ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको लागि सन् २०१९ मा स्वयम्सेवकका लागि विश्वव्यापी रूपमा आह्वान गर्दा चार दिनमै ४ लाख फ्० हजारभन्दा बढीले निवेदन दिएका थिए । यसले ओलम्पिक खेलकुद खुला संयोजनले गर्ने चीनको प्रयासको एउटा प्रमाणमात्र नभई खुला चीनको आकर्षक शक्तिको प्रतिबिम्ब पनि थियो । सन् २०१५ मा हिउँदे ओलम्पिकको संयोजन गर्ने अधिकार पाएपछि चीनले पेइचिङ ओलम्पिक खेलकुद र अन्य मुलुकका अनुभवबाट सिकेर खुलापनको विचारधाराअनुसार हिउँदे ओलम्पिक संयोजन कार्य थाल्यो । केही वर्षयता पइचिङ हिउँदे ओलम्पिक खेलकुदको संयोजन समितिले सम्बन्धित क्षेत्रको संयोजनका लागि ३७ विदेशी विशेषज्ञ र २०७ विदेशी पेशागत प्राविधिकलाई निमन्त्रणा ग¥यो । रङशालाको निर्माण,प्रतियोगिताको संयोजन,तालिम आदि क्षेत्रमा चीनले अन्तर्राष्ट्रिय खेलकुद सङ्गठनसँग सहयोग माग्दै चीन र विदेशबीचको खेलकुद आदानप्रदानलाई शक्तिशालीरूपमा प्रवद्र्धन गरेको देखिन्छ ।
विश्व र भविष्य आधुनिकीकरण उन्मुख बन्ने विचारधारामा आधारित रहेर पेइचिङ हिउँदे ओलम्पिक खेलकुदलाई अन्तर्राष्ट्रिय जगतको लागि खुला गर्ने प्रवद्र्धन शक्ति बनाइएको छ । शुक्रबार पेइचिङ हिउँदे ओलम्पिक खेलकुद औपचारिकरूपमा सुरु हुनेछ । यो खुला मञ्चमा मिलन हुने विश्वभर जनताले रमाइलो समारोहमा सहभागी बन्नुका साथै विश्वको खेलकुद तथा सभ्यताको आदानप्रदानलाई प्रवद्र्धन गर्ने चीनको प्रयास तथा अठोट देख्नेछन् । पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको नाराजस्तै चीन विश्व सँगसँगै भविष्यका लागि प्रयास गरिरहेको छ ।
‘सबैभन्दा हरित हिउँदे ओलम्पिक खेलकुद’ व्यवहारमा
पेइचिङ हिउँदे ओलम्पिक खेलकुदमा हिउँको सेतोबाहेक वातावरणको संरक्षणको प्रतिनिधित्व गर्ने रङ हरियो पनि उज्यालो विषय बनेको छ ।
पेइचिङ हिउँदे ओलम्पिक खेलकुदले कार्बन तटस्थतालाई व्यवहारमा उतार्न प्रयास गरिरहेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको संयोजनका क्रममा कम कार्बन र स्रोत किफायत क्षेत्रमा गरेको प्रयासहरूबारे उल्लेख गरेका छन् ।
हरित नै पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको मुख्य विचार हो भने यो दिगो विकासको मागअनुरुप छ । सन् २०१५ हिउँदे ओलम्पिक खेलकुदको संयोजन अधिकार पाएपछि चीनले हरित हिउँदे ओलम्पिक खेलकुदको संयोजनको वचनबद्धतालाई व्यवहारमा उतार्न थालेको हो । वातावरणका लागि सकारात्मक प्रभाव, क्षेत्रीय नयाँ विकास, अझ सुन्दर जीवन गरी तीन क्षेत्रमा ११९ वटा ठोस कदमहरू यस खेलकुदको स्रोत,रङशाला,यातायात निर्माण आदि धेरै क्षेत्रमा प्रयोग गरिएका छन् । सबैभन्दा महत्वपूर्ण विषय स्रोतको सम्बन्धमा पेइचिङ हिउँदे ओलम्पिक खेलकुदका २फ् रङशालाले पहिलो पटक पूर्णरूपमा नवीकरणीय ऊर्जाद्वारा उत्पादित बिजुलीको प्रयोग गरेका छन् । चाङ च्या खौमा पर्ने नवीकरणीय प्रदर्शन परियोजनाले स्थानीय सौर्य र हावालाई स्वच्छ ऊर्जास्रोतमा परिवर्तन गरी तीन हिउँदे ओलम्पिक खेलकुद क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ ।
बाहिरी संसारले चिन्ता व्यक्त गरेको कृत्रिम हिउँको समस्यामा पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको संयोजन समितिका पदाधिकारीको जवाफ छ । खेलकुदले वर्तमान विश्वमा सबैभन्दा उत्कृष्ट उच्च दक्षता पानी बचत उपकरण र स्मार्ट स्नोमेकिंग प्रणालीको प्रयोग गरिनेछ जसबाट क्षेत्रीय पानीको सुरक्षा तथा वातावरणमा नकारात्मक प्रभाव पार्ने छैन ।
अन्तर्राष्ट्रिय हिउँदे ओलम्पिक खेलकुदका अध्यक्ष टोमस बाखका अनुसार पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको संयोजन समितिले धेरै कामले कार्बन उत्सर्जन न्यूनीकरण गर्दै वातावरणको संरक्षण गर्दछ । यसले पेइचिङ हिउँदे ओलम्पिक खेलकुदले चीनको दिगो विकाससम्बन्धी वचनबद्धताका लागि योगदान सिर्जना गर्दछ ।
पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको सुरक्षा पूर्ण विश्वसनीय
‘पेइचिङ हिउँदे ओलम्पिक खेलकुद एक सुरक्षित खेलकुद हुनेछ’, पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको चिकित्सा टोलीका प्रथम विशेषज्ञ म्याकक्लोस्कीले भनेका छन् । उनको विचारमा पेइचिङ हिउँदे ओलम्पिक खेलकुदमा महामारी रोकथाम तथा प्रतिरोध प्रणाली सहजरूपमा चलिरहेको छ । उनले पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको महामारी रोकथाम काममा गम्भीरतापूर्वक तयारी गरेको छ । हाल नयाँ कोरोना भाइरस निरन्तर विश्वव्यापी फैलिँदै छ । महामारी यता तालिकाबमोजिम आयोजित पहिलो ग्लोबल मिजिलुली खेलकूद समारोहको रुपमा पेइचिङ हिउँदे ओलम्पिक खेलकुदले महमारीको रोकथामको कामलाई निकै जोड दिइएको छ । चीनले अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद, अन्तर्राष्ट्रिय पारा ओलम्पिक खेलकुद समिति र पेइचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिद्वारा सार्वजनिक ‘महामारी रोकथाम पुस्तिका’ बमोजिम विभिन्न रोकथाम कदम लागू गर्दै सक्दो प्रयासमा सम्बन्धित विभिन्न क्षेत्रको सुरुक्षाको प्रत्याभूति गरिरहेको छ । तापनि केही पश्चिमी मिडियाले चीनको प्रयासलाई कालो बनाउँदै हिउँदे ओलम्पिक खेलकुदमा नकारात्मक प्रभाव पार्ने कुचेष्टा गरेका छन् ।
सबै दुर्भावनापूर्ण निन्दाहरू विफल हुने पक्का छ । हाल ३० भन्दा बढी अन्तर्राष्ट्रिय उच्च राजनीतिज्ञहरूले पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिनुका साथै यससम्बन्धी कार्यक्रमहरूमा भाग लिन निश्चित गरेका छन् । यो चीनको महामारी प्रतिरोधी उपलब्धिको सकारात्मक पुष्टिमात्र होइन पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको सुरक्षित संयोजनप्रति पूर्ण विश्वास पनि प्रतिबिम्बित भएको छ ।
स्रोत : सीआरआई
Leave a Reply