सर्वहारा क्रान्ति र क्रान्तिकारी नैतिकता आत्म–रुपान्तरणको माक्र्सवादी सिद्धान्त – २
- असार २, २०८३
-यु निङ
भारतीय सेना अवैधानिक रुपमा दोक्लाम क्षेत्र प्रवेश गरे पछि चीन र भारत सम्बन्ध विगत एक महिनादेखि तनावग्रस्त छ । दुई देशबीचको सिमाना नाघेको आफ्नो सेनालाई फिर्ता गर्न चीनले गरेको आग्रहको बेवास्ता गर्दै नयाँ दिल्लीले उत्तेजना फैलाउने कामलाई जारी राखेको छ । साथै यही बेला राष्ट्रवादको नाममा भारतमा चीनविरोधी भावना व्यापक बनेको छ ।
भारतले चीनमाथि गहिरो रणनीतिक सन्देह पाल्दै आएको छ । भारत चीनलाई आफ्नो प्रतिस्पर्धी र सम्भावित दुश्मनको आँखाले हेर्ने गर्दछ । विगत लामो समयदेखि चीनले भारतलाई घेराबन्दी गर्न ‘मोतीको दाना’ बुन्दै आएको भन्ने भ्रम भारतले फैलाउँदै आएको छ । बेल्ट एण्ड रोड पहलकदमीमा भारतलाई आमन्त्रण गर्ने सदाशयता चीनले देखाए तापनि भारतले यो परियोजनालाई चीनको रणनीतिक चालबाजी र भारत घेर्ने नीतिको रुपमा व्याख्या गर्दै आएको छ ।
चीनसँग बदला लिन माग गर्ने राष्ट्रवादी भावनाले सीमा युद्धयता भारतमा जरा गाडेको छ । नरेन्द्र मोदी भारतका प्रधानमन्त्रीको रुपमा निर्वाचित भएयता भारतका राष्ट्रवादी शक्तिहरु अझ उत्साहित बनेका छन् । मोदीले हिन्दुवादी राष्ट्रवादको उदयलाई आफू सत्तामा उक्लने भ¥र्याङको रुपमा उपयोग गरे । यसले एकातिर उनको इज्जत बढाएको छ र देशलाई नियन्त्रण गर्न सक्ने बनाएको छ भने अर्कोतिर भारतमा अनुदारवादीहरुको प्रभाव व्यापक बनेको छ । फलतः सुधारात्मक पक्ष क्रमशः फितलो बन्दै गएको छ । कुटनीतिक क्षेत्रमा नयाँ दिल्ली विशेषतः पाकिस्तान र चीनसँगको सम्बन्धमा कडा ढङ्गले प्रस्तुति हुने गरेको छ । यो पटकको सीमाना विवाद भारतका धार्मिक राष्ट्रवादीहरुलाई खुसी बनाउन चीनलाई निशाना बनाई गरिएको कार्यबाही हो ।
सन् १९६२ मा भएको चीन–भारत लडाईमा भारत पराजीत भए पछि केही भारतीयहरुमा अझै पनि चीन प्रति शुन्य सहनशीलताको मनस्थिति बाँकी नै छ । त्यो भारतको लागि दीर्घ पीडाको विषय बनेको छ र त्यो गाँठो फुकाउन भारतलाई असाध्यै कष्टप्रद बनेको छ । फलतः भारत जे कुरालाई पनि चिनीयाँ रणनीतिको रुपमा सन्देह गर्ने दृष्टिदोष पालेर बसेको छ । चीनको विकासलाई भारतले दुर्भाग्यको रुपमा लिएको छ । चीन जति गतिमा विकास हुन्छ, भारत त्यत्ति नै गतिमा आतंकित बन्दै गएको छ ।
चीनसँग बदला लिन माग गर्ने राष्ट्रवादी भावनाले सीमा युद्धयता भारतमा जरा गाडेको छ । नरेन्द्र मोदी भारतका प्रधानमन्त्रीको रुपमा निर्वाचित भएयता भारतका राष्ट्रवादी शक्तिहरु अझ उत्साहित बनेका छन् । मोदीले हिन्दुवादी राष्ट्रवादको उदयलाई आफू सत्तामा उक्लने भ¥र्याङको रुपमा उपयोग गरे । यसले एकातिर उनको इज्जत बढाएको छ र देशलाई नियन्त्रण गर्न सक्ने बनाएको छ भने अर्कोतिर भारतमा अनुदारवादीहरुको प्रभाव व्यापक बनेको छ । फलतः सुधारात्मक पक्ष क्रमशः फितलो बन्दै गएको छ । कुटनीतिक क्षेत्रमा नयाँ दिल्ली विशेषतः पाकिस्तान र चीनसँगको सम्बन्धमा कडा ढङ्गले प्रस्तुति हुने गरेको छ । यो पटकको सीमाना विवाद भारतका धार्मिक राष्ट्रवादीहरुलाई खुसी बनाउन चीनलाई निशाना बनाई गरिएको कार्यबाही हो ।
धार्मिक राष्ट्रवादीहरु अतिवादी भए मोदी सरकारले केही गर्न सक्नेछैन । जसरी सन् २०१४ मा उनी सत्तासीन भए यता मुस्लिम समुदायविरुद्ध भएका हिंसात्मक घटना रोक्न उनको सरकार विफल भयो ।
चीन–भारतबीच एकअर्काको शक्ति र बुद्धिको प्रतिस्पर्धा भइरहेको छ । शक्तिको हिसाब त भारत चीनसामू कमजोर छ नै । तर उसका रणनीतिज्ञ र राजनीतिक नेताहरुले उठ्दो राष्ट्रवादले भारतको चीन नीति अपहरण गर्नबाट जोगाउने बुद्धिमानी देखाउन सकेका छैनन् । यसले भारतका हितलाई नै संकटमा पार्ने पक्का छ । भारत सावधान बन्न जरुरी छ र धार्मिक राष्ट्रवादीहरुलाई दुवै देशलाई लडाईमा घचेट्ने मौका दिनु हुन्न ।
ग्लोबल टाइम्स जुलाई १९ २०१७
प्रस्तुतिः अभिनव
Leave a Reply