भर्खरै :

विश्वको अपेक्षा पूरा गर्न चीन तयार

अमेरिकी समयअनुसार जनवरी १० का दिन चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएनको उत्तर अमेरिकी मुख्यालयले वासिङ्टनको क्यापिटल रङ्गशालामा पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको बृहत् प्रचारप्रसार कार्यक्रमको आयोजना गर्यो ।
जनवरी १४ मा चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा केही पत्रकारले धेरै अमेरिकीहरूले पेइचिङ हिउँदे ओलम्पिक खेलकुदप्रति अपेक्षा तथा शुभकामना गरेको कुरामा जोड दिएका छन् । यसप्रति प्रवक्ता वाङ वन पिनले यसरी जवाफ दिनुभयो, “वासिङ्टनको क्यापिटल रङ्गशालामा आयोजना भएको उक्त कार्यक्रमबाट अमेरिकी नागरिक र अन्तर्राष्ट्रिय समाजद्वारा पेइचिङ हिउँदे ओलम्पिक खेलकुदप्रतिको अपेक्षा प्रतिबिम्बित भएको छ ।” विश्वव्यापी अपेक्षामा चीनको तयारी पूरा भएको छ ।
पेइचिङ हिउँदे ओलम्पिक खेलकुदसम्बन्धी विभिन्न तयारी काम सबै आधारभूतरूपमा सम्पन्न भइसकेको छ । ओलम्पिक भावनाको निर्देशन र विभिन्न पक्षको संयुक्त प्रयासमा चीनले विश्वलाई एक सुरक्षित तथा रमाइलो ओलम्पिक खेलकुद देखाउन आवश्यक छ । यसले महामारीग्रस्त विश्वमा अझ एकताबद्ध, विश्वासिलो शक्ति सिर्जना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *