भर्खरै :

एमसीसीविरुद्धको आन्दोलनले देशभरि नयाँ सन्देश छर्ने

देशघाती एमसीसी सम्झौता खारेज गराउन सरकार र सांसदहरूलाई खबरदारी गर्न आज शुक्रबार दिनको १ बजे माइतीघर, पुरानो बानेश्वर र कोटेश्वरबाट जुलस हुँदै छ । किसान, मजदुर, युवा, विद्यार्थी, शिक्षक, महिला, व्यापारी, व्यवसायी, बुद्धिजीवी, साहित्यकार, सञ्चारकर्मी, कानुन व्यवसायी, इन्जिनियर, नर्स, डाक्टर तथा सर्वसाधारण जनतालाई जुलुस तथा सभामा उपस्थित हुन नेमकिपाले हार्दिक आग्रह गरेको छ । नेमकिपाले एमसीसी सम्झौता खारेज गराउन निरन्तर सङ्घर्ष गरिरहेको छ ।
जुलुसमा देशघाती एमसीसी सम्झौता खारेज गर, एमसीसीका मतियारहरू खबरदार, सरकार र सांसदहरू होसियार, अमेरिकी साम्राज्यवाद मुर्दावाद, अमेरिकी सैन्य गठबन्धन चाहिँदैन, एसियालाई युद्धभूमि बनाउन दिँदैनौँ, भारतीय विस्तारवाद मुर्दावाद, सम्पूर्ण देशभक्त जनता एक होऔँ, नेपाल मजदुर किसान पार्टी जिन्दावाद आदि नारा लगाइने छ ।
छुट्टाछुट्टै जुलुस प्रदर्शनपछि तीनवटै ठाउँमा जनसभा हुनेछ । यो जुलुस प्रदर्शन तथा सभाले एमसीसीको विरोधमा देशव्यापी सन्देश जानेछ । यो देशभक्तिपूर्ण आन्दोलनले देशका जनतालाई थप आन्दोलित बनाउनेछ । यसरी नेमकिपाले देशको स्वाधीनता र सार्वभौमिकताको निम्ति बेलाबखत सङ्घर्ष गरिरहेको छ र जनतालाई सचेत पार्दै आएको छ । देशभक्तिपूर्ण आन्दोलनमा नेमकिपा कहिल्यै पछि परेको छैन । सीमा अतिक्रमण, अन्तर्राष्ट्रिय दबाब र थिचोमिचोको विरोध गरेर नेमकिपाले जहिल्यै आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ ।
प्रत्येक देशभक्त दल र नागरिकले एमसीसी सम्झौताको विरोध गर्नैपर्छ । सत्तारूढ र ठूला दलका नेताहरू पद र पैसामा भुलेकै कारण, देशको स्वाधीनता र सार्वभौमिकता आर्थिक सहयोग र विकासमा बिकेकै कारण देश साँगुरिँदै गएको हो, देशको नदी–नाला विदेशीको हातमा गएको हो । यो एमसीसी सम्झौता त्यस्तै अर्को देशघाती सम्झौता हो । यो सम्झौता पारित गराउन अमेरिकी प्रशासनको दबाब बढ्दै छ । अमेरिकी प्रशासनको दबाबमा नेकाको नेतृत्वमा रहेको सरकार सो सम्झौता पारित गर्न लागिपरेको हो । यसकारण, नेमकिपाले संसद् भवन घेरेर सरकार र सांसदहरूलाई खबरदारी गर्न यो जुलुस तथा जनसभाको आयोजना गरेको हो । –

Leave a Reply

Your email address will not be published. Required fields are marked *