भर्खरै :

पेइचिङ ओलम्पिकको राजनीतीकरण असफल नहुने कुरै छैन

विभाजन होइन, एकता – प्राचीन ग्रीस सहरमा ओलम्पिक खेलको सुरु भएयता त्यसको मूल लक्ष्य र भावना यही हो । पेइचिङ शीतकालीन ओलम्पिक मात्र त्यसको अपवाद हुन सक्दैन । बरु, ‘साझा भविष्यको निम्ति एकता’ को मूल अभिव्यक्तिले ओलम्पिकको खास भावनालाई बलियो बनाउनेछ ।
संरा अमेरिका, बेलायत र केही देशहरूले संसारमा चीनको प्रभावलाई नियन्त्रण गर्ने कुनियतले पेइचिङ ओलम्पिकलाई ‘दुषित’ बनाउने प्रयास गरिरहेका छन् । चीनले देशभित्र र बाहिर विकासमा प्राप्त गरेका सफलता उनीहरूको लागि असह्य भएको छ । परिणाम के आयो त ? उनीहरू आफ्नो लक्ष्यमा सफल हुन सकेनन् । पेइचिङमा आज ओलम्पिकको शुभारम्भ हुँदैछ ।
संसारका अधिकांश जनतालाई पेइचिङ संसारका जनताबीच शान्तिपूर्ण सहकार्य प्रबद्र्धन गर्न प्रतिबद्ध रहेको थाहा छ । यो नै चीनको लक्ष्य र आकाङ्क्षा हो । संसारमा चीनका गतिविधिको पथप्रदर्शक सिद्धान्त पनि यही हो । (थप व्याख्याको निम्ति चिनियाँ र अङ्ग्रेजी भाषामा प्रकाशित मेरो पुस्तक ‘द चाइनिज पाथवे’ हेर्न सक्नुहुन्छ ।)
ओलम्पिक जनताबीच ऐक्यबद्धता, एकता र सहकार्यको मूल्यलाई थप जोड दिने अवसर बनेको छ । संसारभरबाट आएका खेलाडीहरूका प्रयास, त्याग र आकाङ्क्षा यही मूल्यमा आधारित छ । पेइचिङ २०२२ इटालीको कोर्टिना डीअलपेज्जो (बेलुनो) मा हुने अर्को शीत्कालीन ओलम्पिकको निम्ति उपयुक्त उदाहरण बन्नेछ । शीत्कालीन खेलमार्फत जनताबीच सहकार्य र ऐक्यबद्धताको मूल्यमा आधारित नयाँ ढाँचाको सहकार्यमा इटाली र चीनलाई जोड्ने यो एउटा आधार बन्नेछ । इटाली र चीनबीच हालै आपसी सम्बन्ध विस्तारका धेरै गतिविधि भएका छन् । इटालीका लागि चीनका राजदूत ली चुनह्वाले सन् २०२२ को जनवरीमा रोममा आयोजित एउटा सम्मेलनको सुरुवातमा भिडियो सन्देशमा सम्बन्ध विस्तारका निम्ति भएका पछिल्ला गतिविधिको चर्चा गरेका थिए ।
शीतकालीन ओलम्पिक खेलको सन्दर्भमा चीनलाई बाहिष्कार र अपमान गर्ने संरा अमेरिका–बेलायत मोर्चाको प्रयास उनीहरूको अराजक र गैरजिम्मेवार व्यवहार हो । यो उनीहरूको साम्राज्यवादी मनसायको अभिव्यक्ति हो । तथापि, उनीहरू फेरि अर्को पटक विफल भएका छन् । महामारीको लागि चीनमाथि दोषारोपण गर्ने उनीहरू प्रयास पनि त्यसरी नै असफल भएको थियो । महामारी नियन्त्रणमा उनीहरू आफ्नै देशमा असफल हुँदै आएका छन् । उनीहरूका असफलताका अरू धेरै उदाहरण यहाँ प्रस्तुत गर्न सकिन्छ । हालसालै मात्र पनि उनीहरू सिन्च्याङबारे झूटा प्रचारबाजी गर्न योजनामा असफल भए । अफगानिस्तानमा ‘स्थायित्व’ कायम गर्ने उनीहरूको प्रयास पनि असफल भएको छ । युक्रेनदेखि कजाखस्तानसम्म र ताइवानमा आफ्ना अमानवीय भूराजनीतिक लक्ष्य सफला बनाउने उनीहरूका प्रयास पनि असफल भएको छ ।
पेइचिङ ओलम्पिकको राजनीतिकरण गर्नु विश्वव्यापी मानवीय मूल्यविरुद्ध हो । ओलम्पिक खेल उत्सव संसारका जनताको भलोको लागि शान्तिपूर्ण र सहकार्यात्मक वातावरण बनाउने विशिष्ट अवसर हो । दुई वर्ष महामारीको मारमा परेको संसारको लागि त्यस्तै सहकार्यमूलक उत्सवको आवश्यकता थियो । तर, एकातिर संसारमा आक्रामक र युद्धपिपासु देशहरू छन् । उनीहरू संसारले भोग्दै आएका समस्यालाई थप कहर थप्दैछन् । उदाहरणको लागि उनीहरूले सामाजिक, आर्थिक, स्वास्थ्य र वातावरणीय समस्यालाई साम्राज्यवादी तरिकाले लिन खोजिरहेका छन् । जसबाट उनीहरू जनताप्रति कुनै पर्वाह नगर्ने पुष्टि भएको छ । अर्कोतिर, संसारमा मानवताको साझा भविष्यको लागि समुदाय बनाउन मानिस मानिसबीच सहकार्यलाई प्रबद्र्धन गर्न काम गरिरहेका देशहरू छन् । यो प्रमाणित वास्तविकता हो । यो कसैले नकार्न नसकिने कुरा हो ।
संरा अमेरिका–बेलायतको प्रचारबाजीमा नफसीकन चीन आफू संसारसामु खुला सभ्य राज्यको जिम्मेवारी पूरा गरेर अन्तर्राष्ट्रिय दायित्व पूरा गरेको छ । सन् २००८ मा चीनले सफलतापूर्वक ग्रीष्मकालीन ओलम्पिकको आयोजना गरेको थियो । शीतकालीन ओलम्पिक खेलको सफलतापूर्वक आयोजना गर्नेछ । ओलम्पिकको इतिहासमा पहिलोपटक चीनले सम्पूर्णतः नवीकरणीय ऊर्जा प्रयोग गर्दैछ । प्रदूषण न्यूनीकरण गर्न दिगो विकासको यो विशिष्ट प्रविधिको प्रयोग साँच्चै प्रभावशाली छ । स्केटिङ खेल खेलाइने पेइचिङको क्यापिटल जिम्नासियममा कार्बन डायोअक्साइडको प्रयोग गरी हिउँ सिर्जना गर्नेछ । त्यस्तै चाङपाई क्षेत्रमा सौर्य र वायु ऊर्जाको प्रयोग गरिनेछ ।
ओलम्पिकको वास्तविक महत्वविरुद्ध काम गर्ने कुनै पनि प्रयास असफल नभई सुखै छैन । चीनले हरित, दिगो र समावेशी शीतकालीन खेल आयोजना गर्ने वाचा गरेको छ ।
(लेखक इटालीको फ्लोरेन्सस्थित अन्तर्राष्ट्रिय इन्स्टिच्युट लोरेन्जो डे मेडिसीमा आबद्ध हुनुहुन्छ ।)
द ग्लोबल टाइम्सबाट नेपालीमा अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *