भर्खरै :

एक जना सहभागीको आँखामा नेमकिपाको एमसीसीविरोधी जुलुस र सभा

देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउन नेपाल मजदुर किसान पार्टी सङ्घर्षरत छ । देश हितविरुद्ध हुने कुनै असमान सन्धि सम्झौताको विरोधमा पनि नेमकिपाले सङ्घर्ष गर्दै आएको हो । विदेशी थिचोमिचो, हस्तक्षेप, आक्रमण, अतिक्रमण, दमन, दबाबको विरोध गर्नु नेमकिपाको एक उद्देश्य हो । सीमा अतिक्रमण रोक्न, भारतीय सेना फर्काउन, असमान सन्धि सम्झौता र देशघाती एमसीसी सम्झौता खारेज गर्न र गराउन नेमकिपाले सदन र सडकमा आवाज बुलन्द गर्दै आएको हो । नेमकिपाले कहिले भारतीय राजदूतावास र कहिले अमेरिकी राजदूतावासमा ध्यानाकर्षण गर्दै आएको हो । यसरी नै एमसीसी सम्झौता खारेज गराउन नेमकिपाले ०७८ पुस १६ (घज्ञ म्भअ। द्दण्द्दज्ञे) मा नयाँ बानेश्वरमा संसद् भवन घेराउ गर्दै सरकार र सांसदहरूलाई ध्यानाकर्षण ग¥यो । संसद् भवनको तीनतिरबाट संसद् भवन घेर्दै जनसभा गरियो ।
यो नेमकिपाको देशभक्तिपूर्ण आन्दोलन हो । यो नेपालको स्वाधीनता कायम राख्न र सार्वभौमसत्ता जोगाउन गरिएको आन्दोलन हो । नेपाल र नेपालीको अहितमा हुने कुनै पनि कार्य, गतिविधि र ऐन कानुन तथा सन्धि सम्झौताको विरोध नेमकिपाले गर्दै आएको हो । देशको सार्वभौमिकता, भूअखण्डता र स्वतन्त्रता जोगाउने सङ्घर्षमा नेमकिपा कहिल्यै पछि परेको छैन । नेमकिपा विस्तारवादी, साम्राज्यवादी र अराकतावादविरोधी दल हो । जेलनेल भोगे पनि, प्रहरी दमन भए पनि नेपाल र नेपाली जनताको सेवामा नेमकिपाका नेता तथा कार्यकर्ता कहिल्यै पछि परेनन् । यसकै सिसिलामा नेमकिपाले शुक्रबार संसद् घेराउ ग¥यो र सरकार र सांसदहरूलाई खबरदारी ग¥यो ।
जुलुस माइतीघर, पुरानो बानेश्वर र कोटेश्वरबाट सुरु भएको थियो । जुलुसमा मजदुर, किसान, युवा, विद्यार्थी, शिक्षक, महिला, कर्मचारी, प्राध्यापक, नर्स, कानुन व्यवसायी, उद्योगी व्यापारी, लेखक, सञ्चारकर्मी, नेमकिपाका नेता, कार्यकर्ता तथा सर्वसाधारण जनताको बाक्लो सहभागिता थियो । नारा लगाउँदै जुलुस अघि बढेपछि सडक दायाँ बायाँ रहेका बटुवा, पसल व्यवसायी र स्थानीयहरूको ध्यानाकर्षित भएको थियो । उनीहरूले पनि प्रदर्शनकारीहरूले लगाएको नारामा साथ दिए, ताली बजाए, हात हल्लाएर स्वागत र समर्थन गरे, एमसीसी सम्झौता खारेज गर्नैपर्छ भनेर प्रदर्शनकारीहरूलाई हौस्याए । व्यापारी – व्यवसायीहरू पसल छोडेर, घरमा बसिरहेका वृद्धवृद्धाहरू घर–घरबाट निस्की सडक पेटीमा आएर जुलुस हेरे । कल कारखाना, घरेलु उद्योग आदि सङ्घ संस्थामा काम गरिरहेका मजदुरहरू, भारी बोक्ने भरियाहरूसमेत एमसीसी सम्झौताविरुद्धको जुलुस हेर्न, नारामा साथ दिन सडक पेटीमा आए । कति मजदुरहरू नारा लगाउँदै जुलुसमा सहभागी भए र फेरि आ–आफ्नो काममा फर्किए । नेमकिपाको यो देशभक्तिपूर्ण आन्दोलनप्रति स्थानीय जनता, बटुवा, व्यवसायी र मजदुरहरूको समर्थन हो, ऐक्यबद्धता हो । यो स्वागतयोग्य कुरा हो ।

जुलुस निश्चित नाराका साथ अघि बढेको थियो । जुलुस मर्यादित, शान्तिपूर्ण र अनुशासित ढङ्गले अघि बढेको थियो । जुलुसमा सहभागी झन्डै हरेकजसो प्रदर्शनकारीहरूमा लेखिएको मादल र कम्युनिस्ट पार्टीको हँसिया हथौडा थियो । जुलुसमा सहभागी प्रदर्शनकारीको शरीरमा नारा लेखिएको कागज थियो । प्रदर्शनकारीहरूको अगाडि, पछाडि र जुलुसको अग्रभागको दायाँ बायाँ सुरक्षाकर्मीहरू पनि लहरै बसेका थिए । जुलुसका स्वयम्सेवकहरूले जुलुसमा सहभागी प्रदर्शनकारी, बटुवा, सडकको दायाँबायाँ पेटी, पसलमा रहेका व्यवसायीहरूलाई नेमकिपाको पर्चा बाँडेका थिए । साँच्चै त्यो एमसीसीविरोधी जुलुस देशभक्तिपूर्ण आन्दोलन थियो, देश जोगाउने आन्दोलन थियो । देशभक्त नेपाली जनताको आन्दोलन थियो । देशको अखण्डता कायम गर्ने आन्दोलन थियो ।
जुलुसझैँ जुलुसपछि आयोजित सभा पनि संयमित थियो । सभामा बोल्ने वक्ताहरूको भनाइ एमसीसीकै विषयमा केन्द्रित थियो । वक्ताहरूले एमसीसी योजना के हो ? एमसीसी सम्झौतामा के कस्ता सर्तहरू छन् ? ती सर्तहरू नेपाल र नेपालीको पक्षमा होइन भारत र अमेरिकाको पक्षमा रहेको प्रस्ट पारे । वक्ताहरूको भनाइ सुनेर र नेमकिपाले निकालेको एमसीसी सम्झौताबारे लेखिएको पर्चाले प्रदर्शनकारी, बटुवा र स्थानीय जनतालाई थप सुसूचित पार्ने काम ग¥यो । साँच्चै त्यो जुलुस र सभा राजनीतिक प्रशिक्षणजस्तो भयो । यसले देशभक्ति भावना छरेको छ, एमसीसी सम्झौता खारेज गराउन एमसीसीविरोधी अभियान छेड्नुपर्ने सन्देश बाँडेको छ । यसबाट गठबन्धन सरकार र सांसदहरूको ध्यान आकर्षित भएको हुनुपर्छ । नेमकिपाले जिल्ला–जिल्लामा गरेको एमसीसीविरोधी अभियानले जनतालाई जागरुक बनाएको छ । यसले एमसीसीको प्रत्यक्ष र अप्रत्यक्ष समर्थन गर्ने दलभित्र पनि ढ्याङ्ग्रो ठोकेको छ । सत्तारुढ दलभित्रका नेता कार्यकर्ताहरूले पनि एमसीसी सम्झौता संशोधन होइन, पार्टीको नीति नै नो एमसीसी हुनुपर्छ भन्न थालेका छन् । उनीहरूले नेपालको कानुनभन्दा पनि एमसीसी परियोजनाको कानुन माथि हुने, नेपालको लगानी भएर पनि सरकारले कुनै निर्देशन दिन नपाउने, अनुगमन गर्न नपाउने, हिसाब किताब हेर्न नपाउने, नेपालीहरू कामदार राख्नैपर्ने कुनै बन्दोबस्त नभएको एमसीसी सम्झौता कुनै हालतमा पारित गर्न नहुने भन्न थालेका छन् । यो सकारात्मक पक्ष हो ।
जुलुस र सभा समयमै सम्पन्न भयो । जुलुसमा प्रदर्शनकारीसँग रहेका प्लेकार्ड र हँसिया हथौडा अङ्कित झन्डाहरू निश्चित स्थानमा थन्काइयो । सभा स्थलमा रहेका पर्चा, पानीका बोटल, प्लास्टिकका टुक्रा, कागज सबै सङ्कलन गरेर निश्चित स्थानमा राख्ने काम भयो या सफा गर्ने काम भयो । नागरिक भावना भनेको यही हो । जुलुसको अग्रस्थानमा रहेको धिमाय् बाजाले जुलुस आइरहेको सङ्केत दिने काम ग¥यो । धिमाय् टोलीलाई साधुवाद छ । जुलुसमा अर्का साधुवादका पात्र पानी खुवाउने एक प्रजापति पनि हुन् । उनले घँैटै बोकी प्रदर्शनकारीहरूलाई पानी खुवाएर सेवा गरे । यसरी नेमकिपाको सो जुलुस सफलतापूर्वक सम्पन्न भयो । यस्तै जुलुस र सभा अन्य देशभक्त दलले पनि गर्नुपर्छ, जुलुस र सभा गरेर सरकार र सांसदहरूलाई ध्यानाकर्षण गर्नुपर्छ । नेमकिपाले थालेको एमसीसी सम्झौताविरोधी अभियानबाट अरू दल, समूह र समाजले पनि सिक्नुपर्छ, एमसीसी सम्झौता खारेज गराउने काममा टेवा पु¥याउनुपर्छ । यसले नेपाल र नेपालीको कल्याण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *