तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २० पुस । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आठौँ मावि जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुजी ह्योङ्गजुको अध्यक्षतामा १९ सदस्यीय नेक्राविसङ्घ मावि जिल्ला समिति चयन गरेको छ ।
सम्मेलनको उद्घाटन गर्दै नेमकिपा केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजुले माक्र्स, लेनिन, स्तालिन र माओजस्ता क्रान्तिकारीहरूको जीवनीबारे चर्चा गर्नुभयो । उहाँले जोया कस्मोदिमेन्स्काया, क्यानडाका डाक्टर नर्मन बेथुन, चे ग्वेभारा, फिडेल क्यास्त्रो, किम इल सङजस्ता व्यक्तित्वहरूबारे पनि अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेक्राविसङ्घ विद्याको आलय हो । यसले विचार, इमानदारी र असल भावनाको प्रमाणपत्र दिन्छ ।” एमसीसी सम्झौता सैन्य रणनीति नै भएको विचार राख्दै उहाँले अहिले पुँजीवाद र समाजवादबीच वैचारिक युद्ध भइरहेको छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले शिक्षाबाट हात झिक्ने सरकार कर्तव्यहीन सरकार हो भन्नुभयो । महँगो शिक्षाले विद्यार्थी र अभिभावक दुवै मर्कामा परेको बताउँदै उहाँले निःशुल्क शिक्षाको लागि सङ्घर्ष को अर्काे विकल्प छैन भन्नुभयो । “हामीमा श्रमको सम्मान गर्ने संस्कार हुनुपर्छ ।”, उहाँले भन्नुभयो ।
नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङले शिक्षामा देखिएको नवउदारवादी नीतिले शिक्षण शुल्क बढिरहेको जिकिर गर्नुभयो । नेक्राविसङ्घले सुरुदेखि नै नवउदारवादी शिक्षा नीतिको विरोध गर्दै आएको उहाँले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “शासकहरूको गलत कदमविरुद्ध आवाज उठाउन कहिल्यै डराउनुहुँदैन । देशभक्तहरूको विरोध गर्ने राजनीतिक दलहरू विदेशी दलाल हुन् ।”
नेक्राविसङ्घ २३ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका सदस्य दिनेश खड्गीले राजनीति फोहोर खेल हो भन्ने धारणा विद्यार्थीहरूले चिर्दै अघि बढ्नुपर्ने बताउनुभयो । क्युवाको शिक्षा व्यवस्थाको उदाहरण दिँदै उहाँले वैज्ञानिक शिक्षाको महत्वको विषयमा प्रकाश पार्नुभयो ।
सम्मेलनको बन्द सत्रमा नेक्राविसङ्घको केन्द्रीय सहसंयोजक सुरेश परियारले द्वन्द्वात्मक भौतिकवादबारे प्रशिक्षण दिनुभएको थियो । रितिष्णा दुवालको संयोजकत्वमा सम्पन्न सो सम्मेलनमा आस्था सांस्कृतिक परिवारको तर्फबाट प्रगतिशील गीत र नृत्य प्रस्तुत गरिएको थियो ।
Leave a Reply