आधारभूत चिनियाँ तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण
- असार ३, २०८३
काठमाडौँ, २० माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एमसीसी पारित गर्न खोज्ने सबै राजनीतिक शक्ति र नेताहरू देशद्रोही हुने बताउनुभएको छ ।
बिहीबार विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूसँग समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी गर्दै उहाँले जानाजान एमसीसी पारित गर्न खोज्नेहरू देशद्रोही र त्यसको वास्तविकताबारे नजानी पारित गर्ने पक्षमा उभिनेहरू मूर्ख हुने प्रस्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले एमसीसी सम्झौता पारित गर्न साम्राज्यवादी शक्तिसामु झुक्नु उनीहरूको दलाल बन्नु हो भन्दै देश र जनताको हितमा लागेका नेपालका राजनीतिक शक्तिहरू साम्राज्यवादी शक्तिसामू झुक्न नहुने बताउनुभयो ।
उहाँले एमसीसी सम्झौताको पक्षमा उभिने नेपाली नेताहरूलाई सरकारी सुरक्षा दिइन नहुने भन्दै एमसीसीको पक्षमा उभिने नेपाली नेताहरूलाई नेपाली जनताले नछोड्ने बताउनुभयो ।
“उनीहरूमात्र होइनन्, उनीहरूका सन्तान दरसन्तानले समेत त्यो कलङ्क बोक्न बाध्य हुनेछन्”, बिजुक्छेँले भन्नुभयो ।
संरा अमेरिकी साम्राज्यवाद पसेको संसारको कुनै पनि देश सद्दे नरहेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले भन्नुभयो, “इराक, अफगानिस्तानको आजको अवस्था हेरी हामीले विचार गर्नु आवश्यक छैन र ?”
उहाँले शासक दलका नेताहरूलाई साम्राज्यवादी शक्तिहरूले दबाब दिएर एमसीसी पारित गराउन खोजेको अवस्थामा नेताहरू जनतासमक्ष आफ्ना गल्ती
कमजोरीप्रति माफी माग्दै साम्राज्यवादी शक्तिसँग लड्न आह्वान गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय राजनीतिमा चर्चामा रहेको चुनावबारे बोल्दै उहाँले नेमकिपाले चुनावको विरोध नगर्ने बताउनुभयो ।
चुनाव गर्ने मितिबारे छलफल सुरु भएसँगै शासक दलका नेताहरू चुनावी खर्च उठाउने धन्दामा लागिसकेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
उहाँले चुनावमा को को बदमास ठेकेदार र उद्योगीको कुन कुन शासक दलका नेता र कार्यकर्तासँग सम्बन्ध र लेनदेन भएको खुलाउन आवश्यक भएको बताउनुभयो ।
Leave a Reply