भर्खरै :

कैलालीमा कार्यकर्ता प्रशिक्षण

कैलाली, २८ पुस । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा लम्कीचुहा नगरपालिका वडा नं. ५ तिलकपुरमा कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले अहिलेको सरकार पुँजीवादी सरकार हो, यसबाट कामदार जनताको हित हुँदैन भन्नुभयो ।
उहाँले नेमकिपा जनताको पार्टी भएको बताउँदै जनता शिक्षित भएपछि यो पुँजीवादी व्यवस्था अन्त्य हुन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “संसारका पुँजीवादी पार्टीहरूको एउटै उद्देश्य कामदार जनतालाई शोषण गर्ने र कमिसन खाने हो । नेपालमा पनि त्यही भइरहेको हो । स्वदेशमै मल कारखाना नखोली कमिसन आउने लोभमा भारतसँग मल खरिद गरिरहेको उल्लेख गर्दै उहाँले एमसीसीको रु. ५५ अर्बले देश झिलिमिली नहुने बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय सदस्य एवं कैलाली संयोजक गुप्तबहादुर शाहीले एमसीसी भनेको अमेरिकी परियोजना हो र यसको उद्देश्य विश्वका देशहरूलाई आफ्नो प्रभुत्वमा राख्ने हो भन्नुभयो ।
देशमा युवाहरूले काम पाउन उद्योग खोल्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देशमा उत्पादित विद्युत् जनतालाई नै वितरण गर्नुपर्छ भन्नुभयो ।
नेक्रामसङ्घ कैलालीका पूर्वअध्यक्ष रत्नादेवी रावलले छोराछोरीको रेखदेख गर्नु अभिभावकको कर्तव्य हो, बालबालिकाहरू पढेर लेखेर सुसंस्कृत बन्नुपर्छ भन्नुभयो ।
रमेशकुमार रावलको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी पुनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *