कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काठमाडौँ, ४ माघ । काठमाडौँ मेडिकल कलेजको व्यवस्थापन समितिले एमबीबीएस पढ्ने विद्यार्थीहरूसँग सरकारबाट तोकिएको भन्दा बढी शुल्क असुल गर्ने सूचना प्रकाशित गरेपछि विद्यार्थीहरू आन्दोलनमा छन् । सञ्चालकहरूले होस्टेलमा बस्दाको मासिक रु १२०००।–, खानाको रु. ८०००। र अन्य शुल्क ५–६ हजारसहित मासिक २५–२६ हजार असुल गर्ने भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् । कोठा सानो र सुविधाजनक नभएको पनि विद्यार्थीहरूको गुनासो छ ।
मेडिकल कलेजका सञ्चालकहरूले साढे ५ वर्षसम्म तोकिएकोमा मासिक शुल्क प्रतिवर्ष १० प्रतिशत बढी तिराउने भएपछि विद्यार्थी र सञ्चालक सुनिल शर्माबीच हात हालाहाल पनि भयो । यसरी अनियमित ढङ्गले शुल्क असुल गरेर विद्यार्थी र अभिभावकको उठीबास लगाउने सञ्चालक शर्मालाई देउवा सरकारको संरक्षण भएको समाचार छ । यसबारे शिक्षा मन्त्रीसँग गुनासो गर्न पुगे पनि शिक्षा मन्त्रालयले केही गरेन ।
पाँचौँ दलको गठबन्धन सरकार छ । तर, गठबन्धनका अन्य नेताहरू पुष्पकमल दाहाल, माधव नेपाल, उपेन्द्र यादव, दुर्गा पौडेल प्रम देउवाको लगाममा रहेको सावित भए ।
यसबारे सरकारको सम्बन्धित निकाय र जनप्रतिनिधिहरूले कलेजको अनुगमन गरेर पठनपाठनको लागि आवश्यक व्यवस्था मिलाउन र तोकिएको शुल्कमा कलेज सञ्चालन गर्न वातावरण मिलाउने अभिभावकहरूको अपेक्षा छ । त्यसो नभए त्यस्ता कलेज नै सरकारमार्फत सञ्चालन गर्नुपर्ने जनताको माग छ ।
Leave a Reply