भर्खरै :

‘जबरजस्ती कूटनीति’ सफल हुँदैन

अमेरिकी अधिकारीहरूले बारम्बार सार्वजनिकरूपमा ‘जबरजस्ती कूटनीति’ को रूपमा लिथुआनियाविरुद्ध चीनको जवाफी कदमहरूलाई गलतरूपमा प्रस्तुत गरेका छन् । ‘जबरजस्ती कूटनीति’ को कुरा गर्दै चीनलाई गाली गर्ने यसले अमेरिकाको ‘प्रवचन बुलिङ’ को कपट र छललाई जोड दिइएको छ ।
चीन र लिथुआनियाबीचको सम्बन्ध वर्तमान समयमा सङ्कटमा छ । के सही र के गलत छ यो एकदम स्पष्ट छ । लिथुआनियाली सरकारको विश्वासघात र एक–चीन सिद्धान्तलाई कमजोर पार्ने कार्यलाई अन्तर्राष्ट्रिय समुदायले व्यापकरूपमा प्रश्न गरेको छ । यसको विरोध गरेको छ । अमेरिकाले राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न चीनको वैधानिक जवाफी कदमहरूलाई ‘जबरजस्ती कूटनीति’ को रूपमा लेबल लगाएको छ । इतिहासलाई फर्केर हेर्दा, ‘जबरजस्ती कूटनीति’ अमेरिकाको पेटेन्ट (एकाधिकार) हो भन्न गा¥हो छैन । यस अवधारणाको मूल भनेको अमेरिकी रणनीतिक लक्ष्यहरू प्राप्त गर्न, अमेरिकाका मागहरू पालन गर्न र अमेरिकी शैली कायम राख्नका लागि बल प्रयोग गर्ने, राजनीतिक रूपमा अलग्गयाउने तथा आर्थिक प्रतिबन्ध, प्राविधिक नाकाबन्दी लगाइ अन्य देशहरूलाई बाध्य पार्नु हो ।
अमेरिकाको लागि ‘जबरजस्ती कूटनीति’ उसको उपकरण बक्समा रहेको एक अविभाज्य हतियार हो । तर, बहुपक्षीयता र पारस्परिक लाभको विश्व भूमण्डलीकरणको युगमा ‘जबरजस्ती कूटनीति’ सफल हुने छैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *