राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
- बैशाख ८, २०८३
कोभिड महामारीमा अग्रपङ्क्तिमा रही खटिने नेपाली नर्सहरूको दिवस प¥यो शनिबार अर्थात् ६० औँ नेपाल नर्सिङ दिवस । यसपालिको दिवस सामाजिक सञ्जालमा शुभकामना आदानप्रदान गरेरै मनाइयो । विगतमा आयोजित विभिन्न कार्यक्रमका तस्बिर हेरेरै चित्त बुझाए नर्सहरूले । नेपाल नर्सिङ दिवसको अवसरमा सञ्चारमाध्यममा केही लेखरचना भने प्रकाशित भए । नर्सका दुःख र पीडाका विषयमा थोरै चर्चा भयो । नर्सिङ पेसालाई अझै व्यापक बनाउने बारे गम्भीर विचारको कमी महसुस भयो ।
विश्व नर्सिङ दिवसको सन्दर्भ र नेपाल नर्सिङ दिवसको सन्दर्भ भने फरक छ । विश्व नर्सिङ दिवस फ्लोरेन्स नाइन्टिङ्गेलको जन्म दिवसको अवसरमा मनाइँछ भने नेपाल नर्सिङ सङ्घको स्थापना भएको दिन १५ माघ २०१८ को सन्दर्भमा नेपाल नर्सिङ दिवस मनाइँदै आएको हो । नर्सहरूको पेसागत सुरक्षा र हकहितका लागि भन्दै नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो ।
नेपाल नर्सिङ काउन्सिलका अनुसार २० भदौसम्म ६७ हजार २२ जना नर्सहरू दर्ता भएका छन् । त्यस्तै २३ जना मिडवाइफ, ३५ हजार ३ सय ६४ अनमी छन् । तथ्याङ्कअनुसार २५ हजारभन्दा बढी नर्सहरू विदेसिएका छन् । सङ्ख्याको हिसाबमा विगतमा भन्दा नर्स बढे तर नेपालको जनसङ्ख्याको अनुपातमा अझ पनि नर्सको कमी नै छ । साठी वर्षको इतिहास भएर पनि नेपालको नर्सिङ सेवा व्यवस्थित र व्यापक हुन सकेको छैन । राज्यले जनस्वास्थ्यको सम्पूर्ण जिम्मेवारी लिए र पर्याप्त अस्पतालको निर्माण गरेको खण्डमा अझ धेरै नर्सको आवश्यकता पर्दछ । यतापट्टि राज्यले ठोस योजना बनाएको पाइन्न । नेपाली नर्सहरू स्वदेशमा काम नपाएर विदेशिनु परेको तथ्याङ्कले नै देखाउँछ । विदेशिनु नेपाली नर्सको रहरको विषय होइन । नेपालमा कुनै निजी अस्पतालमा काम पाइहाले पनि सा¥है न्यून पारिश्रमिकमा काम गर्न उनीहरू बाध्य छन् । निजी कलेजमा ४ देखि ८ लाख रूपियाँ खर्च गरी पढेका नर्सले महिनामा १० हजार रूपियाँ पनि पारिश्रमिक नपाएका समाचार बेलाबेला आइरहन्छ । यतापट्टि सरकारको कुनै चासो र चिन्ता छैन ।
तर, महामारी पीडित रोगीको उपचारमा नर्सहरू सामान्त्न्दा बढी समय खटिरहेका हुन्छन् । आराम र खानपिनसमेत नगरी घण्टौँसम्म उनीहरू खटिरहेका पाइन्छन् । अस्पतालका अधिकांश चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमित भएर पनि अहोरात्र बिरामीको उपचारमा खटिरहेको नेपाली जनले देखेकै हुन् । ती सबै स्वास्थ्यकर्मीको सक्रियता, समर्पण तथा मनोबलको निम्ति सामाजिक सञ्जालमार्फत धेरैले सम्मान गरेका छन् ।
अग्रपङ्क्तिमा खटिएर सङ्क्रमितको सेवा गरिरहेका स्वास्थ्यकर्मीले नेपाल सरकारबाट घोषित जोखिम भत्तासमेत पाएका छैनन् । स्वास्थ्यकर्मीमध्ये धेरैको बीमा पनि भएको छैन । कतिपय अस्पतालमा त नियमित तलबसमेत रोकिएको सुनिन्छ । यस्तो कुरा दोहोरिरहनु राम्रो होइन ।
Leave a Reply