अवकाशपछि पनि शैक्षिक क्षेत्रमा सक्रिय रहन आग्रह
- असार ४, २०८३
काठमाडौँ, २० माघ । शासक दलहरू नेका, एमाले, माओवादी, जसपा, लोसपा र राप्रपा निजीकरणसँगै देशमा कायापलट हुने दाबी गर्छन् । अहिले समाचार प्रकाशित भयो, गठ्ठाघर थिमिस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र तीनकुने काठमाडौँस्थित कान्तिपुर अस्पतालले कोरोना भाइरससम्बन्धी पीसीआर परीक्षणको नक्कली नेगेटिभ कार्ड ८ देखि १८ हजार रुपियाँमा बिक्री गरे । पीसीआर परीक्षणको नेगेटिभ कार्ड बनाएकाहरू अन्तर्राष्ट्रिय उडानमार्फत कुन कुन देशमा पुगे, उनीहरूले कति जनालाई कोरोना भाइरस सारे, त्यसरी कोरोना भाइरस सरेका बिरामीहरू कतिको मृत्यु भयो, कुनै लेखाजोखा छैन । सरकारले यी दुई अस्पतालको अनुमति पत्र खारेज गर्नुपर्दैन र ? के चार जना कर्मचारीलाई पक्राउ गरेर सरकारको कर्तव्य पूरा हुन्छ ? अस्पताल सञ्चालकहरूको साठगाँठविना के ती साना तहका कर्मचारीहरूबाट मात्र पीसीआर परीक्षणको नक्कली कार्ड बिक्री गर्न सम्भव हुन्छ ?
केही दिनअगाडि समाचार प्रकाशित भयो, निजी अस्पतालमा पीसीआर परीक्षण गराइँदा दलालहरूले २० हजारसम्म कमिसन खाए । सरकारी अस्पतालमा रहेका पीसीआर मेसिन सञ्चालन गर्ने जनशक्ति नहुँदा आठ महिनादेखि ठप्प रहेको पनि समाचार छ । यसकारण, निजीकरणले देशको कायापलट हुने शासक दलहरूको दाबी झूटा हो । पीसीआर परीक्षणको नक्कली कार्ड बन्नुमा सरकारका प्रम, मन्त्री र शासक दलका नेताहरू नै दोषी छन् ।
Leave a Reply