वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
काठमाडौँ, २० माघ । युक्रेनमा रुसी आक्रमणको चिन्तामाझ अमेरिकी राष्ट्रपति जो बाइडनले यसै साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको छ ।
करिब दुई हजार सैनिकहरूलाई पोल्यान्ड र जर्मनी पठाइने र हाल जर्मनीमा रहेका एक हजार सैनिकहरू रोमानियामा खट्ने बताइएको छ । उक्त अमेरिकी निर्णयलाई रुसले ‘विनाशकारी’ कदम भनेको छ । गत महिना तयारी अवस्थामा राखेका साढे आठ हजार सैनिकहरूबाहेक अमेरिकाले यी थप सेनाहरू युरोप पठाउन लागेको पेन्टागनले जनाएको छ । पेन्टागनका प्रवक्ताले पत्रकारसँग भने, “हामीले पुटिनलाई र स्पष्टरूपमा विश्वलाई के सन्देश पठाउनु महत्वपूर्ण छ भने अमेरिकालाई नेटो र आफ्ना साझेदारहरूको चिन्ता छ र त्यसले अमेरिकालाई असर पार्छ ।”
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अमेरिकाले आफ्नो देशलाई युक्रेनमा युद्धमा तान्न खोजेको आरोप लगाएका छन् । युक्रेनमा सङ्कट बढिरहेको बेला लामो समयपछि सार्वजनिकरूपमा धारणा राख्दै पुटिनले अमेरिकी लक्ष्य रूसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा उक्त द्वन्द्वलाई प्रयोग गरेको बताएका थिए । पुटिनले अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारेको रुसी चिन्तालाई बेवास्ता गरिरहेको बताए पनि उनले वार्ताको सम्भावनालाई नकारेका छैनन् ।
मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनस्र्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागु गर्न असफल भएको आरोप लगाएको छ ।
रूसी राष्ट्रपति पुटिनले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोक्नेसहित कानुनीरूपमा बाध्यकारी हुने गरी सुरक्षा सुनिश्चितता गर्न रुसले गरेको माग र चिन्तालाई अमेरिकाले बेवास्ता गरेको बताए । उनले युक्रेनको नेटोमा सामेल हुने इच्छा स्वीकार गरिएमा त्यसले अन्य सदस्य राष्ट्रहरूलाई पनि रुससँग युद्धमा तान्न सक्ने चेतावनी दिए ।
सारा विश्वका शान्तिप्रेमी मानिसहरूले आज प्रश्न उठाइरहेका छन् –किन संरा अमेरिकाले रूस – युक्रेन सङ्कट बढाउँदै छ ? राजनीतिक विश्लेषकहरू संरा अमेरिकाले पूर्वी युरोपमा फैलाइरहेको युद्धोत्तेजना पछाडि अमेरिकी सरकारका केही स्वार्थ र बाध्यताहरू रहेको बताउँछन् । त्यसको पहिलो स्वार्थ रूससितको तनाव देखाएर देशमा कोरोना महामारी र रोजगार कटौतीले सिर्जना गरेको घरेलु सङ्कटबाट जनताको ध्यान मोड्नु र केही महिनापछि हुन लागेको मध्यावधि निर्वाचनमा डेमोक्राय्टिक पार्टीले बहुमत प्राप्त गर्ने अवस्था बनाउनु र अर्को स्वार्थ रूससितको तनाव र अप्रत्यक्ष युद्धलाई युरोपमा कमजोर हुँदै गएको आफ्नो प्रभावलाई पुनः बढाउने मौकाको रूपमा उपयोग गर्नु । त्यसबाहेक अस्त्र उद्योगमा आधारित अमेरिकी अर्थतन्त्रलाई चलायमान बनाइराख्नका लागि र अस्त्रशस्त्र खपतको लागि अमेरिकी सरकारसित युद्धको विकल्प नै छैन ।
आफ्नो स्वार्थ पूर्तिका लागि संरा अमेरिकाले युक्रेन – रूस तनाव चुलिँदै गएको छ । त्यसको लागि युक्रेन – रूस सिमानामा तीन वटा मुख्य कदम चालेको छ । पहिलो, त्यसले नेटो गठबन्धनको विश्वस्त गुप्तचर सूचनाको हवाला दिँदै रूसले युक्रेनमाथि हमला गर्न लागेको भनी बढाइचढाइ प्रचार गरिरहेको छ । त्यस प्रचारलाई विश्वसनीय बनाउन युक्रेनको राजधानी किभमा अवस्थित आफ्नो दूतावास बन्द गरेर कर्मचारीहरूलाई फिर्ता लगेको छ र अमेरिकी नागरिकहरूलाई युक्रेन र वरपरको देश छोड्न चेतावनी जारी गरेको छ ।
दोस्रो, त्यसले रूसविरुद्ध अघोषितरूपमा आर्थिक प्रतिबन्ध लागू गरेको छ । रूसमा कैयौँ ठूला बैङ्क र वित्तीय संस्थाहरू तथा रूसी राष्ट्रपति पुटिनविरुद्ध पश्चिमा आर्थिक प्रणालीसित सम्बन्ध तोडिने गरी आर्थिक प्रतिबन्धको तयारी गरेको छ ।
तेस्रो, युक्रेन वरपरका नेटो सदस्य देशहरूमा नेटो सेनाको तैनाथी उल्लेख्यरूपमा वृद्धि भएको छ । युक्रेनमा भने तत्काललाई सेना नपठाइकन कैयौं खेप अस्त्रशस्त्र युक्रेनी सेनालाई दिइरहेको छ र संरा अमेरिकाले प्रतिबद्धता जनाएको भन्दा धेरै गुना बढी आर्थिक सहायता दिइरहेको छ ।
मस्कोले भने सङ्कटलाई थप तनावपूर्ण बनाउने अमेरिकी सरकारको कदमको कडा शब्दमा निन्दा गरेको छ । रूसी सरकारका प्रवक्ता डिमित्री पेस्कोभले सञ्चारकर्मीहरूसित भने – अमेरिकी र पश्चिमा समाचार संस्थाहरूले युक्रेन र वरपरको स्थितिलाई लिएर ठूलो परिणाममा ठीक बेठीक नजाँचिएका, तथ्य बङ्ग्याइएका र नितान्त झूटा र युद्ध उत्तेजक समाचारहरू प्रसारण र प्रकाशन गरिरहेका छन् । अमेरिकी कदमलाई लिएर रूसी विदेश मन्त्री सर्गेइ लाभरोभले भने, रूस सरकार कुनै युद्ध चाहँदैन तर हामी हाम्रो देशको हितहरूलाई न्यूनाङ्कन गर्न वा बेवास्ता गराउन दिइराख्न सक्दैनौँ ।
अमेरिकी युद्धोत्तेजक प्रचारलाई लिएर युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले पनि पश्चिमाहरूसित सङ्कटलाई थप उत्तेजनापूर्ण र त्रासमय बनाई प्रचार नगर्न आग्रह गरेका थिए । रूसले युक्रेनमाथि हमला नगर्दै हमलाको हल्लाले युक्रेनको अर्थतन्त्रलाई ठूलो सङ्कट र जोखिममा पु¥याइसकेको उनले बताएका थिए ।
Leave a Reply