सर्वहारा क्रान्ति र क्रान्तिकारी नैतिकता आत्म–रुपान्तरणको माक्र्सवादी सिद्धान्त – २
- असार २, २०८३
बितेको तीन वर्षभन्दा बढी समयमा नेहरूले बारम्बार चीनलाई त्यस अशिष्ट दावा स्वीकार गराउन जिद्दी गर्दै रहे र लगातार सशस्त्र शक्तिको प्रयोग गरेर चीनको भूमिमाथि आफ्नो कब्जा कायम राखिराखे । नेहरूका विस्तारवादी “दर्शनशास्त्र” यस प्रकारको छ –“त्यो ठाउँ मेरो हो, जसमाथि मैले कब्जा गरिसकेको छु र त्यो ठाउँ पनि मेरो हो, जसमाथि मैले कब्जा गर्न चाहन्छु । मैले हिजो तिम्रो एक इन्च भूमिमाथि कब्जा गर्न सकें भने आज म तिम्रो एक फूट जग्गामाथि पनि कब्जा गर्न सक्छु ।” यो कस्तो मूर्खतापूर्ण र आधारहीन धारणा हो !
चीन सरकारको सधैं के मत रह्यो भने चीन र भारत दुवै साम्राज्यवादको आक्रमणको शिकार रहँदै आएका देशहरू हुन् । दुवैको समान अनुभव छ । भारतको स्वाधीनता र नयाँ चीनको स्थापनापछि दुवै देश मित्रतापूर्वक सँगसँगै रहनुपर्छ र शान्तिपूर्ण वार्ताको माध्यमबाट आपसी खिचोलोलाई समाधान गर्नुपर्छ । सन् १९५९ मा भारतीय पक्षबाट सीमा भिडन्त सुरु गरेपछि चीन सरकारले पहिलो पटक दुवै देशका प्रधानमन्त्रीहरूको बीचमा वार्ता आयोजना गर्ने सुझाव राख्यो । अप्रिल १९६० मा चीनका प्रधानमन्त्री चाओ एन–लाइले चीन–भारत सिमानाको प्रश्नलाई सुल्झाउन प्रवल इच्छा राखेर नयाँ दिल्लीको यात्रा गर्नुभयो तथा चीन–भारतका प्रधानमन्त्री नेहरूसँग वार्ता गर्नुभयो तथा चीन–भारत सिमानाको प्रश्न सजिलैसित मिल्ने प्रारम्भिक सम्झौतामा पुग्न पूरै प्रयत्न गर्नुभयो । तर चिनियाँ पक्षको त्यस हार्दिक प्रयत्नलाई भारतीय पक्षले समर्थन गरेन । त्यसपछि चीन र भारत दुवै देशका अधिकारीहरूबीचको वार्ताबाट निस्कनुपर्ने कुनै परिणाम निस्केन ।
चीन र भारत दुवै पक्ष सिमानाको प्रश्नमा अहिलेसम्म एकमत हुन नसकेपछि त्यसबाट सिमानाको भिडन्त अगाडि नबढोस् भन्ने मत चीन सरकारको सधैं रहिरह्यो । सन् १९५९ मै चीन सरकारले धेरै पटक के सुझाव राखेको थियो भने सीमामा तैनाथ दुवै पक्षका फौजी दलहरूलाई २०–२० किलो मिटरसम्म पछि हटाइयोस् र पालो–पहरा दिन बन्द गरियोस्, त्यसो गर्दा दुवै पक्षका फौजी दलहरूबीच सम्पर्क हुने र भिडन्त हुने सम्भावना रहने छैन । भारतीय पक्षले त्यस सुझावलाई अस्वीकार गरेपछि पनि चीनले सिमानाको उत्तेजनालाई कम गर्ने उद्देश्यले एकतर्फी रुपले सिमानामा आफ्नो पालो पहरा बन्द ग¥यो । चीनको यस पाइलाको परिणाम स्वरुप, चीन–भारत सिमानाको उत्तेजना केही समयको निम्ति शिथिल भएको थियो । यदि भारतीय पक्षले दुवै पक्षका फौजी दलहरू २०–२० किलोमिटर पछि हट्ने चीनको त्यस सुझावलाई मानेको भए दुवै पक्षका फौजी दलहरू बीचको सशस्त्र भिडन्त एकदमै जोगिन्थ्यो । त्यसपछि पनि भारतीय पक्ष पछि हट्न सहमत भएको भए, चीनद्वारा एकतर्फी आफ्नो पालो–पहरा बन्द गरेको स्थितिलाई सम्मान गरेको भए तथा त्यस स्थितिको फाइदा उठाएर चीनको प्रादेशिक भूमिका अनाधिकार प्रवेश नगरेको भए पनि दुवै पक्षका फौजी दलहरूको बीच भिडन्त हुनबाट जोगिने थियो । तर, हाम्रो अनुमानको उल्टो नेहरू सरकार भने चिनियाँ सीमा रक्षक सेनाद्वारा एकतर्फी रुपमा आफ्नो पहरा बन्द गरेको स्थितिबाट फाइदा उठाएर चीन–भारत सीमामा एक एक पाइला अगाडि बढ्दै गयो र चीनको प्रादेशिक भूमिभित्र टाढा टाढासम्म घुस्यो । भारतले पहिले पश्चिमी भाग र मध्य भागमा तथा त्यसपछि पूर्वी भागमा दर्जनौं आक्रमणकारी अड्डा कायम ग¥यो तथा लगातार सशस्त्र भिडन्त सुरु गर्दै गयो । चीनले सबै किसिमले चीन–भारत सिमानामा दुवै पक्षका फौजी दलहरूबीच फौजी जम्काभेट हुनबाट जोगाउन सकेसम्म प्रयत्न गरेको सबैले देख्न सक्छ । यसको उल्टो नेहरू सरकारले चीनको त्यस उचित सुझावलाई बारम्बार अति जिद्दी भएर अस्वीकार ग¥यो । दुवै पक्षको फौजी दलहरूबीच जम्कोभेट हुनबाट पन्छिएको कारण कुनै पनि पक्षलाई सीमा प्रश्नको बारे आफ्नो दृष्टिकोण कायम राख्नमा कुनै बाधा पर्दैन, बरु यो एक यस्तो व्यवाहारिक र कार्यमूलक उपाय हो, जसबाट सिमाना भिडन्तबाट जोगिन सकिन्छ । चीन र बर्मा, चीन र नेपालको बीचमा आफ्नो सिमानाको प्रश्न सुल्झाउने सिलसिलामा दुवै पक्षका फौजी दलहरूको बीचमा सम्पर्कलाई टाढा राख्नको निम्ति विभिन्न किसिमका उपायहरू अपनाइएको थियो । त्यसबाट चीन–बर्मा सीमा प्रश्न र चीन–नेपाल सीमा प्रश्नको शान्तिपूर्ण र मैत्रीपूर्ण ढङ्गले सुल्झाउन सहयोग पुग्यो । चीन–बर्मा सीमा र चीन–नेपाल सिमानाबारे यो उद्देश्य लागू गरिन सक्थ्यो भने चीन–भारत सिमानामा यो उपाय किन लागू गर्न सकिन्न ? किन नेहरू सरकार चीनको यस सुझावलाई जबरजस्ती अस्वीकार गर्छ र एक अर्काेसँग फौजी सम्पर्क राख्ने अड्डी किन लिन्छ ? के यसले नेहरू सरकार जानाजानै चीन–भारत सीमा क्षेत्रलाई लामो समयसम्म उत्तेजित अवस्थामा राखिराख्न कोसिस गरिरहन चाहन्छ भन्ने प्रस्ट हुँदैन ? के यसले नेहरू सरकार कुनै पनि बेला भिडन्त सुरु गर्ने आफ्नो गुप्त उद्देश्य पूरा गर्ने कुचेष्टा गरिरहेको छ भन्ने प्रस्ट हुँदैन ?
चीनप्रति विस्तारवादी नीति लागू गर्नको साथसाथै नेहरू चीन–भारत सिमानाको प्रश्नलाई लिएर निरन्तर चीनविरोधी आन्दोलन भड्काउँदै छन् । अपूर्ण तथ्य–तथ्याड्ढअनुसार, बितेको ३ वर्षमा नेहरूले विभिन्न अवसरमा चीन–भारत सिमानाको प्रश्नमा ३०० पटकभन्दा पनि बढी भाषण दिए । उनले सबभन्दा द्वैषपूर्ण शब्दहरूमा चीनमाथि प्रहार गरे तथा आरोप लगाए । उनले भने कि चीनले “भारतको प्रादेशिक भूमिमा अनाधिकार प्रवेश ग¥यो”, “प्रस्ट आक्रमणकारी घटना घटायो”, “एक खुट्टा हाम्रो छातीमा राख्यो ।” उनले चीनलाई “साम्राज्यवादी”, “विस्तारवादी” र “आक्रमणकारी” आदि–इत्यादि पनि भने ।
सिमानाको प्रश्नमा चीनमाथि चर्काचर्की आरोप लगाउनुबाहेक नेहरूले सिमानाको प्रश्नभन्दा अति धेरै व्यापक क्रमबद्ध विषयहरूमा चीनमाथि प्रहार गरे तथा चीन र अन्य देशहरूमाझको सम्बन्धमा अत्यन्त निर्लज्जता र दृष्टितापूर्वक भेदभाव गर्ने प्रयत्न गरे ।
नेहरूका तल लेखिएका भनाइहरूलाई पढ्नु जाति होला –“शक्तिशाली चीन सदा विस्तारवादी देश भइआएको छ । पूरा इतिहासमा यही स्थिति छ ।”
“(चीनको) जनसङ्ख्या समस्याकै कारण, धेरै जनसङ्ख्या भएको र संसारको झण्डै सबै देशहरूको तुलतामा जनसङ्ख्या सबभन्दा चर्काे वृद्धिको स्थितिले एक गजबको र डरलाग्दो परिस्थिति उत्पन्न हुने ठूलो सम्भावना छ, मुख्य रुपले यो भारतको निम्ति होइन, तैपनि यो भारतकै निम्ति हो ।” (२७ नोभेम्बर १९५९).
“यद्यपि हामी ऊसँग १०० प्रतिशत मैत्रीपूर्ण ढङ्गबाट रहे पनि तथ्य के हो भने हाम्रो सिमानामा एक शक्तिशाली देश उभिएको छ । यस अवस्थाकै कारण सबै परिस्थिति फेरिन्छ… यसकारण त्यहाँ हामी एक अर्काेसँग भिड्दै छौं, आजभोलि हामी रिसाएर एक आपसमा भिड्दैछौं । हामी एकले अर्काेसँग भिड्ने छौं, आज वा भोलिसम्म मात्र होइन, बरु सयौं वर्षसम्म ।” (९ डिसेम्बर १९५९) ।
“मूलभूत तथ्य के हो भने चीन शक्तिशाली भएपछि त्यो विस्तारवादी हुन्छ । तर आज अगाडि बढ्ने शक्ति चीनको फौजी र औद्योगिक क्षेत्रमा भएको छिटो विकासबाट पनि उत्पन्न हुन्छ ।” (१२ डिसेम्बर १९५९) ।
“चीनमा उद्योगको क्षेत्रमा र जनसङ्ख्यामा भएको चर्काे वृद्धिबाट एक भिषण विस्फोटक परिस्थिति उत्पन्न भैरहेछ ।” (२ मई १९६०) ।
“आजभोलि चीनमा खराब बालीको प्रभाव प¥यो । चीनको निरन्तर बढेको जनसङ्ख्याको निम्ति यो एक डरलाग्दो स्थिति हो । …. लगातार नराम्रो बालीको कारणबाट विस्फोटक परिस्थिति उत्पन्न भयो ।” (२ मई १९६२) ।
नेहरूका यी भनाइहरूको के अर्थ हुन्छ ? ती यी हुन्–
१. चीन एक शक्तिशाली र समृद्ध देश बन्नु हुन्न । चीन मुक्तिभन्दा पहिलो साम्राज्यवाद, सामन्तवाद र कर्मचारी पूँजीवादको शासनमा थियो र आज पनि त्यसै हुनुपर्दछ, दरिद्र तथा देशी र विदेशहरूबाट दुःखी र पीडित तथा निर्बलियो भैरहोस् ।
२. चीनले छिटोछिटो आफ्नो उद्योगको विकास गर्नुहुन्न, ऊ पछि परेको कृषिप्रधान देश भैरहोस् ।
३. अमेरिकी साम्राज्यवादबाट गरिने आक्रमण र युद्धको खतराबाट पनि आफ्नो सुरक्षालाई बलियो बनाउन आवश्यक आफ्नो सशस्त्र शक्ति स्थापना नगरोस् ।
४. चीनको जनसङ्ख्या यति धेरै हुन हुन्न, त्यसको वृद्धि त कहिले पनि हुन हुन्न ।
५. चीनले छिट्छिटो आफ्नो उद्योगको विकास गरेमा “विस्फोटक परिस्थिति” उत्पन्न हुन्छ र चीनमा खराब बालीको असर पर्छ, तब पनि “विस्फोटक परिस्थिति उत्पन्न हुन्छ ।”
६. चीन भारतको छिमेकी हुनुहुन्न बरु उसले आफ्नो भौगोलिक स्थिति फेर्नुपर्छ ।
छोटोमा, नेहरूको दृष्टिमा चीनको अस्तित्व नहोस् वा चीन अरु ठाउँमा गएर बसोस् नत्र चीन र भारत निश्चय पनि “रिसाएर एकले अर्काेसँग भिडन्त गरिरहने छन् ।” …“आज या भोलि मात्र होइन बरु सयौं वर्षसम्म !”
हामी के सोध्न चाहन्छौं भने नेहरूको यो भनाइले कसको प्रतिनिधित्व गर्छ ? के यसले भारतीय जनताको प्रतिनिधित्व गर्छ ? कहिल्यै गर्दैन ! भारतीय जनतामा भारतीय मजदुर, किसान, सचेत बुद्धिजीवी, उत्पीडित, राष्ट्रिय पूँजीपति, गन्यमान्य सचेत व्यक्ति अथवा भारतका धेरै जसो साधारण जनता सामेल छन्, तिनीहरू जनता नै देशको मालिक भैसकेको एक शक्तिशाली, समृद्ध, औद्योगिक र धेरै जनसङ्ख्या भएको छिमेकी चीन चाहन्छन् । त्यसरी नै चिनियाँ जनता एक शक्तिशाली, समृद्ध, औद्योगिक र धेरै जनसङ्ख्या भएको, जनता नै देशको मालिक भैसकेको भारत आफ्नो छिमेकी चाहन्छन् ।
चिनियाँ जनताले पूर्ण मुक्ति प्राप्त ग¥यो र समाजवादी निर्माणको महान् बाटो ग्रहण ग¥यो । एक समाजवादी चीन आज र भोलि वा सदा एक शान्तिप्रिय देश रहनेछ । मानिसले मानिसको शोषण गर्ने, मानिसले मानिसलाई उत्पीडन गर्ने सामाजिक जरालाई उखेलिसकेको देशले अरु देशमाथि कसरी आक्रमण गर्न र अरुको लुटपाट गर्न सम्भव छ ?
हाम्रो औद्योगीकरण समाजवादी औद्योगीकरण हो । यो औद्योगीकरण सारा जनताको खुसीको निम्ति हो । साथै चीनसँग असीमित प्राकृतिक सम्पदा र संसारको सबभन्दा ठूलो घरले बजार छ । यसकारण हाम्रो औद्योगीकरण कसरी विस्तारलाई “अगाडि बढाउने शक्ति” हुन सम्भव छ ?
हाम्रो सेना जनताको न्यायप्रेमी सेना हो । त्यसले आक्रमक युद्धलाई अपराध सम्झन्छ । त्यसको उद्देश्य जनताको हितको रक्षा गर्नु तथा आफ्नो देशको सुरक्षालाई बलियो बनाउनु हो । त्यस्तो सेनाले अरु देशहरूमाथि कसरी आक्रमण गर्न सम्भव हुन्छ ? त्यसले कसरी आफ्नो छिमेकी भारतमाथि आक्रमण गर्न सम्भव छ ?
चीन साँच्चै एक विशाल जनसङ्ख्या भएको देश हो । तर चीनको विशाल जनसङ्ख्याले भारतलाई खतरामा पार्ने सम्भावना कसरी सम्भव हुन्छ ? जनक्रान्तिको विजयको परिणाम चीनको सामाजिक उत्पादन शक्ति पूर्णरुपले मुक्त भयो । हामी उत्पादनलाई ठूलो आकारमा बढाएर तथाकथित जनसङ्ख्याको समस्यालाई राम्रोसँग सुल्झाउन सक्छौं र जनताको जीवनस्तरलाई एक–एक पाइला गरेर माथि उठाउँदै लैजान सक्छौं । समाजवादी व्यवस्थामा “अति जनसङ्ख्या” को प्रश्न नै उठ्दैन । “जनसङ्ख्याको समस्या” लाई नै उठाउने हो भने हिन्दुस्तान पनि संसारको सबभन्दा बढी जनसङ्ख्या भएको देशमा गणना हुन्छ । साथै जनसङ्ख्याको घनत्वको दृष्टिबाट हेर्ने हो भने चीनको प्रतिवर्गकिलोमिटर भूमिमा ६७ जना मानिस पर्दछ भने भारतको प्रतिवर्ग किलोमिटर भूमिमा १४८ जना मानिस पर्दछ । अर्थात् भारतको जनसङ्ख्याको घनत्व चीनको तुलनामा दुुई गुणाभन्दा बढी छ । हामी श्री नेहरूसँग सोध्न चाहन्छौं – तपाईको तर्कअनुसार के भारतको बढी जनसङ्ख्याले पनि अरु देशहरूलाई खतरामा पार्ने तपार्इं सम्झनुहुन्छ ?
के साँचो हो भने इतिहासको कुनै बेला चीन शक्तिशाली र समृद्ध थियो र त्यसले अन्य देशहरूमाथि आक्रमण गरेको थियो, तर त्यो सामन्ती जमिनदार वर्गको शासनकालमा भएको थियो । आजको चीन जनताको चीन हो, एक समाजवादी चीन हो । यसको सामाजिक व्यवस्था पहिलेको भन्दा फरक छन् । एक शक्तिशाली र समृद्ध समाजवादी चीनको अस्तित्वले शान्ति र आक्रमणविरोधी सङ्घर्षको निम्ति नै हितकर हुन्छ, आफ्ना छिमेकी देशहरूको निम्ति र अन्य देशहरूका जनताका माझको मित्रताको निम्ति पनि हितकार हुनसक्छ र खालि आक्रमणका प्यासी साम्राज्यवादीहरू र तिनीहरूका पिछलग्गुहरूको निम्ति मात्रै अहितकर हुनेछ । संसारका सबै देशका सारा शान्तिप्रिय र न्यायप्रेमी जनता चीनलाई यही दृष्टिले हेर्छन् र चीन जति शक्तिशाली र समृद्ध भयो त्यति नै राम्रो हुन्छ भनी तिनीहरू विश्वास गर्छन् । यतिको शत्रुतापूर्ण दृष्टिले शक्तिशाली र समृद्ध समाजवादी चीनलाई हेरेर नेहरूले आखिर आफूलाई कुन ठाउँमा पु¥याए ? के उनले आफैले आफूलाई साम्राज्यवादीहरको एक साँचो पिछलग्गुको ठाउँमा त पु¥याएनन् ?
चीनले सधैं शान्तिको परराष्ट्र नीति अङ्गाल्दै छ । फरक फरक व्यवस्था भएका सबै देशहरू पाँच सिद्धान्तहरू (पञ्चशील) को आधारमा शान्तिपूर्वक सँगसँगै रहून् भन्ने चीनको दृष्टिकोण हो । चीनले क्रमशः यमन, बर्मा (म्यानमार–अनु), नेपाल, अफगानिस्तान, गिनी, कम्बोडिया, इण्डोनेसिया र घाना आदि आठ देशहरूसँग मित्रता र आपसमा अनाक्रमण सन्धि वा शान्ति र मित्रताको सन्धिमा हस्ताक्षर ग¥यो । ठीक त्यसरी नै चीन सधैं भारतसँग मित्रतापूर्वक रहने इच्छा राख्छ । तर यसको उल्टो, नेहरू चीनसँग मित्रतापूर्वक बस्न नसक्ने सम्झन्छन् । यो दृष्टिकोण भारतीय जनताको इच्छा र हितसँग पूरै उल्टो छ ।
चीन र धेरै छिमेकी देशहरूमाझ इतिहासले छोडेको सीमा प्रश्न कायम छ । उदाहरणको निम्ति चीन र बर्मा, चीन र नेपालको माझमा पनि यस्तै धेरै लामो सीमा रेखा थियो, ती औपचारिक रुपले निर्धारित गरिएको थिएन । तर चीन र बर्मा दुवै देशका सरकारहरूले र चीन एवम् नेपाल दुवै देशका सरकारहरूले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा, आपसी समझदारी र आपसी सहुलियतको भावनाबाट पर्याप्त वार्ताको माध्यमबाट सीमा सन्धिहरू गरे तथा इतिहासबाट छोडिएका जेलिएका प्रश्नहरूलाई उचित किसिमले र मैत्रीपूर्ण ढङ्गले समाधान गरे ।
चीन–भारत सिमानाको प्रश्न किन समाधान गर्न सकिन्न ? सीमा प्रश्नलाई समाधान गर्ने नेहरूको इमानदारीपूर्ण उद्देश्य भएमा त्यसलाई सुल्झाउनु गा¥है छैन । यदि अहिले समाधान हुनसकेन भने पनि दुवै देशको माझ सिमानालाई यथापस्थिति कायम राख्दै शान्तिपूर्ण सहअस्तित्वमा बाधा पु¥याउनुहन्न । चीनमाथि लगातार आरोप लगाउनु, प्रहार गर्नु, चीनमाथि सशस्त्र शक्तिको प्रयोग गर्नु आदि आखिर किन आवश्यक थियो ?
एक गुप्त उद्देश्य भएकै कारण नेहरू चीन–भारत सिमानाको प्रश्नमाथि शान्तिपूर्ण सम्झौता गर्न चाहेनन् र निरन्तर उत्तेजना कायम राखे । नेहरूले प्रतिनिधित्व गरेको साम्राज्यवादीहरूको हितसँग घनिष्ठ सम्बन्ध भएको भारतका ठूलठूला पूँजीपति वर्ग र ठूलठूला जमिनदारहरूको वर्ग–चरित्रलाई मात्र हामीले बुझेका छौं, नेहरूले प्रतिनिधित्व गरेको घरेलु र परराष्ट्र क्षेत्रहरूमा भारतको प्रतिक्रियावादी शासन गुटको आवश्यकतालाई मात्र हामी सम्झन्छौं तथा खालि भारतको आन्तरिक समस्याहरू र अन्तर्राष्ट्रिय सम्बन्धहरूको व्यापक पृष्ठभूमिबाट मात्र हामी बुझ्न सक्छौं ।
Leave a Reply