भर्खरै :

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ६ माघ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बिहीबारबाट तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँको आकाशमा बिहीबार बिहानैदेखि बाक्लो तुवालो लागेकाले केही चिसो महसुस गरियो । बिहान छिटफुट वर्षासमेत भएको थियो ।
महाशाखाले पनि वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रह्यो । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु÷कुहिरो लाग्यो । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रह्यो । पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा भयो ।
शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा बिहीबार काठमाडौँको अधिकतम तापक्रम पाँच दशमलव दुई र अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *