भर्खरै :

सङ्क्रमण बढेमा स्मार्ट लकडाउन

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन र सङ्क्रमितहरूको परीक्षण तथा उपचारमा विशेष ध्यान दिन निर्देशन दिनुभयो । सीमा नाकाहरूलाई चुस्तदुरूस्त बनाउन तथा कोभिड–१९ विरूद्ध खोप लगाउने कामलाई अझ तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।
बैठकमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण दर बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । सङ्क्रमितहरूको सङ्ख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरू बन्द गर्नेजस्ता स्मार्ट लकडाउनका विषयमा छलफल गरिएको स्वास्थ्यमन्त्री खतिवडाले बताउनुभयो । सीसीएमसी बैठकले तेस्रो चरणको बुस्टर डोज खोप पनि अघि बढाउने अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *