सरकारले सबै सहकारीलाई कमाइ खाने धन्दा ठानेर नीति ल्याउन नहुने
- आश्विन १७, २०८३
भक्तपुर, २७ पुस । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मल र बीउबिजन पसलमा मङ्गलबार अनुगमन भयो ।
भुवनेश्वर कृषि सहकारी संस्थाको मल बिक्री कक्षमा अनुगमन गरी नगरपालिकाले निर्धारण गरेको मूल्य सूचीअनुसार बिक्री वितरण गर्नेे सुझाव दियो ।
सिद्धि कृषि सहकारी संस्थाको मल तथा बीउबिजन बिक्री कक्षमा अनुगमन गरी तराजु नापतौल विभागमा नवीकरण गर्नुपर्ने र नगरपालिकाले निर्धारण गरेको मूल्य सूचीअनुसार बिक्री वितरण गर्नेे सुझाव दियो ।
न्हुछेभक्त कुटुवाजूको रासायनिक मलखाद पसल नवीकरण गर्न, मूल्यसूची राख्न, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दियो ।
पासा कृषि सामग्री तथा बिउबिजन भण्डार नवीकरण गर्न, मूल्यसूची राख्न, तराजु नापतौल विभागमा नवीकरण गर्न टोलीले सुझाव दियो ।
ह्युमिक गोल्ड मलमा म्याद नाघेका सामानहरू निम १५०० को ३ वटा, एग्रिनिम ३ वटा, आक्ट १ पाकेट, अल्गा ४ पाकेट, विन चि विन – ९ वटा, डिफेन्स ९ पाकेट, एग्रोमिक्स २ वटा, चुगंस्टोप १ पाकेट, कार्वन १ पाकेट, अग्रीसिन १ पाकेट, डेभिस्टिन १ पाकेट, स्टिको गम १ वटा, सैजोक्स ७ वटा, नेमोकोल सिडस् ४ पाकेट, ऊर्जा मल १ पाकेट, मुरियम तान १ पाकेट जफत गरी नष्ट गरेको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
त्यस्तै छुमा गणेश कृषि सेवामा तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिइयो ।
अनुगमनमा भनपा स्यानिटेसन उपशाखाका प्रमुख दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जू, भक्तपुर उद्योग वाणिज्य सङ्घका राजु त्वानाबासु, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग सङ्घका लक्ष्मी प्रसाद कवां, महानगरीय प्रहरी परिसरका प्रहरी कुमार श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।
Leave a Reply