भर्खरै :

चीन–भारत सीमा विवादमा अमेरिकी हात

-निर्जला
दक्षिण एसियामा ‘स्वतन्त्र’ भारतले वर्षाैंदेखि ‘एउटै सुरक्षा छाता’ को नाममा सैनिक रुपले पाकिस्तान, नेपाल, भुटान, बंगलादेश, श्रीलंका र मालद्वीपलाई समेत आफ्नो सैनिक घेराभित्र राख्न चाहन्छ । बेलायती उपनिवेशवादको अपुतालीलाई ‘स्वतन्त्र’ भारतले अंगीकार गर्न चाहेको प्रस्ट छ । तलका केही घटनाहरूले भारतको सैनिक उद्देश्य प्रस्ट पार्छ–
एक, बंगलादेशको निर्माणमा भारतीय सेनाको हस्तक्षेप पहिलो उदाहरण हो । बंगलादेश र नेपालको बीचमा निर्बाध आवतजावत गर्न भारतले दिइरहेको छैन ।
दोस्रो, सिक्किम एक स्वतन्त्र देश थियो, भारतले त्यसलाई आफूमा मिलायो, नेपाल र नेपाली जनताले त्यसबारे चर्को प्रतिक्रिया जनाएको स्मरणीय छ ।
तेस्रो, भुटानको गृहमामिला र परराष्ट्र मामिलामा भारतको थिचोमिचोमा कैद छ र चीनसँग राजदूतस्तरको सम्बन्ध राख्न दिएको छैन । भारतले भुटानलाई नाकाबन्दीको खबरदारी गर्यो ।
चौथो, नेपाललाई पनि भारतले भुटानलाई जस्तै हरेक क्षेत्रमा हस्तक्षेप गर्दैछ, नमानेमा नाकाबन्दीको हतियार प्रयोग गर्यो ।

१९६२ मा बेलायतले झगडा लगाएको मैकमोहन लाइन भन्दा पनि पछि हटेर शान्ति कायम गर्न चीनले अगुवाई गरेको जगजाहेर छ । एसियालीहरुमाझ झगडाको बीऊ रोप्नेहरुलाई शान्तिका पाइलाहरुबाट बज्रमुक्का दिनुपर्छ ।

पाँचौं, श्रीलंकालाई पनि आफ्नो मातहतमा नआउँदा तमिल समस्यामार्फत् तीन टुक्रामा विभाजित गर्ने भारतले कोसिस गर्यो । भारतको सहयोगमा २६ वर्षको तालिम गृहयुद्धपछि श्रीलंकाले शान्तिको सास फेर्ने अवसर पायो । तर आज पुनः भारतले भारत–श्रीलंका बीचमा पुल बनाएर श्रीलड्ढामा भारतको प्रवेश सजिलो बनाउन चाहन्छ । एक टापू देश भएर पनि श्रीलंकाको एकतिहाई पेट्रोलियम पदार्थ भारतमा निर्भर बनाउन चाहन्छ ।
सन् १९७२ को चीन–भारत सीमा भिडन्तको बेला भारतीय नेताहरू अमेरिका र पश्चिमी देशहरूबाट उचालिएका थिए । चीन भने एसियाली र अफ्रिकी देशहरूको माझमा कुनै प्रकारको वैमनस्यता नहोस् र भर्खर स्वतन्त्र र मुक्त भएको तेस्रो विश्वका मुलुकहरूको साम्राज्यवाद र उपनिवेशवादविरोधी संघर्षलाई अगाडि बढाउन चाहन्थ्यो । तर भारतीय नेताहरू त्यसबेला अमेरिकी साम्राज्यवादको काखमा पुगिसकेको थियो । ‘२ सेप्टेम्बर १९७२ मा ‘भारतीय गुप्तचर विभागको प्रमुख सीआइएको मानिस’ भन्ने शीर्षकमा बम्बईबाट प्रकाशित करंजियाको सम्पादित ब्लिट्जमा खुलासा भएको भयो ।
आज चीन संसारका सबै जनता सँगसँगै समृद्धिको बाटोमा जान ‘एक क्षेत्र, एक सडक’ बारे अगुवाई गरी अगाडि बढ्ने आफ्नो ‘सपना’ निर्माण गर्दैछ । त्यसले पूर्वउपनिवेश देशहरू र तेस्रो विश्वका मुलुकहरू र विकसित देशहरूसँग नयाँ सडक, रेल र जलमार्गबाट जोडिने र द्रुतत्तर समृद्धितर्फ अघि बढाउने योजनामा छ । तर सबै देशले त्यस योजनाबाट संसारका विकाशील देशहरूको समृद्धिबाट तर्सिरहेका एक अति महाशक्ति पनि भित्र भित्र आत्तिरहेकै छ ।
यसकारण भारतलाई अगाडि सारेर ‘एसियालीहरू एसियालीहरूसँगै भिडाउने’, पूर्व औपनिवेशिक देशहरूमा फूटको बीऊ रोप्ने र पुनः विकासशील देशहरूमाथि नयाँ उपनिवेशवादी लगाम लगाउने उद्देश्य लिएर चीन र भारत बीचमा पुनः सीमा भिडन्तमा फसाउन संरा अमेरिका जाल बुन्दैछ । १९६२ मा बेलायतले झगडा लगाएको मैकमोहन लाइन भन्दा पनि पछि हटेर शान्ति कायम गर्न चीनले अगुवाई गरेको जगजाहेर छ । एसियालीहरुमाझ झगडाको बीऊ रोप्नेहरुलाई शान्तिका पाइलाहरुबाट बज्रमुक्का दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *