भर्खरै :

गुंला पर्वको तयारी सम्पन्न

भक्तपुर, ६ साउन । भक्तपुरमा सवा लाख चैत्य बनाउने धार्मिक पर्व गुंला धलं धुमधामका साथ मनाउने तयारी गरेको छ ।
रफत सञ्चार क्लबमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुंला धलं व्यवस्थापन समितिले सात वर्ष पछि मनाउन थालिएको गुंला पर्वका लागि सम्पूर्ण तयारी भइसकेको जानकारी दिएको हो ।
समितिका अध्यक्ष जितलाल मानन्धरले गुंला पर्व परापुर्वकालदेखि मानन्धर समुदायले गुंलाथ्व पारुदेखि ञलाथ्व पारु अर्थात श्रावण ९ गतेदेखि भाद्र ६ गतेसम्म एक महिनासम्म विभिन्न धार्मिक कार्य गरी मनाउने गरिएको जानकारी दिनुभयो ।
समितिका सचिव रामकृण मानन्धरले गुंला पर्व बुद्ध धर्मावलम्बी नेवारहरुको मात्र नभएर सम्पूर्ण नेपालीहरुको ऐतिहासिक पर्व रहेको जानकारी दिनु भयो । उहाँले गुंला पर्व मनाउनका लागि आर्थिक अभाव रहेता पनि मानन्धर समुदायहरुको सहयोगबाट यो पर्वलाई सम्पन्न गर्न थालिएको जानकारी दिनु भयो ।
प्रत्येक दिन नौ बाजामा चार पाँच वर्षदेखि सत्तरी असी वर्षसम्म समूहका मानिसहरुको सहभागी रहने एक महिने गुंला पर्वमा उपत्यकालगायत आसपासका चैत्य र बिहारका साथै बौद्ध र हिन्दु धार्मिक तिर्थ स्थलहरुको परिक्रमा गरी धंल बनाएको घरमा बिसर्जन गरिने चलन रहेको समेत गरिन उहाँले बताउनुभयो ।
गुंला पर्वका लागि नौ लाख खर्च लाग्ने जानकारी दिँदै एक लाख तिस हजार समितिका सदस्यबाट रकम संकलन गरिएको र अन्य बाँकि चन्दाबाट संकलन गरिएको पत्रकार भेटघाटमा जानकारी गराईएको थियो ।
एक महिनासम्म पर्वमा सहभागि रहेका ७० ब्रतालुले नुन नखाई एक छाक मात्र खाएर बस्ने गुंला पर्व अवधिभर बिहान बेलुका पुजा अर्चनाका साथै गुंला ङक धलं नौ बाजाको जीवन्तता समेत दिने परम्परा रहको कार्यक्रममा जानकारी गराईएको थियो ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले भक्तपुर कला र संस्कृतिको धनी जिल्ला भएको र कला र संस्कृतिको थप संरक्षण र प्रबद्र्धनमा मानन्धर समुदायले मनाउँदै आएको गुंला पर्वले नौ बाजा लगायत संस्कृतिको संरक्षण टेवा पु¥याएकाले यसको जीवन्तताको लागि सबै पक्षको सहयोगको अपेक्षा रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *