राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
जो बाइडेन संरा अमेरिकी राष्ट्रपति बनेको केही दिनमा एक वर्ष हुँदै छ । उनको कार्यकालको दोस्रो वर्ष पहिलो वर्षभन्दा राम्रो हुने विश्वास गर्ने केही ठाउँ छैन ।
बाइडेनले पदको सपथ लिएको दिन वाशिङ्टनको मौसम निकै चिसो थियो । तर, डोनाल्ड ट्रम्पको चारवर्षे सरकारबाट आजित बनेका दसौँ लाख अमेरिकी र बाइडेनका समर्थकहरूले त्यो दिन देशभर न्यानो अनुभव गरेका थिए । अमेरिकी सिनेटमा दशकौँ काम गरेको र बाराक ओबामाको सरकारमा आठ वर्ष उपराष्ट्रपति बनेका अनुभवी बाइडेन त्यत्तिबेलाको अराजक राजनीतिक अवस्थामा केही सुधार हुने आशाको रूपमा देखिए । ओबामाको जस्तै बाइडेनको आकर्षक व्यक्तित्व नभएको पक्कै हो । तर, उनी ट्रम्पजस्तै घृणा गर्नपर्ने मान्छे पनि थिएनन् । उनले चुस्त काम गर्नेछन् र त्यत्तिबेला देशलाई त्यस्तै मान्छेको खाँचो थियो ।
तर, जनवरीको त्यो दिन यता अमेरिकी जनताको ओठमा मुस्कान ल्याउने त्यस्तो खास काम भएको छैन । चुस्त काम गर्नुपर्ने बलियो हात पनि धेरै पटक कामेको देखियो ।
राष्ट्रपतिको रूपमा बाइडेनको पहिलो वर्ष चार वटा विषय हाबी रहे । राष्ट्रपति कार्यालयले यो एक वर्षमा गरेका कमी कमजोरी सच्याउन अर्को वर्षको लागि योजना बनाएको विश्वास गर्ने कुनै आधार पनि छैन ।
पहिलो, बाइडेन सरकार कोरोना भाइरसलाई नियन्त्रणमा लिन असफल भए । बितेका १२ महिनामा संरा अमेरिकामा कोरोना भाइरसको कारण मर्नेको सङ्ख्या ट्रम्पको कार्यकालभन्दा बढी छ । महामारीको जटिलता र खतराबारे अमेरिकी जनतालाई बुझाउन ट्रम्पले केही पनि नगरेको कुरा हामीले सम्झन जरुरी छ । बाइडेनको ‘सही काम गर’ भन्ने आशयको सन्देश पनि अधिकांशले बेवास्ता गरे ।
झन्डै आधा अमेरिकीहरू कोरोना भाइरस भनेको सामान्य रुघाखोकी वा हल्लाबाजीभन्दा केही होइन भन्ने कुरामा विश्वास गर्छन् । बाँकी आधा अमेरिकी जनता पूर्ण मात्रा खोप लगाइसकेको हुनाले विगतको जस्तो सामान्य जीवनमा फर्किन उनीहरू आतुर छन् । यो वर्ष थप धेरै मानिस बिरामी र थप मानिस मर्ने सम्भावना प्रबल छ । ठीक–बेठीक जे भए पनि मानिस मर्नेको दोष सबै बाइडेनको टाउकोमा आउनेछ । महामारी रोक्ने सन्दर्भमा उनले कुनै प्रभावकारी सन्देह प्रवाह गर्न सकेनन् ।
दोस्रो, अन्तर्राष्ट्रिय डबलीमा बाइडेनले एकपछि अर्को असफलता सामना गर्नुप¥यो । प्रस्टतः बाइडेनका विदेश सचिव एन्टोनी ब्लिनकेनले आफ्ना चिनियाँ समकक्षीसँग चीन सरकार र तथाकथित ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ अनुसार काम गर्ने चाहनाप्रति आक्रामक भत्र्सनाबाट सुरु गरेका थिए । त्यसका साथै बाइडेन सरकारले चीनमाथि ट्रम्पले थोपरेको हास्यास्पद नाकाबन्दी अन्त्य गर्न तयार भएन । यो निर्णयले अमेरिकी व्यापारिक समुदाय र जनतालाई बेवास्तालाई निरन्तरता दियो ।
त्यसका साथै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने कुनै बाटो थिएन । इरानसँग आणविक कार्यक्रमबारे वार्ता पुनःसुचारु गर्ने सबै ढोकालाई अमेरिकी राष्ट्रपति कार्यालयले बन्द ग¥यो । अन्तर्राष्ट्रिय समुदायमा बाइडेन नेतृत्वको अमेरिका पनि ट्रम्पकै सरकारले चलाएको अमेरिकाजस्तै अविश्वसनीय रह्यो ।
तेस्रो, बाइडेनका उपराष्ट्रपति मुख्यतः राजनीतिकरूपमा अपरिपक्व नयाँ मान्छे नै देखिए । उनले अमेरिकी राजनीतिबारे छेउटुप्पो बुझेको देखिएन । उपराष्ट्रपति कमला ह्यारिस कुहिरोमा हराएको कागजस्तै रहिन् । बाइडेन–ह्यारिस सरकारको सुरुको वर्षको असफलतालाई यसले अझ खराब बनायो ।
एक दिनअघि ‘द वाशिङ्टन पोस्ट’ ले उपराष्ट्रपति ह्यारिसको टोली उनको सार्वजनिक छवि प्रवद्र्धन गर्न र उनको राजनीतिक गतिविधिलाई पुनःगति दिन टेवा पु¥याउने विभिन्न गतिविधिमा संलग्न भएको समाचार प्रकाशित ग¥यो । उनले कुनै पनि विषयमा न सल्लाह दिन सकिन् न नेतृत्व गर्न नै । अमेरिकी काङ्ग्रेससँगको शून्य गम्भीरतामा नै उनी रमाएर बसेकी छिन् । ह्यारिसलाई छोडेर बाइडेनले अर्को उपराष्ट्रपति छान्ने सम्भावना न्यून छ । तर, तीतो वास्तविकता के हो भने सरकारलाई प्रभावकारी बनाउन उनले शून्य भूमिका खेलेको देखिन्छ ।
बाइडेनले अमेरिकी जनमत आफ्नो पक्षमा पार्न सकेनन् । उनले ठुलो परिमाणमा जनमत आफ्नो पक्षमा कहिल्यै नउभिने सोचेका छन् । विभाजित मतदातामध्ये झन्डै ५० प्रतिशत मतदाताले उनले गरेको कुनै पनि कुरालाई स्वीकार्ने छैन । तथापि, उनका भनाइ र कामले उनमा अमेरिकी जनतालाई आफ्नो पक्षमा उभ्याउने बलियो ऊर्जा र इच्छाशक्तिको कमी देखाउँछ । उनले अमेरिकी जनतालाई आफ्ना नीति किन देशका लागि उपयोगी भएको देखाउन खोजेनन् । बाइडेन अल्छीलाग्दो नेताजस्तै छन् । उनी आधा मतदाताले उनको बहुमत नस्वीकार्ने कुरा मान्न तयार छैनन् ।
संरा अमेरिकाभित्र र बाहिरका यस्ता सङ्कटको योगले जो कोही पनि राजनीतिक विद्वान्लाई एउटा निष्कर्षमा पु¥याएको छः बाइडेनका डेमोक्रेटहरूले यो वर्षको नोभेम्बर महिनामा हुने मध्यावधि चुनावमा टाइफाई देख्नेछन् । उनीहरूले कम्तीमा सिनेट र प्रतिनिधिसभामा पनि आफ्नो नियन्त्रण गुमाउनेछन् ।
यदि घटनाक्रम यसरी अघि बढे सन् २०२३ र २०२४ मा बाइडेनले अमेरिकाभित्र संसदमा अर्थपूर्ण उपलब्धि हासिल गर्न थप मिहिनेत गर्नुपर्नेछ । जसले उनमा अमेरिकाको लागि आवश्यक सोचको अभाव र काम गर्नको लागि जाँगरको कमी भएको देखाउनेछ ।
यतिबेला ट्रम्प किनारामा बसेका छन् । उनी कुनै पनि बेला मुक्काबाजी गर्न हात उजाउन तयारी अवस्थामा छन् । सन् २०२४ मा बाइडेन र ट्रम्पबीच दोस्रो प्रतिस्पर्धा हुनसक्छ । त्यस्तो काल्पनिक प्रतिस्पर्धामा ट्रम्प नै अघि हुनसक्छन् । बाइडेनप्रति यतिबेला अमेरिकी जनताको धारणा यति खराब छ, अमेरिकी मतदाताहरू ह्वाइट हाउसमा इतिहासकै सबभन्दा खराब मानिएको व्यक्तिलाई नै फेरि त्यहाँ पु¥याउने विषयमा पुनःविचार गर्न थालेका छन् ।
यस्तो मनस्थितिले बाइडेनको छविबारे के थाहा हुन्छ ?
लेखक रोबर्ट मोरिस विश्वविद्यालयमा सञ्चार र साङ्गठनिक नेतृत्व विभागका उपप्राध्यापक हुनुहुन्छ ।
सीजीटीएनबाट नेपालीमा अनुदित सामग्री
Leave a Reply