नगरलाई शैक्षिक गन्तव्यस्थल मात्र नभई अनुसन्धानको केन्द्रको रूपमा विकास गर्नुपर्ने
- असार २, २०८३
हिन्दुस्तान टाइम्स पत्रिकाअनुसार बुधबार दार्जिलिङको कार्सनमा बेलायती उपनिवेशकालीन सामुदायिक हलमा गोर्खाल्याण्डका समर्थनहरुले आगजनी गरेका छन् । हल बंगाली संगठनले सञ्चालन गर्दै आएको थियो । मुखमा मास्क लगाएका एक समूह मानिसले राति झण्डै दुई बजेतिर राज राजेश्वरी हलमा आगजनी गरेका थिए ।
गोर्खा जनमुक्ति मोर्चाका नेताहरुले सो आगजनीमा मोर्चाका सदस्यहरुको कुनै संलग्नता नभएको बताएका छन् । सन् १९३० को दशकमा बनाएको राज राजेश्वरी हल सन् १९८६ र २००७ को गोर्खाल्याण्ड आन्दोलनमा समेत केही भएको थिएन । हल तोडफोड पश्चात उनीहरुले तेल छर्केर आगो लगाएका थिए’, एक जना प्रहरी अधिकारीलाई उद्र्धत गर्दै द टाइम्स अफ इण्डियामा लेखेको छ,‘प्रहरी नआउञ्जेल स्थानीय मानिस त्यहाँ जान निकै डराएका थिए ।’
कार्सनमा बंगाली संगठन झण्डै एक शताब्दी पुरानो हो । त्यसमा ८० जना सदस्यहरु छन् । गएको फेब्रुअरीमा पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले त्यो हल जीर्णोद्धार गर्न ३८ लाख भारु बजेट विनियोजन गरेको थियो ।
‘हलको जीर्णोद्धार कार्य हड्तालकै कारण रोकिएको थियो ।’,हल सञ्चालक समितिका सदस्य चन्दन कर्माकारले द टेलिग्राफलाई भने ,‘हिजोको आगजनीमा सबै पुराना कागजात, साउण्ड सिस्टम र फर्निचर ध्वस्त भयो ।’
हिंसा अरुतिर पनि बिहीबारबाट दार्जिलिङमा अनिश्चितकालीन हड्ताल भएको ३६ दिन पुगेको छ । यसबीच शहरका धेरै भागमा हिंसा भड्किनुका साथै आगजनी भएको छ । गोर्खा जनमुक्ति मोर्चाको महिला संगठनले शुक्रबार दार्जिलिङमा धिक्कार जुलुस निकाल्न लागेको द टेलिग्राफले जनाएको छ ।
दार्जिलिङको चोक बजारमा अवस्थित त्रिनमुल काँग्रेसको पार्टी कार्यालयमा गएको बुधबार तोडफोड गरिएको थियो । त्यही स्थानमा तैनाथ प्रहरीको एउटा सवारी साधनसमेत तोडफोड भएको डएनए समाचारले जनाएको छ । कर्साङकै नागरी ग्राम पञ्चायत कार्यालय र पर्यटक आवास गृह पनि गोर्खाल्याण्डका समर्थकहरुले आगजनी गरेको आरोप लगाइएको छ ।
दार्जिलिङ अराजकता
पश्चिम बंगालका सबै राज्य सञ्चालित विद्यालयहरुमा बंगाली भाषा अनिवार्य गर्ने भनी त्यहाँका मुख्यमन्त्री ममता बेनर्जी सरकारले निर्णय गरे लगत्तै गएको जुन महिनाबाट दार्जिलिङमा आन्दोलन शुरु भएको हो ।
बेनर्जीले दार्जिलिङको हकमा यो नयाँ निर्णय लागु नहुने जानकारी दिए तापनि गोर्खाल्याण्ड जनमुक्ति मोर्चाले आन्दोलनमा पुरानै अलग गोर्खाल्याण्ड राज्यको मागसँग जोडेको छ ।
scroll.in
Leave a Reply