भर्खरै :

नेमकिपा भक्तपुर जिल्ला र नगर समिति पुनःगठन

भक्तपुर, ५ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)को अध्यक्षतामा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले पार्टी जिल्ला समिति भक्तपुर न्हुछेभक्त फोजूको अध्यक्षतामा पुनः गठन ग¥यो । जिल्ला समितिको उपाध्यक्षमा सुरेन्द्रराज गोसाई र जिल्ला सदस्यहरूमा एनबी, सूर्यभक्त त्वाती, सूर्यराम श्रेष्ठ, पाण्डव सुवाल, महेन्द्र बखुन्छे, मिनबहादुर बाटा रहनुभएको छ ।
पार्टी केन्द्रीय सचिवालयको बैठकले भक्तपुर नगर समिति एनबीको अध्यक्षतामा पुनः गठन ग¥यो ।
नगर समितिका सदस्यहरूमा उपेन्द्र सुवाल, गंगाराम ज्याख्व, मुक्तिसुन्दर जधारी, जगतराम धुख्वा रहनुभएको छ ।
नवगठित जिल्ला र नगर समितिले पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद—लेनिनवाद र माओ त्सेतुङ विचारधाराअनुसार पार्टी कार्यकर्ताहरूलाई थप प्रशिक्षित र संगठित गर्दै जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *