भर्खरै :

नेमकिपा नेपालको राजनीतिक आन्दोलनको प्रकाश स्तम्भ

नेपाल मजदुर किसान पार्टी ४८ औँ वर्षमा पदार्पण हुँदै छ । यसले पार्टीले देश र जनताको सेवामा विगतका वर्षमा गरेका गतिविधि, आन्दोलन र सङ्घर्षको सिंहावलोकन गर्दै अझ अगाडि बढ्नेछ भन्ने हामीलाई विश्वास छ । नेपालमा थुप्रै राजनीतिक दलहरू क्रियाशील छन् । कुनै दल आफ्नो विचार र सिद्धान्तअनुसार देश र जनताको सेवामा अगाडि बढिरहेको छ । कुनै दलको सिद्धान्त र विचार एकातिर छ भने आचरण, व्यवहार, क्रियाकलाप अर्कोतिर छ । देशमा बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको मूल्य मान्यताअनुसार न नेपाली काङ्ग्रेस अगाडि बढ्न सकेको छ न एमाले र माओवादी केन्द्र नै कम्युनिस्ट सिद्धान्तअनुसार अगाडि बढ्न सकेका छन् । यिनीहरू धेरैपटक सरकारमा गइसकेका छन् । यिनीहरूले गरिब जनताको हितलाई केन्द्रबिन्दुमा राखेर जनताले अनुभव गर्न सकिने गरी केही गर्न सकेका छैनन्, विकास निर्माण पनि गर्नसकेका छैनन् । मधेसकेन्द्रित दलहरूले पनि तराईका बहुसङ्ख्यक गरिब जनताको हितमा काम गर्न सकेका छैनन् । जबकि तिनीहरूले दक्षिणको मालिकको आशीर्वादमा धेरैपटक मन्त्री पद पड्काएका छन् । यिनीहरूलाई दक्षिणको मालिकले आफ्नो स्वार्थविपरीत अगाडि बढ्न दिँदैन । जबसम्म यिनीहरू मालिकको पाउमा परिरहन्छन् तबसम्म नेपाल र नेपाली जनताको हितमा केही पनि गर्न सकिँदैन । यिनीहरू नेपाली जनताको आँखामा छारो हाल्न मात्र बाहिर आमूल परिवर्तनको कुरा गर्छन् ।
उनीहरूले आ–आफ्नो सिद्धान्त, विचार, विवेक, नैतिकता र इमानदारीतालाई थाती राखेर बढीभन्दा बढी भाग पाउने र सरकारमा जान मरिहत्ते गरिरहेका छन् । उनीहरूले नेपालको संविधानको भावना र उद्देश्यलाई कुल्चेर, संवैधानिक सर्वोच्चतालाई कुण्ठित गरेर सरकारमा भाग खाइरहेका छन् । उनीहरूले आफ्नो गुट, उपगुट र दलको स्वार्थ पूरा गरिरहेका छन् । घुस्याहा, भ्रष्टाचारी, देशी, विदेशी दलाल विदेशीद्वारा पालित पोषित, दिल्लीबाट सञ्चालित सीआईएबाट परिचालित भनी एकआपसमा उनीहरू आरोप प्रत्यारोप गरिरहेका छन् । उनीहरू देश र जनतालाई केन्द्रबिन्दु बनाएर होइन । व्यक्तिगत स्वार्थको घेराबाट बाहिर आउन सकेका छैनन् । उनीहरूमा नैतिकता र इमानदारिता बाँकी छैन, कुनै पारदर्शिता र जवाफदेहिता छैन ।
दलको सिद्धान्त र विचार छोडेकै कारण उनीहरू यो हालतमा पुगेका हुन् । उनीहरू समाजवादी आँखाको हेराइलाई जबरजस्ती विदेशीले उपहार दिएको कालो चस्मा लगाएर हेर्छन् । नेपाल मजदुर किसान पार्टी यी विकृति र विसङ्गतिबाट सचेत छ । यसले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर नेपालको निम्ति उज्यालो दिने प्रकाशस्तम्भको रूपमा काम गरेको जगजाहेर छ ।
नेपाल मजदुर किसान पार्टी आफ्नो मार्गनिर्देशक सिद्धान्तको रूपमा अँगाल्दै आएको माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई बन्धकमा राखेर कुनै पद प्राप्त गर्न भागबन्डामा लागेको छैन । यो पार्टी देशी विदेशी शक्तिको प्रभाव र दबाबमा परेको छैन । नेमकिपा कसैको धम्कीको अगाडि रतिभर नझुकीकन अगाडि बढिरहेको नेपाली जनताले देखिरहेकै छन् । यसले देशी, विदेशी शक्तिसँग हात थपेको देखिँदैन । विदेशीसँग हात थापेर होइन हामी सबै मिलेर बनाउनुपर्छ भन्ने देशभक्तिको भावना छ । निःस्वार्थी निडर हुन्छ भनेझैँ देशघाती र जनघाती कदम तथा विदेशीहरूको हस्तक्षेपकारी देशघाती क्रियाकलापको विरुद्ध सङ्घर्ष गर्दै आएको छ । चाहे नेपाल र नेपाली जनताको अहितमा भारतीय विस्तारवादले बलपूर्वक चालेको गलत कदमको बारेमा होस्, चाहे अमेरिकी साम्राज्यवादले नेपाललगायत विश्वका अन्य मित्र देशमाथि थिचोमिचो र हस्तक्षेप गर्दा होस्, यसले उपयुक्त समय र ठाउँमा सशक्त विरोधको आवाज बुलन्द गर्दै आएको इतिहास नेपाली जनतासामु घामजत्तिकै छर्लङ्ग छ ।
अमेरिकी साम्राज्यवादले हिन्द–प्रशान्त रणनीतिअन्तर्गत राष्ट्रघाती एमसीसी सम्झौतामार्फत नेपाललाई ५० करोड डलरको सिन्धुपाल्चोकको लप्सिफेदीदेखि बुटवल सुनौली हुँदै भारतको गोरखपुरसम्म विद्युत् प्रसारण लाइन र बाटो बनाइदिने लोभमा नेपालमा पस्ने निहुँ बनाएको थियो । हिजो बेलायती साम्राज्यवादले व्यापारको निहुँमा पसेर भारतलाई २ सय वर्षसम्म उपनिवेश बनाएको थियो । त्यस्तै उसले अड्डा जमाएर यहाँका दलालहरूलाई कठपुतली बनाएर नेपालको काँधमाथि बन्दुक अड्याएर चीनमाथि हान्न खोजिरहेको छ । यो एमसीसी सम्झौता नेपालघातीमात्र नभएर एसियाघाती छ । यसको सशक्त विरोध गरेर नेपाली जनतालाई सचेत पार्ने काम नेपाल मजदुर किसान पार्टीले गर्दै आएको छ । संसद्मा प्रेम सुवालले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा आवाज बुलन्द गर्दै आएका छन् । नेमकिपाले देशघाती एमसीसी सम्झौता खारेज गराउन २०७६ फागुन १३ गते काठमाडौँको रत्नपार्कदेखि जुलुस गरी महाराजगञ्ज पुगेर अमेरिकी दूतावासमार्फत तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विरोधपत्र बुझाएको थियो । २०७८ पुस १६ गते शुक्रबार नेता र सांसद्हरूलाई खबरदारी गर्न र राष्ट्रघाती एमसीसी सम्झौता खारेज गराउन सङ्घीय संसद् भवनको तीनतिर माइतीघर, पुरानो बानश्वर र कोटेश्वरबाट एउटै समयमा विरोध जुलुस र सभा नेमकिपाले गरेको थियो ।

भारतले सिक्किमलाई निल्दा होस् वा फिजीलाई खाँदा होस् वा भुटानलाई आफ्नो मुठीमा पार्दा होस् वा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत अन्य भागमा भूमि अतिक्रमण गर्दा होस् त्यसको विरोधमा नेमकिपाले सङ्घर्ष गर्दै आएको हो । काठमाडौँको रत्नपार्कदेखि लैनचौरस्थित भारतीय दूतावाससम्म विशाल पैदल जुलुस गरी विरोधको आवाज उठाउने दल नेपाल मजदुर किसान पार्टी नै हो । नाकाबन्दीको विरोधमा संसद्मा नाराबाजी गरेर मोदीलाई खबरदारी गर्ने पार्टी पनि नेमकिपा नै हो । आफ्नो स्वार्थअनुसार नेपालले संविधान बनाएन भनेर मोदी सरकारले नेपाल र नेपाली जनतालाई सद्भाव र सहयोग गर्नुको सट्टा अमानवीय नाकाबन्दी गरेको घाउ नेपाली जनताको मनमा आलै छ ।

समाजवादी देश भियतनाममाथि अमेरिकी साम्राज्यवादले आक्रमण गर्दा, सर्वप्रथम विरोध जुलुस गर्ने नेपालको पहिलो राजनीतिक पार्टी नेपाल मजदुर किसान पार्टी हो । नेता होचि मिन्हको नेतृत्वमा जनताको तागत र सहयोगमा भियतनामी जनताले अमेरिकी साम्राज्यवादलाई घुँडा टेकाएका थिए । क्युवा र प्रजग कोरियामाथि मानवअधिकार र प्रजातन्त्रको ठेक्का लिएका अमेरिकी साम्राज्यवादले अमानवीय र अन्यायपूर्वक गर्दै आएको नाकाबन्दीको नेमकिपाले विरोध गर्दै आएको छ । त्यस्तै इराक, लिविया, भेनेजुयला, बोलिभिया, निकारागुवा, पनामा, कङ्गो, सिरियालगायतका विश्वका जनतामाथि अमेरिकी साम्राज्यवादले विभिन्न नाम र बहानामा गरेको नरसंहार, आक्रमण, दमन र हस्तक्षेपको विरोधमा नेमकिपाले आवाज राख्दै आएको जगजाहेर छ ।
मित्र र छिमेकी भनिएको भारतीय विस्तारवादले नेपाललाई स्वाधीन र स्वतन्त्र राष्ट्र भएको हेर्न चाहिरहेको छैन । ऊ दक्षिण एसियालाई आफ्नो आँगन ठानिरहेको छ । उनीहरू नेपालको मित्र राष्ट्र चीनलगायत कुनै अन्य मित्र राष्ट्रहरूसँग सम्बन्ध नराखोस् भन्ने चाहन्छ ।
भारतले सिक्किमलाई निल्दा होस् वा फिजीलाई खाँदा होस् वा भुटानलाई आफ्नो मुठीमा पार्दा होस् वा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत अन्य भागमा भूमि अतिक्रमण गर्दा होस् त्यसको विरोधमा नेमकिपाले सङ्घर्ष गर्दै आएको हो । काठमाडौँको रत्नपार्कदेखि लैनचौरस्थित भारतीय दूतावाससम्म विशाल पैदल जुलुस गरी विरोधको आवाज उठाउने दल नेपाल मजदुर किसान पार्टी नै हो । नाकाबन्दीको विरोधमा संसद्मा नाराबाजी गरेर मोदीलाई खबरदारी गर्ने पार्टी पनि नेमकिपा नै हो । आफ्नो स्वार्थअनुसार नेपालले संविधान बनाएन भनेर मोदी सरकारले नेपाल र नेपाली जनतालाई सद्भाव र सहयोग गर्नुको सट्टा अमानवीय नाकाबन्दी गरेको घाउ नेपाली जनताको मनमा आलै छ ।
नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर जनजीविकाको सवालमा, पञ्चायती निरङ्कुशताको विरोधमा, नेपालको आन्तरिक मामलामा सधैँ हस्तक्षेप गर्ने भारतीय विस्तारवादको विरोधमा, राष्ट्रघाती सम्झौता र सन्धिको विरोधमा भक्तपुरदेखि काठमाडौँसम्म पटक–पटक विशाल पैदल जुलुस ¥याली गर्ने पार्टी नेपाल मजदुर किसान पार्टी नै हो ।
जुन निम्नअनुसार छन्–
पहिलो ः २०३६ चैत १२ गते–पञ्चायती निरङ्कुशताको विरोधमा
दोस्रो ः २०४७ कार्तिक २० गते–जनताको संविधान घोषणाको माग गर्दै
तेस्रो ः २०५३ भदौ २६ गते– राष्ट्रघाती महाकाली सन्धि संसद्बाट पारित हुनबाट रोक्न
२०५३ असोज ४ गते हालको देउवाकै सरकारको पालामा एमाले, राप्रपा र तराइकेन्द्रित दलहरू मिलेर नेपाली जनताको आँखामा छलेर राती संसदबाट पारित गरिएको थियो ।
चौथो ः २०५३ असोज ५ गते राष्ट्रघाती महाकाली सन्धिको विरोधमा ।
पाँचौँ ः २०५७ वैशाख १९ गते– कालो विधेयकको विरोधमा ।
नेपाली जनताले गर्दै आएको भेला, जुलुस र धर्ना निषेध गर्न ल्याएको कालो विधेयकको विरोधमा सो विरोध ¥याली भएको थियो ।
छैटौँ ः २०६२ पुस २६ गते– प्रतिगमनको विरोधमा ।
सातौँ ः २०६३ वैशाख ९ गते– प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै ।
त्यसको दुई दिनपछि २०६३ वैशाख ११ गते प्रतिनिधि सभा पुनः स्थापना भएको थियो ।
आठौँ ः २०७० चैत २१ गते– नेमकिपाको छैटौँ महाधिवेशनको अवसरमा बाबुराम भट्टराईले भारतीय विस्तारवादको इसारामा पहिलो संविधानसभा भङ्ग गरेको विरोधमा भक्तपुर–काठमाडौँ विशाल पैदल जुलुस भएको थियो ।
माओवादी जनयुद्धले नेपालको हित गर्दैन भन्ने आलोचना गर्ने पहिलो पार्टी नेमकिपा नै हो ।
नेमकिपाले लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादी सङ्घसंस्थालाई पनि उपयोग गरेर देश र जनताको सेवा गर्न सकिन्छ भन्ने कुरा देखाइदिएको छ । २०४३÷४४ सालतिरै पञ्चायती व्यवस्थाले गर्न नसकेको काम भक्तपुर नपाले निमावि तहसम्म निःशुल्क पढ्ने व्यवस्था गरेको थियो । विसं २०५६ सालमा ख्वप उच्च मावि, विसं २०५८ सालमा ख्वप इन्जिनियरिङ्ग कलेज र विसं २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ्ग कलेज खोलेर भक्तपुर नगरपालिकाले भक्तपुरलगायत देशका जनताका छोराछोरीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिन सकिन्छ है भनेर नमुना देखाइरहेको छ ।
अब भक्तपुर नगरमा ख्वप विश्वविद्यालयमात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्व विद्यालय बन्दै छ । ज्ञान, विज्ञानको केन्द्र बन्दै छ । जर्मनी वास्तुकलाविद् नील गोत्सोले भक्तपुरलाई संसारकै जीवित सङ्ग्रहालय भनी प्रशंसा त्यसै गर्नुभएको होइन । यहाँ बर्सेनि लाखौँ स्वदेशी तथा विदेशी सम्पदाविद्, वास्तुकलाविद्, संस्कृतिविद्, विज्ञ, विद्यार्थी, कलाकार तथा पर्यटकहरू भ्रमण गर्न आइरहेका छन् ।
आफूलाई कम्युनिस्ट भनिने दलहरू धेरै पटक सरकारमा गए । तर, जीवन र स्वास्थ्यसँग सम्बन्धित सार्वजनिक अस्पतालहरू ठाउँ–ठाउँमा खोल्दै गरिब जनताको सेवा गर्नुपर्ने र निजी अस्पतालहरूलाई क्रमशः सार्वजनिकीकरण गर्नुपर्नेमा त्यसो नगरिकन लाखौँ करोडौँ कमिसन खाएर, आफै अंशियार बनेर पुँजीपतिहरू पोस्ने निजी अस्पतालहरू खोल्न दिइयो ।
भक्तपुर नगरपालिकाले ख्वप अस्पताल बनाई जनताको सेवा सुरु गरेको छ । आफैले अस्पताल खोलेर जनताको सेवा गर्ने नेपालकै पहिलो नगरपालिका हो भनपा ।
नेमकिपाले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधाराको प्रचारप्रसार गर्ने र शोषित पीडित जनतालाई सचेत पार्ने काम गर्दै आएको छ । यसले विभिन्न सभा, सम्मेलन, जुलुस, ¥याली, गोष्ठी, छलफल, अन्तरक्रिया, गीत, नाटक, नृत्य, पुस्तक प्रकाशन र प्रदर्शनीमार्फत जनतालाझ वर्गीय चेतना प्रचार गर्दै आएको छ । हालैमात्र नेमकिपाले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा नेपाली जनतालाई सचेत पार्न सत्र्न्दा बढी ठाउँमा जुलुस, सभा र ¥याली गरिसकेको छ ।
भक्तपुरका जनता राजनैतिक र शैक्षिकरूपमा त्यसै अगाडि बढेका होइनन् । किसानको मोहियानी हक प्राप्तिको सङ्घर्ष नेमकिपाले भक्तपुरबाट सुरु गरेको थियो । त्यसैले देशका अन्य भागका किसानले भन्दा यहाँका किसानहरूले सबभन्दा पहिलो मोहियानी हक पाएका थिए । कम्युनिस्ट भनिएका अन्य दलहरूले त्यसको लागि सङ्घर्ष गरेनन् । त्यसैले अरू क्षेत्रका किसानहरूले आफूहरूले पुस्तौँ पुस्तादेखि कमाइ आएको जग्गाबाट मोहियानी हक पाउन सकेनन् । देउवा सरकारले २०५७ साउन २ गते विगतमा तराईका जिल्लाहरूमा मोहियानी हक दिनुपर्ला भनी कमैया मुक्ति गरी कमैयाहरूलाई निष्काशन गरेका थिए । उनीहरू मागेर जीवन गुजारा गर्न, पुनः जमिनदारको नोकरचाकर, हरूवा, चरुवा बन्न बाध्य भएका छन् । यसरी नेमकिपा आज नेपालको राजनीतिक आन्दोलनको प्रकाशस्तम्भ बनेर अगाडि बढिरहेको छ भन्दा फरक नपर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *