भर्खरै :

क्षतिपूर्तिले अमेरिकाको कालो जेलको अपराध मेट्न र मानवअधिकार ऋण चुक्ता गर्नसक्दैन

काठमाडौँ, २८ पुस । प्यालेस्टाइनी नागरिक जुबेदाह अमेरिकाको ‘कालो जेल’ मा कैद छिन् । लिथुआनियाली सरकारले अमेरिकी सीआईएलाई जुबेदाहलाई आफ्नै ‘कालो जेल’ मा हिरासतमा राख्न अनुमति दिने निर्णय गरेको थियो । सन् २०१८ मा मानव अधिकारको युरोपेली अदालतले यो व्यवहार युरोपेली कानुनको उल्लङ्घन भएको भन्दै यातना निषेध गर्ने र लिथुआनियाली सरकारले जुबेदालाई १ लाख युरो क्षतिपूर्ति तिर्न माग गरेको थियो । तीन वर्षको ढिलाइपछि लिथुआनियाली सरकारले भर्खरै क्षतिपूर्ति भुक्तानीको घोषणा गरेको छ ।
यस क्षतिपूर्तिको अर्थ लिथुआनियाली सरकारले मानवअधिकार उल्लङ्घनलाई स्वीकार गरेको छ र वास्तवमा लिथुआनियाली ‘कालो जेल’ अमेरिकाको विदेशमा रहेका कालो जेल नेटवर्कको हिस्सा हो । सन् २००१ मा सेप्टेम्बर ११ घटनापछि अमेरिकाले विदेशमा गोप्य जेलहरू स्थापना गरेको छ, तथाकथित संदिग्ध आतङ्कवादीहरूलाई हिरासतमा राखी बर्बरतापूर्ण यातना दिइरहेको छ ।
विगत २० वर्षदेखि जुबेदाहलाई लिथुआनियाको गोप्य जेल – क्युवाको ग्वान्टानामो खाडीमा रहेको जेल र अन्य सीआईए सिर्जित विदेशी कालो जेल नेटवर्कहरूमा राखिएको छ, जहाँ तिनले विभिन्न यातनाहरू सहेकी छिन् । तर, अमेरिकाले अहिलेसम्म उनलाई ‘अल कायदा’ सङ्गठनसँग आबद्ध रहेको प्रमाणित हुने कुनै प्रमाण पेश गरेको छैन र उनलाई कुनै अदालतमा मुद्दासम्म चलाएको छैन । जुबेदाहले सन् २०११ मा मानव अधिकारको युरोपेली अदालतमा मुद्दा दायर गरेका थिए ।
विदेशमा रहेका अमेरिकी ‘कालो जेल’ मानव अधिकार उल्लङ्घनको पर्यायवाची बनेको छ । ग्वान्टानामो जेलमा जुबेदाहको जस्तै अनुभव भएका कैदीहरू धेरै छन् । संयुक्त राष्ट्र सङघ मानव अधिकार परिषद्द्वारा नियुक्त स्वतन्त्र विशेषज्ञले टिप्पणी गरेका छन् – “सयौँ मानिसहरू जसलाई यस्ता जेलमा ल्याइए र तिनीहरूलाई सबैभन्दा आधारभूत अधिकारबाट वञ्चित गरियो । तिनीहरू प्रणालीगत रूपको यातना र अन्य क्रुर, अमानवीय वा अपमानजनक व्यवहारको शिकार भए ।”
अझ डरलाग्दो कुरा के हो भने २० वर्षको समयमै, अमेरिकाको तथाकथित ‘आतङ्कवादविरोधी’ युद्धले संसारमा ठूलो विपत्ति ल्याएको छ । ती कुख्यात ‘विदेशी कालो जेल’, अमेरिकाले जतिसक्दो चाँडो बन्द गर्नुपर्छ र कैदीहरूमाथिको दुव्र्यवहारको गहन छानबिन गर्नुपर्छ र अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिनुपर्छ ।
ग्वान्टानामो बन्दीगृह बन्द गर्न क्युवाको आग्रह
यसैबीच क्युवाले स्पेनविरूद्धको युद्धदेखि संरा अमेरिकाले अवैधरूपमा नियन्त्रणमा राखेको आफ्नो ग्वान्टानामो खाडीको भूमि फिर्ता गर्न त्यहाँ रहेको कालो जेल बन्द गर्न पुनः आग्रह गरेको छ । ग्वान्टानामो बन्दीगृहमा पहिलो कैदी ल्याइपु¥याएको बीसौँ वर्षमा क्युवाली सरकारले आफ्नो भूमिमा संरा अमेरिकाले बनाएको अत्याचारपूर्ण बन्दीगृह बन्द गर्न माग गरेको हो ।
ग्वान्टानामो बन्दीगृहमा कैद गरिएका ७८० बन्दीहरूमध्ये ४२९ जनाले संरा अमेरिका र मित्र देशविरूद्ध कुनै शत्रुतापूर्ण व्यवहार गरेको कुनै प्रमाण अमेरिकी सरकारसँग छैन र तीमध्ये १२ जनामाथिको अभियोगमात्र सिद्ध भएको छ । तसर्थ उक्त बन्दीगृह अत्याचारपूर्ण छ र सबै बन्दीलाई क्षतिपूर्तिसहित रिहा गरी त्यसलाई बन्द गर्नु अत्यन्त जरूरी छ ।– क्युवाली विदेश मामिला मन्त्री ब्रुनो रोड्रिगेजले भन्नुभयो ।
क्युवाली उच्च कूटनीतिज्ञ रोड्रिगेजले बन्दीगृहमा प्रणालीगतरूपमा बन्दीहरूमाथि दिइएका यातनाको कडा निन्दा गर्नुभयो । विश्वका धेरै मानवअधिकार सङ्गठनहरूले ग्वान्टानामो बन्दीगृहलगायत त्यस्ता काला जेलहरू अवैध र मानव अधिकारको घोर उल्लङ्घन भन्दै अविलम्ब अन्त्य गर्न माग गर्दै आएका छन् तर संरा अमेरिकाले त्यस्ता कुनै आवाजलाई सुनुवाइ गरिरहेको छैन ।
(सीआरआई÷टेलिसुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *