(सन् २०२१ डिसेम्बर २७ देखि ३१ सम्म भएको कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको चौथो विस्तारित बैठकमा कोरियाली मजदुर पार्टीका महासचिव किम जङ उनले प्रस्तुत गर्नुभएको पार्टीको प्रतिवेदनको नेपाली अनुवाद ‘मजदुर’ दैनिकमा माघ ४ गतेदेखि क्रमशः प्रकाशित गरिएको हो – सम्पादक)
कोरियाली मजदुर पार्टीका महासचिव किम जङ उनले कोमपाको केन्द्रीय समितिको विस्तारित बैठकमा प्रस्तुत गर्नुभएको प्रतिवेदनमा मुख्य कृषियन्त्र कारखाना र कृषियन्त्र अध्ययन क्षेत्रमा लगानी केन्द्रित गर्ने उल्लेख गर्नुभयो । उहाँले कुमसोङ ट्रयाक्टर कारखानालाई उच्च क्षमताको कृषियन्त्र उत्पादनका साथै उच्च कार्यक्षमताका ट्रयाक्टरको उत्पादन गर्ने कारखानामा विकास गरिने बताउनुभयो । “यसबाट देशको कृषियन्त्र उद्योगहरू पूर्णतः समयसापेक्ष बन्नेछन्”, उहाँको प्रतिवेदनमा उल्लेख छ ।
महासचिव उनले देशको सबभन्दा ठूलो कृषि प्रान्तको रूपमा रहेको दक्षिण ह्वाङ्ग्हे प्रान्तलाई कृषि उत्पादनमा नेतृत्वदायी भूमिकामा कायम राख्न पञ्चवर्षीय योजनामा पार्टी र सरकारले विशेष प्रयास तथा महत्व दिनु आवश्यक भएको स्पष्ट पार्नुभयो ।
रोपाइँ, गोडमेल तथा धान काट्नेजस्ता मुख्य खेती समयमा श्रमिकको परिचालन तथा साधनहरूको व्यवस्थापनमा तदारुकतासाथ काम गर्नु आवश्यक भएको कुरा महासचिव उनले बताउनुभयो । त्यस्तै हल्का औद्योगिक खेती तथा व्यापारिक खेतीको निम्ति आवश्यक अनेक खालका दैनिक आवश्यकता पूर्ति गर्ने कृषि मजदुरको जीवनलाई सहज बनाउनु र तिनीहरूको उत्पादनको उत्साहमा थप जोश भर्नु आवश्यक भएको उहाँको भनाइ थियो ।
हाल कठिन स्थितिमा रहेका सहकारीको आर्थिक स्थितिको सम्पूर्ण विश्लेषण गर्दै उहाँले ग्रामीण समुदायलाई आफ्नै खुट्टामा उभिने बनाउन तिनीहरूलाई राज्यको ऋणको भारबाट पूर्णतः मुक्त बनाउने र तिनीहरूको आर्थिक जगलाई अझ बलियो बनाउने घोषणा गर्नुभयो ।
महासचिव उनले खेतीको स्वरूप तथा वातावरणमा आमूल परिवतर्नको निम्ति यो नै सबभन्दा महत्वपूर्ण काम भएको बताउनुभयो ।
“सम्जीयोन सहरजस्तै देशका सबै ग्रामीण क्षेत्रलाई निकट भविष्यमै धनी तथा सुसंस्कृत समाजवादी आदर्श गाउँ बनाउने हाम्रो पार्टीको ग्रामीण निर्माणको नीति हो”, उहाँले भन्नुभयो ।
“यो योजना तथा नीति जनताद्वारा स्वीकृत र जनताको सुखको निम्ति बनाइएको जनमुखी काम हो । यो हाम्रो युगको समाजवादी ग्रामीण सभ्यताको निम्ति गरिएको राजनीतिक कार्य हो । स्थानीय क्षेत्रमा परिवर्तन ल्याउन र सामाजिक प्रगति, समृद्धि र हाम्रो गणतन्त्रको समग्र विकासको ऐतिहासिक कामको निम्ति यस्तो योजना बनाइएको हो ।”

उच्च प्राविधिक कृषि फार्ममा कोरियाली मजदुर
देशका सम्पूर्ण ग्रामीण क्षेत्रको जीवनपद्धतिमा परिवर्तनको लागि आह्वान गर्दै महासचिव उनले साजीयोन सहर निर्माणमा प्राप्त उपयोगी अनुभवलाई सक्रियतासाथ अगाडि बढाउने तथा विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । यसै क्रममा उहाँले सभ्य समाजको निर्माणलाई अगाडि बढाउनुपर्ने, सबै सहर तथा काउन्टीको निम्ति आवश्यक निर्माण सामग्री सिमेन्ट प्राथमिकतासाथ उपलब्ध गर्ने, डेजाइन र निर्माण शक्तिलाई अझ राम्रो गराउने, ग्रामीण आवास निर्माण कार्य अगाडि बढाउने, कृषि फारम निर्माणको लागि आवश्यक सामग्री उपलब्ध गराउनेमा जोड दिनुभयो ।
“कृषि क्षेत्रको निर्माण कार्यमा पार्टीको आर्किटेक्चरको ढाँचाअनुसारको मौलिक, आधुनिक र सांस्कृतिकरुपमा परिमार्जित संरचना कायम गर्नु आवश्यक छ ।”
“कठिन परिस्थितिमा देशभरको खेतीपातीको तीव्र विकासको निम्ति ती आधारभूत उपाय अपनाइएका हुन् । पार्टी र सरकारको हालको मुख्य काम नै क्रान्तिकारी खेती प्रणालीको विकास गर्नु हो । यो पक्ष लाखौँ कृषि मजदुरको जीवनको निम्ति सा¥है आवश्यक एवम् अर्थपूर्ण छ ।”
महासचिव उनको ऐतिहासिक प्रतिवेदनले समाजवादी ग्रामीण निर्माणलाई महत्वपूर्ण कामको रूपमा स्थापित गरेको छ ।
पार्टीको ग्रामीण तथा स्थानीय निर्माण नीतिअनुसार ग्रामीण पार्टी सङ्गठन, प्रान्त, नगर र काउन्टीस्तरका पार्टी समितिहरूले ग्रामीण विकासको निम्ति योजना र डेजाइन कार्यलाई सही तरिकाबाट अगाडि बढाउनु आवश्यक छ । साथै, अधिकारीहरू, पार्टी सदस्य तथा अन्य श्रमिक जनतालाई योजना कार्यमा सहभागी गराउनु आवश्यक छ ।
मुख्यतः स्थानीय पार्टी समितिहरू पार्टीका मुख्य कार्यसमिति हुन् । स्थानीय पार्टी समितिहरूले उच्च मनोबल तथा सङ्घर्षको क्षमताका साथ आफ्नो स्तर तथा भूमिका बढाएर समाजवादी ग्रामीण निर्माण नीति लागू गर्न नेतृत्व प्रदान गर्नु आवश्यक छ ।
समाजवादी ग्रामीण निर्माणको नीतिमा नियमित समीक्षा गर्ने प्रणाली सम्पूर्ण पार्टी संरचनामा स्थापित गर्न प्रतिवेदनले आह्वान गरेको छ । ग्रामीण निर्माणको काम बर्सेनि अगाडि बढाउन विभिन्न उपाय अपनाउने योजनाबारे प्रतिवेदनले स्पष्ट पारेको छ ।
महासचिव उनले पार्टीको रेखदेख तथा निर्देशन भएसम्म देशको कृषिको निरन्तर विकास हुने र ग्रामीण समुदायहरूको ठूलो परिवर्तन भई निश्चितरूपमा विजय प्राप्त हुने आशा व्यक्त गर्नुभयो । किनभने, यो नै ग्रामीण निर्माण गर्ने सबभन्दा सही कार्यक्रम हो, यो पार्टी सदस्य तथा अन्य श्रमिक जनताको चाहना तथा देशभक्तिपूर्ण इच्छा हो ।
महासचिव उनले तयार पार्नुभएको प्रतिवेदनमा महान् समाजवादी ग्रामीण प्रश्नको समाधानका उज्याला सम्भावना तथा मार्गचित्र स्पष्ट पारिएको छ । यो नै प्रजग कोरियाको समाजवादी ग्रामीण विकासको नयाँ युगमा उदय भएको लडाकु कार्यक्रम हो । साथै, आफ्नै बल, बुद्धि तथा प्रयासबाट बनेको गौरवशाली समाजवादी स्वर्ग बनाउने कोरियाली मजदुर पार्टीको बलियो मन तथा सङ्कल्प हो ।
महासचिव किम जङ उनको ऐतिहासिक प्रतिवेदन र त्यसमा समावेश भएको महत्वपूर्ण विचार तथा भावनाको आधारमा बनेको नयाँ कार्यक्रमलाई नयाँ वर्षमा साकार बनाउन पार्टीको विस्तारित बैठकमा तीन दिनसम्म अध्ययन तथा छलफल गरी कार्ययोजना बनाइएको थियो ।
निर्णय खेस्रा समूहले तयार पारेको सुझावमाथि बैठकले अन्तिम निर्णय ग¥यो र ‘आठौँ पार्टी महाधिवेशनले पारित गरेको पञ्चवर्र्षीय योजनाअन्र्तगतको सन् २०२२ को योजना सफलतापूर्वक लागु गर्नेबारे’ र ‘हाम्रो आफ्नो शैलीको समाजवादी ग्रामीण निर्माणको निम्ति लागु गरिने सङ्घर्षको कार्यक्रम’ शीर्षकको प्रस्ताव एकमतले पारित ग¥यो ।
बैठकको चौथो विषय (एजेन्डा) मा पार्टीको केन्द्रीय निर्देशक अङ्गका सदस्यहरूले गरेको पूर्वअध्ययनबाट निकालेको निचोडअनुसार पेश भएको प्रस्तावमा कोमपाको उक्त विस्तारित बैठकले छलफल गरी पार्टीको निर्माण तथा गतिविधिलाई नियमित गर्न पार्टीका केही नियमहरूको संशोधन ग¥यो ।
कोमपाको विस्तारित बैठकमा पाँचौँ विषय (एजेन्डा) बारे छलफल गरियो ।
सन् २०२१ को पछिल्ला ६ महिनामा पार्टी केन्द्रीय निर्देशक अङ्गका सदस्यहरूको साङ्गठनिक तथा वैचारिक जीवनसँग जोडिएको तथ्याङ्कबारे कोमपाको उक्त विस्तारित बैठकमा छलफल तथा समीक्षा गरिएको थियो ।
बैठकमा छैटौँ विषयमा राखिएको पार्टीको साङ्गठनिक विषयमा छलफल गरिएको थियो । छलफलमा राजनीतिक ब्युरो तथा वैकल्पिक सदस्यहरूले भाग लिएका थिए ।
पाँच दिनसम्म क्रान्तिकारी उत्साहसाथ चलेको कोमपाको आठौँ केन्द्रीय समितिको चौथो विस्तारित बैठक राष्ट्रपति किम इल सङ र अध्यक्ष किम जङ इलका क्रान्तिकारी विचारप्रति विशेष सम्मान प्रकट गर्दै सम्पन्न भयो ।
“महान् पार्टी र अग्रगामी रणनीतिअनुसारको क्रान्तिको विकासमा सन् २०२२ लाई कोसेढुङ्गा बनाउन सम्पूर्ण जनतालाई एकढिक्का बनाउने घोषणा गर्दै सम्पन्न कोमपाको विस्तारित बैठकको सफलताबारे जुछे क्रान्तिको इतिहासमा ऐतिहासिक महत्वका साथ उल्लेख हुनेछ । यसले हाम्रो आफ्नो शैलीको समाजवादको निर्माणको समग्र विकासलाई सक्रियतासाथ अगाडि बढाउनेछ ।”
–समाप्त
अनुवाद : सङ्कल्प
Leave a Reply