भर्खरै :

भारतमा भाजपा ! भारत छोडो आन्दोलन

भारतको पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले आगामी अगस्ट ९ बाट आफ्नो दल त्रिनमुल काँग्रेसले ‘भाजपा भारत छोड आन्दोलन’ शुरु गर्ने घोषणा शुक्रबार गरेकी छिन् । उनले त्यस्तो आन्दोलन तीन साता चल्ने जानकारी दिइन् । सन् २०१९ मा हुने लोकसभा निर्वाचनमा हाल भारतको केन्द्रीय सत्ता सम्हालिरहेको पार्टीलाई पराजीत गर्न त्यस्तो अभियान चलाउन लागिएको हो ।
‘हामी यो आन्दोलन सबै लोकसभा र निर्वाचन क्षेत्र, ब्लक, शहर र गाउँ पु¥याउनेछौं ।’, पश्चिम बंगालमा आयोजित एक कार्यक्रममा बेनर्जीले भनिन्,‘हामी सबै मन्त्रीहरु, एमपी, एमएलए र ब्लकका नेताहरुलाई त्यस्तो कार्यक्रममा सहभागी बन्न आग्रह गर्नेछौं ।’
बेनर्जीले नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारले राज्य सरकारहरुलाई काम गर्न नदिएको गुनासो पोख्दै भनिन्,‘केन्द्रले राज्य सरकारहरुलाई काम गर्न दिइरहेको छैन । हामी केन्द्रका नोकर होइनौं ।’
उनले भाजपाको विरोध गर्ने कसैको पनि समर्थन गर्न बंगाल तयार भएको र सत्तासीन दललाई सत्ताच्युत गर्न लोकसभाका निर्वाचनमा राष्ट्रिय गठबन्धनको लागि आह्वान गरेकी छिन् ।
‘बंगाल सोनियाजीको पक्षमा छ, हामी नितिशजीको पक्षमा, अरविन्दजीको पक्षमा, लालुजी र नवीनजीको पक्षमा छौं । भाजपाको विरोधमा उभिने जो कोहीको पक्षमा हामी उभिन तयार छौं । लोकसभा चुनावमा एउटा वृहत् मोर्चा हुनेछ । अर्को लोकसभामा ठूल्दाईलाई सत्ताबाट हटाइन्छ ।’
बेनर्जीले भारतको केन्द्रीय सरकारले अख्तियार दुरुपयोग अनुसन्धान तथा कानुन कार्यान्वयन केन्द्रजस्ता केन्द्रीय निकायलाई मोदीले आफूले लागु गरेको वस्तु तथा सेवा करको विरोध गर्ने जोकोहीलाई दुःख दिन प्रयोग गरेको आरोप लगाइन् ।
यसैबीच भारतको केन्द्रीय सरकारले दार्जिलिङको अवस्था सम्हाल्न नसकेको आरोप लगाएको छ । संसदीय मामला मन्त्री अनन्थ कुमारले मुख्यमन्त्रीको कामले ‘आगोमा ध्यु थप्ने’ काम गरेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *