भर्खरै :

देशको समृद्धि तथा विकास र जनताको स्वास्थ्यको निम्ति प्रयास गरौँ !– ३

(सन् २०२१ डिसेम्बर २७ देखि ३१ सम्म भएको कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको चौथो विस्तारित बैठकमा कोरियाली मजदुर पार्टीका महासचिव किम जङ उनले प्रस्तुत गर्नुभएको पार्टीको प्रतिवेदनको नेपाली अनुवाद ‘मजदुर’ दैनिकमा माघ ४ गतेदेखि क्रमशः प्रकाशित गरिएको हो – सम्पादक)
महासचिव उनले कृषि मजदुरलाई मुख्यरूपमा जिम्मेवार बनाउने र ग्रामीण क्रान्ति गर्ने काममा विजय प्राप्त गर्नु नै समाजवादी ग्रामीण निर्माणको मुख्य काम हो भन्नुभयो । उहाँले कृषि मजदुरको विचारमा परिवर्तन गर्ने, उनीहरूलाई पार्टीका नीतिहरूबाट प्रशिक्षित गर्ने र ग्रामीण समुदायलाई आधुनिक प्रविधि र सभ्यतायुक्त समृद्ध र सुसंस्कृत समुदायको रूपमा परिणत गर्ने लक्ष्य लिएको बताउनुभयो ।
महासचिव उनले कृषि उत्पादन बढाउनु र देशको खाद्य सङ्कट समाधान गर्नु नै कृषि विकास रणनीतिको आधारभूत लक्ष्य भएको बताउनुभयो । उहाँले आगामी १० वर्षको लागि खाद्यान्न उत्पादन, वस्तुभाउको उत्पादन, फलफुल, तरकारी, औद्योगिक बाली तथा मौरीपालनमा विकासको निश्चित लक्ष्य अगाडि सार्नुुभयो ।
देशभरका कृषि गाउँलाई सफा बनाउन निरन्तरको सङ्घर्षको निम्ति उहाँले सुझाव प्रस्तुत गर्नुभयो ।
“देशका सबै कृषि गाउँहरूको निर्माणले समाजवादको चरित्रलाई रक्षा गर्नेछ”, उहाँले भन्नुभयो ।
“यस्तो योजनाको सफलतापूर्वक कार्यान्वयन सुनिश्चित गर्न राज्यको सहयोग, राज्यको दरिलो निर्देशन प्रणाली र स्थानीय निर्माणको निम्ति जिम्मेवार नगर र जिल्लाको भूमिका बढाउनु आवश्यक छ ।”
दृढता र आशाका साथ ग्रामीण क्रान्तिलाई सशक्तरूपमा अगाडि बढाउने आवश्यकतामा जोड दिँदै महासचिव उनले गाउँको खेतीलाई गज्जबको समाजवादी स्वर्गमा परिणत गर्नु आवश्यक छ, यसबाट विश्वले गर्व गर्न सकोस् र मानिसको शताब्दीऔँदेखिको इच्छा तथा आदर्श छिटो पूरा होस् भन्नुभयो । उहाँले त्यस्तो लक्ष्य प्राप्तिको निम्ति विस्तृत कार्ययोजना प्रस्तुत गर्नुभयो ।
“समाजवादी ग्रामीण प्रश्नको समाधानको निम्ति ग्रामीण क्षेत्रमा वैचारिक, प्राविधिक र सांस्कृतिक गरी तीन क्रान्तिलाई अगाडि बढाउनु सबभन्दा मुख्य काम हो ।”
“आजको परिस्थिति र देशको समाजवादी ग्रामीण निर्माणको इतिहासबाट प्रमाणित भएको कुरा के हो भने यी तीन क्रान्तिलाई प्रभावकारीरूपमा अगाडि बढाउन सकिए कृषि मजदुरहरूको राजनीतिक तथा वैचारिक, प्राविधिक ज्ञान र सांस्कृतिक चेतनामा आधारभूत परिवर्तन ल्याउन सकिन्छ ।”

ग्रामीण क्षेत्रमा ती तीन क्रान्ति सफल बनाउन वैचारिक क्रान्तिलाई प्राथमिकता दिएको कुरा प्रतिवेदनमा स्पष्ट पारिएको छ ।
“कृषि मजदुरहरूको दिमागमा रहेको पुरानो विचार हटाउने, जुछे विचारबाट दीक्षितहरूलाई कम्युनिस्टमा रूपान्तरण गर्ने र हाम्रो क्रान्तिकारी शक्तिलाई राजनीतिक तथा वैचारिकरूपमा बलियो बनाउने र समाजवादी निर्माणलाई सशक्तरूपमा अगाडि बनाउने काम नै वैचारिक क्रान्तिको मुख्य उद्देश्य हो ।”
“कृषि मजदुरहरूले उच्च स्तरको चेतनासहित विश्वासपूर्वक काम गर्नु महत्वपूर्ण छ ।” “क्रान्तिको विभिन्न समयमा वीर तथा देशभक्त किसानहरूले प्रदर्शन गरेको लडाकु भावनाजस्तै मजदुरहरूले पार्टीको क्रान्तिकारी विचार तथा नीति बोक्नु आवश्यक छ । साथै, कृषि मजदुरलाई सामूहिक विचारसहितको जीवनपद्धतिको विकास गर्न सहयोग गर्दै पार्टी, सरकार र सामाजिक प्रणालीप्रति दृढ हुन शिक्षित गर्नु आवश्यक छ ।”
प्रतिवेदनले कृषि मजदुरहरूलाई बौद्धिकरूपमा अगाडि बढाई कृषिमा सक्रिय प्राविधिक क्रान्ति गर्न अह्वान गरेको छ ।
प्रतिवेदनमा उल्लेख छ– “राजनीतिक, वैचारिक तथा सांस्कृतिकरूपमा तयार भएपछि र उच्च विज्ञान तथा प्राविधिक ज्ञानबाट दिक्षित भएपछि कृषि मजदुरले समाजवादी खेतीको विकासमा भूमिका निर्वाह गर्नसक्छन् र ग्रामीण विकासको नयाँ युगलाई अगाडि बढाउन सक्छन् ।”
“कृषि विज्ञान तथा प्रविधिको अध्ययन गर्नु आवश्यक छ । साथै कृषि मजदुरको ज्ञानलाई फराकिलो बनाउन अग्रगामी कृषि प्रविधिको विस्तार गर्नु आवश्यक छ । कृषि मजदुरको प्राविधिक क्षमतालाई वृद्धि गर्नु आवश्यक छ । कृषि मजदुरको विज्ञान र प्रविधिको ज्ञानले देशलाई प्रतिभासम्पन्न देशमा परिणत गर्नेछ । धेरैभन्दा धेरै विश्वविद्यालयदीक्षितहरूलाई कृषि फारममा पठाउनु आवश्यक छ । तिनीहरूको सहयोगबाट प्राविधिक क्षमतामा अझ वृद्धि हुनेछ । यसले विज्ञान र प्रविधिसँग कृषि मजदुरलाई अझ नजिक ल्याउँछ । साथै, यसबाट खेतीको पुरानो अनुभवको पनि अध्ययन हुन्छ ।”
“कृषि मजदुरहरूको सांस्कृतिक चेतना स्तर बढाउने क्रममा कृषि क्षेत्रमा क्रान्तिकारी, स्वस्थ तथा सभ्य जीवनपद्धतिको स्थापना गर्नु आवश्यक छ । यसले कृषिमा सांस्कृतिक क्रान्ति पूरा गर्न ठूलो सुधार गर्दछ ।”
“कृषि मजदुरहरूले जनतामा आधारित सांस्कृतिक तथा कलाका गतिविधि र खेलकुद गतिविधि सञ्चालन गर्नु आवश्यक छ । उनीहरूले आफ्नो बसोबास क्षेत्र र गाउँ सफा तथा चट्ट पारेर आदर्श र नैतिक गुणको स्थापना गर्नुपर्छ । यसले खेती मजदुरमा हाँसो, आशा र मेलमिलापको भावनाको विकास हुन्छ ।”
“देशभरका खेतीपातीमा लाग्ने जनताको शिक्षा र स्वास्थ्योपचारको स्तर वृद्धिमा राष्ट्रिय प्रयास अगाडि बढाउनु आवश्यक छ । श्रमिकवर्गको संस्कृति र समयअनुसारका आधुनिक संस्कृतिलाई तीव्ररूपमा विस्तार गर्नु आवश्यक छ । यसबाट ग्रामीण क्षेत्रमा सांस्कृतिक क्रान्ति अगाडि बढ्छ ।”
यो ऐतिहासिक प्रतिवेदनमा कोमपाका महासचिव उनले देशको कृषि उत्पादनलाई दीगो रूपमा वृद्धि गरेर ग्रामीण समस्या समाधान गर्ने महत्वपूर्ण कार्य प्रारम्भ गर्नुभएको छ ।
यो तत्काल महत्वको काम सफलतापूर्वक सम्पन्न गर्न प्रतिवेदनले ‘वैज्ञानिक कृषि पहिलो’ को सिद्धान्त आत्मसात गरेको छ । जनताले धेरै पहिलेदेखि यो उपाय लागु हुने आशा गरेका थिए ।
“देशको कृषिलाई उच्चकोटीको बनाउनु र स्थिर तथा दीगो कृषि उत्पादन प्रणाली विकास गर्ने पार्टीको रणनीतिक विचार नै हो । तर, कृषि क्षेत्रमा विकासको निम्ति विज्ञान र प्रविधिलाई मुख्य चालक शक्तिको रूपमा लिइनुपर्छ ।”
“बिउ छनोट, वैज्ञानिक कृषि प्रणालीको स्थापना र विपत्तिमूलक असामान्य पर्यावरणको सामना गर्ने तरिका अपनाई क्रान्तिलाई अगाडि बढाउनु अनिवार्य छ । कृषि मौसम पूर्वानुमानलाई वैज्ञानिक एवम् सही बनाउनु आवश्यक छ ।”

“कृषि मजदुरहरूको दिमागमा रहेको पुरानो विचार हटाउने, जुछे विचारबाट दीक्षितहरूलाई कम्युनिस्टमा रूपान्तरण गर्ने र हाम्रो क्रान्तिकारी शक्तिलाई राजनीतिक तथा वैचारिकरूपमा बलियो बनाउने र समाजवादी निर्माणलाई सशक्तरूपमा अगाडि बनाउने काम नै वैचारिक क्रान्तिको मुख्य उद्देश्य हो ।”
“कृषि मजदुरहरूले उच्च स्तरको चेतनासहित विश्वासपूर्वक काम गर्नु महत्वपूर्ण छ ।”
“क्रान्तिको विभिन्न समयमा वीर तथा देशभक्त किसानहरूले प्रदर्शन गरेको लडाकु भावनाजस्तै मजदुरहरूले पार्टीको क्रान्तिकारी विचार तथा नीति बोक्नु आवश्यक छ । साथै, कृषि मजदुरलाई सामूहिक विचारसहितको जीवनपद्धतिको विकास गर्न सहयोग गर्दै पार्टी, सरकार र सामाजिक प्रणालीप्रति दृढ हुन शिक्षित गर्नु आवश्यक छ ।”

“कृषि उत्पादनको वृद्धिमा पार्टीले हाल दिएको प्राथमिकतामा मुख्य कुरा देशको अन्न उत्पादन संरचनामा परिवर्तन गर्ने हो, त्यसमा पनि धान र गहुँको खेतीमा जोडका साथ काम गर्नु आवश्यक छ ।”
महासचिव किम जङ उनले प्रतिवेदनमा बिनाकुनै बाधाअवरोध जनताको इच्छा तथा आकाङ्छा पूरा गर्ने पार्टीको दृढता पुनः एकपटक स्पष्ट पार्नुभयो । उहाँले चामल र गहुँलाई जनताको मुख्य खानाको रूपमा परिणत गर्न देशको कृषि संयन्त्र विकास गर्नुपर्ने प्रस्ट पार्नुभयो ।
“देशको चामल र गहुँको माग पूरा गर्न खेतीभूमिको क्षेत्रफल वृद्धि गर्न योजनावद्धरूपमा काम गर्नुपर्दछ । यसको निम्ति उच्चत्तम खेतीको विधि अपनाउनु पर्दछ, खेती काममा मेसिनको प्रयोगमा तीव्र वृद्धि गर्नु आवश्यक छ, अन्न सुकाउने क्षमता बढाई गहुँको प्रशोधन क्षमतामा व्यापक वृद्धि गर्नु आवश्यक छ ।”
“खेती गर्ने निकायले गहुँखेतीको अनुभवको विस्तार गर्ने विस्तृत कार्ययोजना तत्काल गर्नु आवश्यक छ । साथै, उच्च उत्पादक क्षमता भएको बिउ उपलब्ध गराउने र आवश्यक खेती सामग्रीको बन्दोबस्त कार्य प्रभावकारीरूपमा गर्नुपर्दछ ।”
प्रतिवेदनमा सिमी र आलुको खेती गर्नको निम्ति तातो बतास चलाउने संयन्त्र देशव्यापीरूपमा बन्दोबस्त गर्नमा जोड दिइएको छ ।
“कम उत्पादनशील जग्गामा सुधार गरी त्यसलाई उत्पादनशील बनाउने प्रयास जोडतोडका साथ भइरहेको छ । समथर होस् वा मध्य पहाड वा उच्च पहाडको जग्गा नै किन नहोस् त्यसबाट प्रतिहेक्टर उत्पादनमा वृद्धि गर्ने काम भइरहेको छ ।”
गाईवस्तु, फलफुल, तरकारी र औद्योगिक बालीको उत्पादन वृद्धि गरी जनताको जीवनमा सहजता ल्याउने महत्वपूर्ण कामको थालनी भएको प्रतिवेदनमा उल्लेख छ ।
“चौपाया राख्ने हालको बन्दोबस्तमा सुधार गर्नु आवश्यक छ । मासु, अन्डा र दूधको उत्पादनमा उल्लेखनीय मात्रामा वृद्धि गर्नको निम्ति उपयुक्त वातावरण भएका जिल्लालाई चौपाया उत्पादनको विशेष क्षेत्रको रूपमा विकास गर्नुपर्छ । बालबालिकासहित जनतालाई बा¥हैमास ताजा फलफुल तथा प्रशोधित फलफुल खाने व्यवस्थाको निम्ति धेरै फल्ने फलफुलको प्रजाति र उच्चकोटीको खेती प्रविधिको विकास गर्नु आवश्यक छ ।”
“तरकारी खेतीमा सिँचाइको राम्रो व्यवस्था गर्ने र देशको विभिन्न स्थानमा आधुनिक ठूलो खालको तरकारीको हरितगृह खेतीको विकास गर्नु आवश्यक छ । त्यस्तै, च्याउ उत्पादनमा पनि वृद्धि गर्नु आवश्यक छ । यसो भएमात्र मानिसलाई पर्याप्त तथा सन्तुलित आहारा प्राप्त हुन्छ । औद्योगिक बालीनालीको विकास भएमा मात्र तेल तथा गुलियो पदार्थका साना उद्योगका निम्ति कच्चापदार्थ प्राप्त हुन्छ ।”
प्रतिवेदनमा कृषि क्षेत्रको वैज्ञानिक तथा प्राविधिक पक्षको विस्तार तथा वृद्धि गर्नुपर्ने स्पष्ट पारिएको छ ।
कृषि विज्ञान तथा प्रविधि संस्थानहरू र विश्वविद्यालयहरूले विश्वको कृषि विकासको स्तरलाई भेट्टाउने गरी विज्ञान तथा सूचना प्रविधिलाई कृषि उत्पादन वृद्धिमा लगाउनमा महासचिव उनको प्रतिवेदनमा जोड दिइएको छ । प्रतिवेदनमा किसानको कडा मेहनतलाई सहज पार्ने गरी कृषि प्रविधिको विकास गर्नुपर्ने उल्लेख छ । सबै कृषि वैज्ञानिक अनुसन्धान अत्याधुनिक प्रविधिको आधारमा हुनुपर्छ र त्यसअनुसार ठूलो सङ्ख्याका सक्षम कृषि प्राविधिकहरूलाई तालिम दिनु आवश्यक छ । कृषिकार्य समूह तथा किसानलाई समयमै कृषिविज्ञान तथा प्रविधि र खेती तरिकाबारे बताउनु आवश्यक छ ।
समाजवादी समाजमा कृषिउत्पादनमा दीगो विकास हासिल गर्न निर्देशन तथा व्यवस्थापनमा सुधारको महत्व तथा आवश्यकताबारे प्रतिवेदनमा प्राथमिकतासाथ उठाइएको छ । देशको समग्र कृषि उत्पादनको अग्रगामी विकासको लागि एकीकृत, योजनाबद्ध, वैज्ञानिक तथा प्राविधिक निर्देशिका जरुरी छ । प्रतिवेदनमा जिल्लाका सहकारी कृषि व्यवस्थापन समितिलाई केन्द्रित गरी बताइएको कृषि निर्देशन प्रणालीको फाइदाबारे स्पष्ट पारिएको छ ।
प्रतिवेदनमा कृषि निर्देशन अधिकृतहरू र कृषि फार्मको प्राथमिक तहका अधिकारीहरूको तह तथा क्षमता अभिवृद्धि गर्ने आवश्यकतामा जोड दिइएको छ ।
महासचिव उनले आफ्नो ऐतिहासिक प्रतिवेदनमा क्रान्तिकारी नीतिहरू लागू गर्ने र कृषिमा राज्यको लगानी वृद्धि गर्ने तरिका र ग्रामीण अर्थतन्त्रको प्राविधिक जग हाल्नेबारे स्पष्ट पार्नुभयो ।
कृषि क्षेत्रमा योजनाबद्धरूपमै लगानी बढाउनुपर्ने आवश्यकताबारे जोड दिँदै महासचिव उनले मन्त्रिमण्डल र राज्यका अन्य आर्थिक संस्थाहरू र सम्बन्धित एकाइहरूलाई कृषि क्षेत्रमा लगानीको मात्रा बढाउन निर्देशन दिनुभयो । उहाँले योजना बनाइएअनुसार सामग्री, संयन्त्र र रकम उपलब्ध गराउन कडा संयन्त्र तथा बन्दोबस्त निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिवेदनमा ग्रामीण अर्थतन्त्रमा कृषि, यान्त्रीकीकरण, रासायनिकीकरण तथा बिजुलीकरणमा राज्यको लगानीबारे सही विश्लेषण गरिएको छ र सबै प्रणाली व्यवस्थित गर्ने आधारभूत तरिकाबारे बताइएको छ ।
अनावृत्ति तथा बाढीको प्रकोप भए पनि देशको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्नु, ग्रामीण क्षेत्रमा पर्याप्त नाइट्रोजन, फोस्फेट र पोटासलगायत विभिन्न मल पु¥याउन, बालीको निम्ति आवश्यक रसायनहरू पु¥याउनु अत्यन्तै आवश्यक छ । त्यस्तै विभिन्न ऊर्जाबाट चल्ने यन्त्र तथा विद्युतीय यन्त्रहरूको प्रयोग गरी काम गर्ने परिवेश र खेतीक्षेत्रको सांस्कृतिक जीवनमा सुधार ल्याउनु आवश्यक भएको प्रतिवेदनमा उल्लेख छ । उब्जाउ भूमिको बढोत्तरी तथा समुद्र किनारको भूमिलाई पुनःस्थापित गरी राष्ट्रियरूपमै खेतीभूमि विस्तार गर्नु आवश्यक छ ।
महासचिव किम जङ उनले देशैभर आफैले बनाएको आधुनिक खेती यन्त्रको सहयोगमा खेती मजदुरले आनन्द मानेर काम गर्ने भन्दै समाजवादी कृषि प्रणालीको निर्माण गर्नु पार्टीको योजना र दृढता हो भन्नुभयो । उहाँले हालको कृषियन्त्र उत्पादन कारखानाको स्थितिको गम्भीर विश्लेषण तथा अध्ययन गरी यस्तो योजना प्रस्ताव गर्नुभएको हो ।
क्रमशः
अनुवाद ः सङ्कल्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *