शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
पेइचिङ, २४ जनवरी । कोभिड–१९ महामारीबीच चीनको राजधानी पेइचिङमा हुन लागेको शीतकालीन ओलम्पिकको लागि चीन पुगेका विभिन्न देशका खेलाडीलाई आइतबारबाट पेइचिङको ओलम्पिक गाउँमा स्वागत थालिएको छ । एघार दिन चल्ने विश्व खेलकुद मेलामा बीसभन्दा बढी देशका प्रतिनिधिमण्डलका सदस्यलाई स्वागत गरिएको त्यहाँ परिचालित स्वयम्सेवकहरूले जनाएका छन् ।
राजधानी पेइचिङकै केही स्थानमा कोरोनाको सङ्क्रमण भेटिए पनि ओलम्पिकका लागि खेलाडी, अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) र अन्तर्राष्ट्रिय समुदाय भने चीनले शीतकालीन ओलम्पिकलाई कोभिड सङ्क्रमणमुक्त गर्नेमा पूर्ण विश्वस्त छन् । आयोजक समितिले कोही पनि खेलाडी वा प्रतिनिधिमण्डल सदस्यमा कोभिड पोजिटिभ नदेखिएको बताएका छन् ।
आइतबार पेइचिङका तीन वटा ओलम्पिक गाउँहरू, यानछिङ जिल्ला र उत्तरी चीनको हपेई प्रान्तको झाङजिआकोमा खेलाडी र खेल अधिकारीहरूलाई स्वागत गरिएको थियो । आइतबार चीन, संरा अमेरिका, बेलायत र अस्ट्रेलियाका टोलीलाई स्वागत गरिएको आयोजकले बताएको छ ।
सबभन्दा पहिला अअस्ट्रेलियाका सात जना खेलाडी र आठ जना बेलायती सदस्यहरू झाङजिआकोमा प्रवेश गरेका थिए । आइतबार त्यहाँ जम्मा ३६ जना खेलाडी र खेल अधिकारीहरूले प्रवेश गर्ने बताइएको छ ।
पेइचिङको ओलम्पिक गाउँका व्यवस्थापक छु सोङमिङले आइतबार पेइचिङको ओलम्पिक गाउँमा पनि केही खेलाडी प्रवेश गरिसकेको बताए ।
पोल्यान्ड र चेक गणतन्त्रका केही खेलाडीहरूले खेल क्षेत्रको अनुभव गरिसकेका छन् । उनीहरू ओलम्पिक क्षेत्रमा किनमेल, मनोरञ्जनका गतिविधिमा सहभागी बनेका छन् । विदेशी खेलाडीहरूले त्यहाँको व्यवस्थापनप्रति सन्तोष व्यक्त गरेका छन् ।
झाङजियाको गाउँमा खेलाडी र खेल अधिकारीहरू बसेको क्षेत्रबाट स्वयम् सेवकहरू एक किलोमिटर पर बसेका थिए ।
त्यस्तै चीनका केही खेलाडीहरू पनि खेल क्षेत्रमा प्रवेश गरेका छन् ।
आयोजक समितिले दिएको जानकारीअनुसार आइतबारदेखि बुधबारसम्म ओलम्पिक क्षेत्र (गाउँ) मा पूर्व सञ्चालन चरण हुनेछ । यो अवधिमा प्रवेश गरेका खेलाडी र अधिकारीहरूले आवश्यक पूर्वतयारी गरे पछि प्रतिस्पर्धाको लागि बनाइएका तीन क्षेत्रमा प्रवेश गर्नेछन् । त्यहाँ पूरा गर्नुपर्ने प्रक्रिया सकेसम्म चुस्त र सहज बनाइएको आयोजकले बताएको छ ।
Leave a Reply