भर्खरै :

चिनियाँ खोपद्वारा जिम्बाब्वेको पर्यटनको पुनरुत्थानमा ठूलो मद्दत

पेइचिङ, २३ पुस । कोरोना भाइरस महामारी विश्वमा फैलिएको अवस्थामा खोप जीवन जोगाउने आशा बनेको छ । सन् २०२१ फेब्रुअरी महिनादेखि चीनले विश्व स्वास्थ्य सङ्गठनको मागअनुसार ‘कोरोना भाइरस खोपको कार्यान्वयन योजना’ लाई खोप उपलब्ध गराउने थालेको थियो । चिनियाँ खोप अन्तर्राष्ट्रिय समाज खास गरी विकासोन्मुख मुलुकको आवश्यकताअनुसार प्रयोग गरिएको छ । सन् २०२१ मा चीनले १२० वटा मुलुक र अन्तर्राष्ट्रिय सङ्गठनलाई २ अर्ब डोजभन्दा बढी खोप उपलब्ध गराएको थियो, जुन विश्वको पहिलो स्थानमा रहेको थियो ।
सन् २०२१ फेब्रुअरीमा चीनको सहयोगमा पहिलो खेपको कोरोना भाइरस खोप जिम्बाब्वेमा पठाइएको थियो । जिम्बाब्वे सबैभन्दा पहिले खोप लगाउने अफ्रिकी मुलुकहरूमध्येको एक बनेको थियो । चिनियाँ खोपको मद्दतमा जिम्बाब्वेको प्रसिद्ध पर्यटकीय पवित्र स्थल भिक्टोरिया फल्स सहरले छोटो दुई महिनामा नै खोप लगाउने लक्ष्यलाई पूरा गरेको थियो । त्यहाँको पर्यटन व्यवसायले पनि पुनरुत्थान अवस्थाको स्वागत गरेको थियो ।
जिम्बाब्वेको उत्तर–पश्चिमी सीमावर्ती क्षेत्रको भिक्टोरिया फल्स सहरमा विश्वका सबैभन्दा अद्भूत तीन वटा झरनामध्येको एक अर्थात् भिक्टोरिया झरना पर्दछ । हरेक वर्ष यो सहरले विश्वको विभिन्न क्षेत्रका पर्यटकहरू भित्र्याउने गर्दछ । भिक्टोरिया सहरको पर्यटन व्यवसायको आम्दानीले जिम्बाब्वेको पर्यटन व्यवसायको आम्दानीको आधा भाग ओगटेको छ । तर, २०२० मार्च महिनामा जिम्बाब्वेको यो सहरमा कोरोना भाइरसको पहिलो सङ्क्रमण पत्ता लगाइएपछि एक वर्षसम्म पर्यटन बजार बन्द भएको थियो । नाकाबन्दी गरिएको थियो । हवाई उडान बन्द रह्यो । होटेलहरूमा पर्यटक थिएन । भिक्टोरिया सहरका ९० प्रतिशतका परिवारका सदस्य स्थानीय पर्यटन व्यवसायमा संलग्न भएका कारण महामारीबाट हरेक परिवारको जीवनमा असर परेको थियो ।
भिक्टोरिया झरना जाम्बेजी नदीमा पर्दछ । जहाजद्वारा जाम्बेजी नदीको अवलोकन पनि सहरको लोकप्रिय पर्यटकीय परियोजनाहरूमध्येको एक हो । पाँच वर्षअघि ओस्कर एन्डरोभुले एक जहाज कम्पनी खोलेका थिए । महामारीअघि उनको कम्पनीका जहाजले प्रतिदिन तीन खेपका पर्यटकको स्वागत गर्ने गर्दथ्यो । त्यस अवधिमा ४० वटा सीट रहेको जहाजमा कुनै पनि सीट खाली रहँदैन थियो । तर, कोरोना भाइरस महामारीपछि एन्डरोभुको जहाजमा कुनै पर्यटक थिएन । उनको जीवन पनि कठिन अवस्थामा रहेको छ । उनी भन्छन्, “महामारी भएपछि पर्यटकले अर्डर पत्र रद्द गरे । मेरो कम्पनीले केही पनि कमाएन । मेरो कम्पनीमा १२ जना कर्मचारी कार्यरत थिए । तर, कम्पनीको लागत बढी भएका कारण हाल कम्पनीमा २ जनामात्रै कर्मचारी छन् । सबैभन्दा कठिन अवस्थामा कम्पनी सञ्चालनका लागि मैले मेरो गाडी बिक्री गरेँ ।”
एन्डरोभुजस्ता स्थानीय मानिसहरू सबैभन्दा कठिन अवस्थामा रहेको बेलामा चीन सरकारले जिम्बाब्वेलाई सहयोगको पहिलो खेप खोप सन् २०२१ फेव्रअरीमा सुचारुरूपमा वितरण गरेको थियो । चिनियाँ खोपले जिम्बाब्वे र झरना सहरका जनतालाई मद्दत दिएको छ । सहरका गभर्नर सोमभेली डहलामिनीले सहरका बासिन्दाहरूले गत मार्च महिनादेखि चिनियाँ खोप लगाएको बताउनुभयो । सन् २०२१ अप्रिलको अन्त्यसम्म ४५ हजार जना बासिन्दा रहेको उक्त सहर जिम्बाब्वेमा खोप लगाउने लक्ष्य सबैभन्दा पहिले पूरा गर्ने सहर बनेको थियो । (सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *