भर्खरै :

विद्यार्थीलाई लागूऔषध नियन्त्रणसम्बन्धी प्रशिक्षण

भक्तपुर, २३ पुस । समुदाय प्रहरी साझेदारी आवधारणाअन्तर्गत महानगरीय प्रहरी परिसर भक्तपुरले बिहीबार लागूऔषध नियन्त्रणसम्बन्धी प्रशिक्षण दिएको छ ।
उक्त प्रशिक्षण जिल्लाको एभरेष्ट इङ्गलिश स्कूल मिवाछेँ, व्यासी भक्तपुरका विद्याथीलाई दिइएको हो । कक्षा ८ र ९ मा अध्ययनरत ६० जना विद्यार्थी र शिक्षकशिक्षिकाहरूलाई परिसरका प्रहरी निरीक्षक शशि शर्माले सचेतनामूलक स्कूल प्रशिक्षण कार्यक्रमअन्तर्गत प्रशिक्षण दिनुभएको हो ।
परिसरले नियमितरूपमा जिल्लाका विभिन्न स्कूलमा अध्ययनरत विद्यार्थीलाई यस्तो प्रशिक्षण दिँदै आएको परिसरका सूचना अधिकृत दीपक पाण्डेले जानकारी दिनुभयो । प्रशिक्षणपछि प्रश्नोत्तर कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *