्यायाधीशले त्यति नै सुनिश्चित गर्नुपर्दछ । अभियुक्त र अपराधबाट पीडित व्यक्ति दुवैलाई सन्तुलित रूपमा न्याय प्रदान गर्नु नै न्यायप्रणालीको आधारभूत लक्ष्य हुन्छ । कुनै एकप्रति मात्र लक्षित गरी गरिएको निर्णयले न्यायको आकार ग्रहण गर्न नसक्ने ।
– कानुनअनुरूप प्रमाणको रूपमा पेश गरिएका कुराहरूको मुद्दामा सम्बद्धता छ वा छैन भन्ने विषय अदालतले निर्धारण गर्नसक्ने ।
– सङ्गठित अपराधलगायत अन्तर्राष्ट्रिय स्तरका अपराधीहरूको सूचना आदानप्रदान गरी सदस्य राष्ट्रहरूबीच सहयोग आदानप्रदान गर्नको लागि स्थापना भएको इन्टरपोल प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन भई संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मान्यता दिइएको हुादा अपराध अनुसन्धानका सम्बन्धमा यस निकायले दिएको तथ्याङ्कलाई सहजै अन्यथा भन्न सकिने अवस्था नरहने ।
– कुनै अभियोग लागेको अभियुक्तले कसुरसम्बन्धी कुरामा साविती भएको वा इन्कार गरेको निजको कथनले मात्र निजको पक्ष वा विपक्षमा स्वतः प्रमाणको स्थान ग्रहण गर्दैन बरु सो साविती वा इन्कारी बयानलाई कुनै आधारभूत, तथ्यपरक एवम् निश्चयात्मक प्रमाणबाट समर्थित गराउनपर्ने ।
– कुनै प्रमाणविनाको इन्कारी बयान अर्थहीन र प्रयोजनहीन हुन्छ र यस्तोमा सङ्कलित अप्रत्यक्ष प्रमाणलाई पनि निजका विरुद्ध अदालतले प्रमाणमा ग्रहण गर्नुपर्ने ।
– कुनै अभियुक्तले वारदातको समयमा आफू घटनास्थलमा नभई अन्यत्र छु भनी अन्य स्थलको जिकिर गर्छ भने सो जिकिरलाई प्रमाणित गर्ने भार पनि निज अभियुक्तउपर नै रहन्छ । यस्तो अन्य स्थलको जिकिर तथ्यपरक, निश्चयात्मक तथा लिखतको प्रमाणबाट समर्थित हुन सकेमात्र सो जिकिर लिने व्यक्तिको पक्षमा प्रमाणयोग्य हुनसक्ने हुन्छ र सो जिकिर त्यस्तो निर्विवाद र तथ्यपरक प्रमाणबाट स्थापित हुन नसके त्यस्तो जिकिर लिने व्यक्तिका विरुद्ध नै प्रमाण लाग्न जाने ।
-कुनै काम, घटना वा अपराधका सम्बन्धमा अभियुक्तको काम वा व्यवहारका विभिन्न अवस्था र क्रियाकलापबाट तथ्यहरूको कडी एक आपसमा शृङ्खलाबद्वरूपमा जोडिँदा आपराधिक कार्य सम्पादन भएको स्वाभाविक निष्कर्ष निस्कने भएमा र सो कार्य एवम् व्यवहारबाट अभियुक्तले अपराध गरेको स्थापित भएको देखिएमा यस्तो तथ्यहरूको मालाकार कडीलाई परिस्थितिजन्य प्रमाणको रूपमा परिभाषित गरिन्छ । यसको लागि तथ्यका प्रत्येक कडी एक आपसमा आबद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने तथा तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नुपर्ने ।
अन्त्यमा
उल्लेखित मुद्दाको सुनुवाइको क्रममा सर्वोच्च अदालतमा तत्कालीन सरकारी वकिल हाल कास्की जिल्ला अदालतका मुख्य न्यायाधीश श्रीकृष्ण भट्टराईले नेपाल सरकारको तर्फबाट नेपाल, भारत, थाइल्यान्ड लगायतका इन्टरपोल प्रहरीका प्रतिवेदनहरू, लन्डनबाट सन् १९७७ मा प्रकाशित पुस्तक ‘त्जभ षिभ बलम अचष्mभ या ऋजबचभिक क्यदजचबव’ का विभिन्न पृष्ठहरूमा लेखिएका मुद्दासँग सम्बद्ध आधारहरू, विभिन्न देशमा प्रतिवादी चाल्र्स शोभराजले गरेका अपराधसम्बन्धी मुद्दामा भएका फैसला तथा घटनाहरू, ३४ वर्षअघिको अनुसन्धान प्रतिवेदन लगायतका सम्बद्ध प्रमाणहरूको चर्चा गरी दिनभरि बहस गर्दैगर्दा पङ्क्तिकारलाई सरकारी वकिलले पनि निक्कै मिहिनेत गरी बहसको तयारी गर्ने रहेछन् भन्ने अनुभूति भएको थियो ।
Leave a Reply