भर्खरै :

नेतृत्व, नेता र उमेरबारे एक बहस

आमूल परिवर्तनलाई रोक्ने षड्यन्त्र
पुँजीवादी दलका नेताहरू र तिनीहरूद्वारा सञ्चालित या संरक्षित विभिन्न सञ्चारमाध्यमहरूले बेलामौकामा अनेक खालका होहल्ला गर्दछन् । विशेषगरी सरकारको सम्भावित विरोधलाई उठ्न नदिन या छल्न त्यसो गरिन्छ । तिनीहरूका कुकृत्य, शोषण वा अत्याचारबारे कहीँ कतै कुनै प्रश्न नउठोस् या त्यतातर्फ बहुसङ्ख्यक जनताको ध्यान नै नपुगोेस् भन्ने तिनको सधैँ चाहना हुन्छ । समाजको ध्यान अन्यत्र मोड्न र आवश्यकभन्दा पनि अनावश्यक विषयमा मानिस अल्मलिऊन् र आफ्नो सत्ता सुरक्षित होस् भन्ने हिसाबले अनेक उपाय अपनाइरहन्छन् र ठूला–ठूला विषयतर्पm ध्यान नजाओस् भन्ने उद्देश्यले खुद्रामसिना विषयवस्तु झन् चर्को ढङ्गमा अघि सार्दछन् ।
आमूल परिवर्तनलाई टेवा पु¥याउने विचार, सोच, चिन्तन तथा गतिविधितिर मानिसको ध्यान नपुगोस् भन्ने प्रमुख उद्देश्य तिनको हुन्छ । क्रान्तिकारी विचारबाट कामदार जनतालाई टाढै राख्ने उद्देश्यका साथ भ्रम फैलाउने, झिलीमिलीमा अल्झाउने र तात्कालीन फाइदामा फसाउने षड्यन्त्र पुँजीपति वर्गले नियोजित ढङ्गमा सधैँ गरिरहेकै हुन्छ । नयाँ विचार तथा क्रान्तिकारी भावनामाथि निर्मम दमनमार्फत नै पुँजीपति वर्गले आफ्नो ‘लुटको स्वर्ग’ कायम गरिराखेको हो भन्नेबारे इतिहासमा थुप्रै दृष्टान्तहरू पाइन्छन् । जनताका न्यायोचित आन्दोलनमाथि ठूलाठूला दमनहरू भएका उदाहरणहरू प्रशस्त छन् । यद्यपि, ती दमनबीच भएका आन्दोलन, सङ्घर्षमा तल्लो वर्गको विजयलाई भने तिनले रोक्न नसकेको त्यतिकै यथार्थ हो ।
नेपाली शासक वर्गले फिँजाएको भ्रमजाल
नेपाली समाजमा ‘युवा नेतृत्व’, ‘महिला नेतृत्व’, ‘प्रजातान्त्रिक अभ्यास’, ‘सुशासन’, ‘समृद्धि’, ‘सुख’, ‘अग्रगमन’ आदि विषय व्यापक ढङ्गमा उठाइँदै छ । विशेषगरी २०६२/०६३ को जन–आन्दोलनपश्चात् यी विषय व्यापक ढङ्गमा उठाइए । हिजोआज अझ सघन ढङ्गमा उठाइँदै छ । नयाँनयाँ आकर्षक नारा दिने र शब्दजालमा फसाउने या अल्मल्याउने पुँजीवादी दलहरूको पुरानै जुक्ति हो । अझ निर्वाचनतिर सर्वसाधारण जनतालाई ठूला–ठूला सपना देखाउने, आश्वासन बाँड्ने र चर्को कुरा गर्ने त बुझिआएकै प्रचलन या जालसाजी हो । यी र यस्ता चतु¥याइँ तथा छलछाममा ती पोख्त भइसकेका छन् । पुँजीवादी चिन्तकहरू तथा नेताहरूले यी कार्यहरूमा धेरै–धेरै पसिना बगाइसकेका छन् । बहुमत काम गरिखाने वर्गले विद्रोह या क्रान्तिको बाटोतर्फ पटक्कै नहेरून् र समाजवादसँगको साइनो प्रगाढ नबनोस् भन्ने तिनको भित्री चाहना हो । विभिन्न खालका काण्डहरू मच्चाएर, राजनीतिक ‘स्टन्टबाजी’ गरेर या ‘स्क्यान्डल’ रचेरै भए पनि मूल विषयवस्तुबाट विमुख बनाउने प्रयास बेलामौकामा भएका छन् । पुँजीवादले यसरी नै आफ्नो आयु लम्ब्याइरहेको हो भन्नु अझ समीचीन हुनेछ ।
नेपालको राजनीतिमा पछिल्लो समय युवा पुस्ताको ‘हस्तक्षेपकारी’ भूमिका आवश्यक भएको बारे बहस तथा प्रचारबाजी व्यापकरूपमा गरिएको पाइन्छ । एमाले, नेका, माओवादी (प्रचण्ड), राप्रपाको महाधिवेशनको सेरोफेरोमा झन् सघन ढङ्गमा उठाइयो । त्यस प्रसङ्गमा विभिन्न पार्टीका नेताहरूको नाउँ उल्लेख गर्ने क्रममा नेमकिपामा अध्यक्ष रोहित लामो समयदेखि अध्यक्ष कायम रहेको चर्चा गरिएको पाइयो । विश्व कम्युनिस्ट आन्दोलनमा नेताहरूले अन्तिम घडीसम्म पदत्याग नगरेको भनी तर्क अघि सारियो । यथार्थमा तिनको उद्देश्य वास्तविक कम्युनिस्ट नेतृत्वको बदनाम गर्ने र कम्युनिस्ट आन्दोलन कमजोर पार्ने हो भनी बुझ्न गा¥होे छैन । घुमाइफिराइ पुँजीवादी राजनीतिलाई मलजल गर्ने आशय अन्तरनिहित रहेको स्पष्ट छ ।
नेमकिपा र अध्यक्ष रोहितबाट सिक्ने आँट गर्नु बुद्धिमानी हुने
राजनीतिक नेता भनेको कुनै सिनेमाको हिरो होइन न त राजनीतिक दल कुनै मसलेदार फिल्म निर्माता नै हो ! कुन नेता कति उचाइ, मोटाइ, तौल, दाह्री–जुङ्गा भए–नभएको आदि कुराले कुनै गम्भीर अर्थ राख्दैन । बरु, असल आचरण भएको, स्पष्ट बोल्ने र बेतुकको नबोल्ने हुनुपर्नेबारे तर्क–वितर्क आवश्यक नहोला ! यो नै नेपाली राजनीतिज्ञहरूलाई चिन्ने एउटा आधार बनाउनु उपयुक्त हुनेछ ।

संरा अमेरिका, बेलायत र अस्ट्रेलियाको सहयोगमा सुहार्तो तानाशाहीले सन् १९६० को दशकमा दसौँ लाख कम्युनिस्ट र प्रगतिशील जनताको हत्या गरेको थियो ।


राजनीतिक नेताको सिद्धान्त, विचार, आदर्श, नैतिकता, व्यवहार नै प्रमुख विषय हो । समाजमा उनी उनकै योगदानबाट नै चिनिन्छन् र स्थापित हुन्छन् । उनले प्रस्तुत गरेको उदाहरण, अवलम्बन गरेको नीति, हिँडेको बाटो र दिएको शिक्षा नै पहिलो सरोकारको विषय हो । कुनै नेताको उमेरको सा¥है चिन्ता गर्नुभन्दा पनि उनको अनुकरणीय ज्ञान–गुण, सङ्घर्षको अनुभव, विचारको गहिराइ, उनले अवलम्बन गरेको बाटो तथा देश र जनताका लागि गरेको त्याग, तपस्या, बलिदानबारे छलफल गरिए श्रेयष्कर हुनेछ । यही प्रकाशमा अध्यक्ष रोहितलाई चिन्ने प्रयास गर्नु बुद्धिमानी हुनेछ । कसैको उचाइ बढाउन कसैको कद छोट्याउने मूर्खता नगर्नु जाती हुनेछ ! अध्यक्ष रोहितको उच्च राजनीतिक तथा साहित्यिक व्यक्तित्व, क्रान्तिकारी विचार, स्वच्छ छवि, देशभक्तिपूर्ण आन्दोलनमा शीर्षस्थान, राजनीतिक नैतिकतालाई केही खहरेहरूको गडगडाहटले छोप्न खोज्नु व्यर्थ हुनेछ ! झिङ्गाको सरापको आखिर के अर्थ !
अध्यक्ष स्वयम् केवल व्यक्तिगत इच्छा आकाङ्क्षामा चल्ने एक स्वतन्त्र व्यक्ति नभई पार्टी, नीति र महाधिवेशनको निर्णयबमोजिम चल्ने जिम्मेवार पार्टी सदस्य हुन्छ भनेर अध्यक्ष रोहितले नेमकिपाको सातौँ महाधिवेशन (२०७६, असोज) को दौरानमा प्रस्ट पार्नुभएको यहाँ पनि उल्लेखनीय छ । अध्यक्ष रोहितले महाधिवेशनको निर्णयलाई शीरोधार्य गर्नुभएको थियो । त्यसो त नेमकिपाको आजसम्मका कुनै पनि महाधिवेशन शासक दलहरूको भैmँ अराजक, विचार तथा सिद्धान्तलाई लत्याउँदै, पैसाको छेलोखेलो गर्दै र पुुँजीवादी तथा सामन्ती शैलीमा भएको इतिहास छैन । नेमकिपाले पार्टी महाधिवेशनलाई सिद्धान्त तथा विचारको गम्भीर छलफल, आन्दोलनको महत्वपूर्ण हिस्सा, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको तथ्यपरक विश्लेषण गर्दै नयाँ जनसङ्घर्षको बाटो तय गर्ने अवसरमा परिणत गर्दै आइरहेको जगजाहेर छ । त्यही आन्दोलनले बुद्धिमत्तापूर्ण ढङ्गमा एक मतले नयाँ नेतृत्व चयन गर्दै आएको स्मरणीय छ । सुसंस्कृत राजनीतिक अभ्यासमा नेमकिपा सदा अग्रपङ्तिमा रहँदै आएको निर्विवाद छ ।
कार्यकर्ताहरूको उच्च सम्मान तथा असीम श्रद्धा, अगाढ आस्था एवम् विश्वास र क्रान्तिकारी व्यक्तित्वप्रति उच्च गौरव र एकमनको एकताका साथ अध्यक्ष रोहित अध्यक्ष बन्नुभएको हो । पुस्तौँपुस्ता जारी रहने क्रान्तिको कठिन बाटोमा हिँड्दा ‘कति लामो’ या ‘कति पटक’ भन्ने प्रश्न आपैmँ त्यति प्रासङ्गिक हुने गर्दैन । आन्दोलन, सङ्घर्ष, क्रान्ति समयावधि तोकेर खेलिने कुनै रोमाञ्चक खेल पनि होइन । एक क्रान्तिकारी जीवनको अन्तिम श्वास नै क्रान्तिका निम्ति फेर्न पाउनुमा आत्मगौरवको अनुभव गर्दछ ।
क्रान्तिकारीहरूलाई विचलित पार्न या भड्काउन प्रतिक्रियावादीहरू कहिले ‘आन्दोलनमा बालबालिकाको प्रयोग’ भनी होहल्ला गर्छन् त कहिले उमेरको अप्रासङ्गिक छलफल थाल्छन् । त्यसो गरेर तिनीहरू नेमकिपाको सङ्घर्षशीलता भुत्ते पार्न चाहन्छन्, कार्यकर्तालाई हतोत्साहित पार्न खोज्छन् । तर, त्यो तिनीहरूको दिवास्वप्न साबित हुने निश्चित छ । अग्रज पुस्ता, युवा पुस्ता तथा नवजवानहरूको एकमनको एकता तथा सङ्घर्षशीलताको आधारमा नेमकिपा देश र जनताको पक्षमा तथा समाजवादी आन्दोलनको अन्तिम विजयको निम्ति जनताबीच निरन्तर सक्रिय रहनेछ । कसैको चाहना या महत्वाकाङ्क्षाबाट भन्दा पनि परिस्थिति, आन्दोलन, सङ्घर्षले नै नेतृत्व तयार गर्दछ र विकास हुँदै जान्छ भन्ने नियमबारे कमसेकम नेमकिपाका कार्यकर्ताहरू अवगत छन् ।
नेतृत्वको सवाल र समाजवादविरोधी मन्त्रयुद्ध
वामपन्थी या कम्युनिस्ट आन्दोलन पुँजीवादी राजनीतिभन्दा मौलिकरूपमा भिन्न हुने गर्दछ । वास्तविक वामपन्थी या कम्युनिस्ट पार्टी सिद्धान्त, विचार, पद्धति, नेतृत्व, अनुशासन र नीतिनिर्देशनको आधारमा चल्छ । कम्युनिस्ट आन्दोलन पुँजीवादी राजनीतिभन्दा कैयौँ गुणा अग्रगामी तथा नयाँ विचारले सुसज्जित हुन्छ । यो नयाँ विचार तथा आन्दोलनले झन् ठूल्ठूला धक्का, दमन झेल्नुपरेको वास्तविकता कसैबाट लुकेको छैन । इन्डोनेसिया, चिली आदि देशमा कम्युनिस्ट आन्दोलनले साम्राज्यवादीहरूबाट भीषण दमन झेले । सन् १९९० को दशकको सोभियत समाजवादको अस्थायी हारपछि त समाजवाद झन् रक्षात्मक स्थितिमा पुग्यो । यी भयानक दमन तथा अकल्पनीय क्षतिपश्चात् वामपन्थी या कम्युनिस्ट आन्दोलनमा नेतृत्वको निर्माण एउटा अहम् प्रश्नको रूपमा खडा भयो । साथै, नेतृत्वको हस्तान्तरण या पुस्तान्तरण अत्यन्त संवेदनशील विषय हो भन्ने मान्यता स्थापित भयो । त्यसमा गरिएको हेलचेक्र्याइँ या कमी–कमजोरीका कारण ठूल्ठूला बलिदानसमेत खेर जाने, क्रान्तिका उपलब्धिहरू गुम्ने र महाशक्ति देशसमेत छिन्नभिन्न हुने इतिहासले सुम्पेको शिक्षा हो । त्यतातर्र्फ आँखा चिम्लिनु मूर्खताबाहेक केही हुनेछैन । तसर्थ, यतिखेर क्रान्तिविरोधी तत्वहरू तथा प्रतिक्रान्तिकारीहरू वामपन्थी तथा कम्युनिस्टहरूले सयौँ हन्डर–ठक्करपछि विकास गरेको सजगता खल्बल्याउन खोज्दै छन् । लेनिन, स्तालिन, माओ, हो चि मिन्ह, किम इल सङ, फिडेल क्यास्त्रो, चे ग्वे भाराजस्ता क्रान्ति नायकहरूको अब जन्म नहोस् भन्नेतर्पm ती अत्यन्तै सचेत छन् । तसर्थ, ती क्रान्तिकारी योद्धाहरूलाई दिनहुँ गाली गर्छन् ता कि युवा पुस्ताले तिनको बाटो नअपनाऊन् ¤
कोरियाली मजदुर पार्टीले क्रान्तिको उत्तराधिकारीको सवालमा अत्यन्त गम्भीरतापूर्वक अपनाएको उपाय र सोभियत कम्युनिस्ट पार्टीको भयानक दुर्घटनाबाट शिक्षा हासिल गरेको घटना यहाँ सान्दर्भिक छ । साथै, यो मननीय तथा अनुकरणीय छ । प्रजग कोरियाको त्यही उच्च संवेदनशिलता तथा गम्भीर तयारी देखेर बहुलाएका साम्राज्यवादीहरू समाजवादी कोरियाविरुद्ध निरन्तर हमला जारी राख्दै छन् ।
वामपन्थी आन्दोलन या कम्युनिस्ट पार्टीहरूले विकास गरेको सबल तथा जनप्रिय नेतृत्व देखेर प्रतिक्रियावादीहरू तथा पुँजीपति वर्ग छट्पटाउँदै छन् । परिपक्व तथा गम्भीर नेतृत्व तिनका निम्ति ठूलो चुनौती बन्दै छ । सिद्धान्त, विचार, दृष्टिकोण तथा अडानमा हलचल गर्न नसकेपछि ती नेतृत्व परिवर्तन, युवा नेतृत्व आदि भन्दै हमला, मनोवैज्ञानिक युद्धतर्फ लागेको स्पष्ट छ । परिपक्व तथा जनताबीच स्थापित नेतृत्व कायम रहेसम्म चलखेल गर्न या आफ्नो हितअनुकूल प्रयोग गर्न असम्भव हुनेबारे ती जानकार छन् । तसर्थ, ती भेदको कुटिल नीतिका साथ भित्र पस्ने चेष्टा गर्दै छन् । मन्त्रयुद्ध तुलनात्मकरूपमा कम खर्चालु तथा त्यसबाट कममात्र बदनाम हुनेबारे पनि ती त्यत्तिकै सजग देखिन्छन् । विगतमा नेतृत्वको भौतिक सफायातिर लाग्दा ब्यहोर्नुपरेको क्षति या बदनामीको सायद तिनले समीक्षा गरे !
प्रतिक्रियावादी बौद्धिकहरूको नयाँ अस्त्रः उमेर !?
प्रतिक्रियावादीहरू यतिखेर उमेरलाई ज्यादै ठूलो अस्त्र बनाउँदै छन् । युवा हुनु या कम उमेरको हुनु नै राजनीति र हरेक क्षेत्रमा नेतृत्वका लागि योग्य हुनु हो भन्ने मान्यता स्थापित गर्न खोज्दै छन् । युवा उमेर र नयाँ सोच तथा विचारलाई पर्यायवाचीको रूपमा प्रचारबाजी गर्दै छन् । त्यसको खण्डन केही सचेत सङ्गठन र जिम्मेवार राजनीतिक नेता–कार्यकर्ताहरूले गर्दै छन् । उमेरले मात्र होइन विचार, सोच, दृष्टिकोण हरेक हिसाबले जवान मानिस नै वास्तविक युवा हो भन्ने विचार ती संवेदनशील नेता–कार्यकर्ताले प्रस्तुत गर्दै सङ्घर्ष चालु राख्दै छन् । सधैँ यथास्थितिको पक्ष लिने, आमूल परिवर्तनतर्फ अग्रसर हुन आनाकानी गर्ने र वैज्ञानिक दृष्टिकोणभन्दा पर बस्ने मानिस उमेरले युवा भए पनि वास्तविक युवा नभएको तर्क पेश गर्दै छन् । यथार्थमा यी अकाट्य तर्क हुन् ।
विचार, सोच तथा चिन्तनले युवा हुनु सबैभन्दा महत्वपूर्ण विषय हो । त्यस अर्थमा विश्व कम्युनिस्ट आन्दोलनले युवा नेतृत्व पाइरहेको छ । चीन, प्रजग कोरिया, क्युवा, भियतनाम, भेनेजुयला, निकारागुवा, बोलिभियालगायतका कम्युनिस्ट तथा वामपन्थी सरकारहरूको वर्तमान नेतृत्व स्वयम् पुँजीवादी देशहरूका निम्ति हरेक हिसाबले हाँक बन्दै छन् । उमेर र नयाँ पुस्ताको विषय असाध्यै उछाल्ने पुँजीवादीहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनतिर हेरे पुग्दो जवाफ पाउने थिए !
महत्वपूर्ण सवाल, युवा हो या होइन भन्दा पनि क्रान्तिकारी छ या छैन अथवा हो या होइन भन्ने नै हो । अमेरिकाको पूर्वराष्ट्रपति ट्रम्पजस्तो अशिष्ट, अराजक, अपराधी, धुन्धुकारि उमेरले कम नै भए पनि देश र विश्वलाई के फाइदा ? त्यसले आखिर ध्वंश, अन्तरध्वंशबाहेक के दिन्छ ?
यस अर्थमा राजनीतिमा नैतिकता, इमानदारी, विचार, व्यवहार गौण विषय हुन् बरु उमेर, धर्म, लिङ्ग, जाति, क्षेत्र प्रधान विषय हुन् भन्ने मान्यता स्थापित गर्ने अस्त्रको रूपमा युवाउमेरलाई प्रयोग गर्नु समाज र देशकै दीर्घकालीन अहितमा हुनेछ । जबरजस्त यदि त्यसो गरिएको खण्डमा अग्रज पुस्ताप्रति अन्याय हुनेछ । अगुवाहरूप्रति अनादर हुनेछ । कृतज्ञता होइन कृतघ्नता हुनेछ । समाज परिवर्तनतिर होइन पाखण्डतिर उन्मुख हुनेछ ¤ अनि, त्यस्तो समाजको यात्रा पतनतर्पm उन्मूख हुने निश्चित छ । तसर्थ, आजको प्रधान सवाल तथा आवश्यकता भनेको क्रान्तिकारी विचार तथा उद्देश्य, त्यसको जगमा निर्माण गरिएको क्रान्तिकारी सङ्गठन तथा नेतृत्व नै हो । उमेरजस्तो प्राकृतिक विषय त राजनीतिक आन्दोलन तथा सङ्घर्षको उर्लंदो बेगले सङ्गठनभित्र यथोचित सम्बोधन तथा व्यवस्थापन गर्दै जाने एउटा अवश्यम्भावी प्रक्रिया नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *