भर्खरै :

नेपालले भारतसँग कस्तो व्यवहार गर्ने ?

-निर्जला
नेपालको हजारौं हजार हेक्टर भूमि डुबानमा पार्ने गरी नेपाल–भारत सीमाको नजिकै अन्तर्राष्ट्रिय नियमविपरीत खोला र नदीहरूमा भारतले एकतर्फी पक्की बाँध बनाएर नेपाली जनतालाई वर्षौंदेखि दुःख दिंदैछ । लक्ष्मणपुर बाँध, रसियावाल खुर्दलोटन बाँध, सप्तरी जिल्लाको तिलाठी आदि ठाउँमा भारतले एकतर्फी बाँध बाँधेको हुँदा हरेक साल नेपाली किसान जनताले दुःख पाइरहेका छन् । यसबारे नेपाली कांग्रेसको सरकारले कहिल्यै एक शब्द बोल्दैन र मधेसवादी दलहरू र राष्ट्रिय जनता पार्टीले कहिल्यै एक शब्द बोलेको छैन ।

भारत भुटानको काँधमा बन्धुक राखेर चीनमाथि हमला गर्न खोज्दैछ । तर नेपाल भने भारतबाट सयौं ठाउँमा सीमा मिच्दा पनि केही बोल्न सक्दैन, बाँधहरू बनाएर नेपाली भूमि डुबानमा पारेर भारतले सारा नेपाली जनतालाई मर्नु न बाँच्नुको स्थितिमा पु¥याएको छ । सुस्ताको कथा यहाँ दोहो¥याउनु परेन । यसकारण अहिले चिनियाँ र भारतीय सेना जसरी आ–आफ्नो सीमा भनी विवादित सीमामा संघर्ष गर्दैछन् भने नेपालको स्पष्ट सीमामा भारतीय थिचोमिचो हुँदा नेपाल डुब्ने गरी बाँध बनाउँदा नेपाल किन मौन बस्छ ? 

कति ठाउँमा नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा समेत घर बनाएर तस्करी गर्ने चौकी भारतीय पक्षले बनाएकोबारे बारम्बार पत्रपत्रिकामा समाचार छापिरहन्छ । हेर्दा साधारण जनता भनिए पनि भारतीय गुप्तचर विभाग ‘रअ’ को निर्देशनमा बाहेक अरु कसैले त्यसो गर्नै सक्दैन । तर त्यसबारे कांग्रेस सरकार देख्या नदेख्या जस्तै गर्दैछ ।
सप्तरी, लालपट्टी, झापा र पश्चिमाञ्चलका अनेक जिल्लामा रातारात नयाँ–नयाँ सीमास्तम्भ नेपालको उत्तरपट्टि सारी भारतले सीमा मिच्दै गयो । साधारण जनताले प्रशासनमा उजुर गर्दा प्रशासन मौन रहन्छ ।
तर भारतले नेपाल, बंगलादेश र भारतको साँगुरो सीमा जोगाउने नाउँमा भुटान–चीन सीमा नजिक चीनले सडक बनाउँदा भारतीय र चिनियाँ सैनिकबीच धक्काधक्की चल्दैछ । भारत सिक्किमलाई जस्तै भुटानलाई निल्ने उद्देश्यले भुटानी शरणार्थीहरूलाई संरा अमेरिका धपायो । भुटानका भारतीय शिक्षक, प्राध्यापक र कर्मचारीहरू सादा पोशाकका गुप्तचर र सिपाहीं हुन् भन्ने कुरा सन् १९८० देखि नै प्रचार भइआएको हो ।
भारत भुटानको काँधमा बन्धुक राखेर चीनमाथि हमला गर्न खोज्दैछ । तर नेपाल भने भारतबाट सयौं ठाउँमा सीमा मिच्दा पनि केही बोल्न सक्दैन, बाँधहरू बनाएर नेपाली भूमि डुबानमा पारेर भारतले सारा नेपाली जनतालाई मर्नु न बाँच्नुको स्थितिमा पु¥याएको छ । सुस्ताको कथा यहाँ दोहो¥याउनु परेन । यसकारण अहिले चिनियाँ र भारतीय सेना जसरी आ–आफ्नो सीमा भनी विवादित सीमामा संघर्ष गर्दैछन् भने नेपालको स्पष्ट सीमामा भारतीय थिचोमिचो हुँदा नेपाल डुब्ने गरी बाँध बनाउँदा नेपाल किन मौन बस्छ ? प्रहरी, सशस्त्र प्रहरी र सेनाले नेपालको सीमा बचाउन भारतीय हस्तक्षेपको विरोधमा किन संघर्ष गर्दैन ?
व्यापक भारतीय जनता शान्ति चाहन्छन्, नेपाली जनताप्रति भारतीय जनता मित्रवत छन् । तर भारतीय विस्तारवादी सरकार नेपाल र नेपाली जनताविरोधी छन् । समयमै नेपाली सरकार र नेपाली जनता सचेत हुने बेला अँएको छ । व्यापक जनतामा यस्तै चर्चा सुनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *