जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २
- बैशाख ४, २०८३
संयोगले पदमा पुग्नु र पद सुहाउँदो आचरण र व्यवहार हुनु नितान्त फरक कुरा हो । सन्दर्भ वर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको हो । मन्त्री यादवले रौतहट पुगेर हिंसा भड्काउने अभिव्यक्ति दिएकी छिन् । जनता समाजवादी पार्टीकी नेतासमेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरूसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् । जसपाको एक कार्यक्रममा सहभागी हुन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन् ।
२०६३ साल चैत ७ गते रौतहट जिल्लाको सदरमुकाम गौर बजारको मध्य भागमा रहेको राइसमिल चौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो । जसपा नेता एवं मन्त्री यादवले सम्बोधनको क्रममा पटकपटक राइस मिल घटना नबिर्सन चेतावनी दिइन् । उनले भनिन्, “राइ समिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर । लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।” तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईंको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलून् । नत्र, तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’
मन्त्री यादवको भनाइको अर्थ ०६३ सालको घटना आफूहरूले गराएको सार्वजनिकरूपमा स्वीकार्नु हो । त्यस हत्याकाण्डको घटना गराउन को–को षड्यन्त्रमा सामेल भएका थिए । सो पत्ता लगाउन मन्त्री यादवलाई तत्काल हिरासतमा लिएर अनुसन्धान गर्न आवश्यक छ । त्यस्तै सार्वजनिक मञ्चबाट हत्याको धम्की दिनु फौजदारी अपराध संहिताअनुसार अपराधभित्र नै पर्छ । यसरी आफै कानुन पालना गराउने मुख्य जिम्मेवार कार्यपालिकाको सदस्य भएर कानुन तोडेर धम्की दिँदै हिँड्ने मन्त्री यादवमाथि मुद्दा किन नचलाउने ? कानुनी कारबाही किन नगर्ने ? –
Leave a Reply