भर्खरै :

अफ्रिकामा खोपको आपूर्ति बढ्यो, खोप लगाउने दर अझै अपुग

ब्राज्जाभिल्ले, ३ फेब्रुअरी । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिका महादेशको कुल जनसङ्ख्याको ११ प्रतिशतले मात्र पूर्ण खोप पाएको र सन् २०२२ को मध्यसम्ममा ७० प्रतिशत जनसङ्ख्यालाई पूर्ण खोप दिने लक्ष्य हासिल गर्न फ् गुणाले खोप लगाउनेको दर बढाउनुपर्ने बताएको छ ।
“संसारले अन्ततः हाम्रो आह्वान सुनेको छ । अफ्रिकालाई आवश्यक खोपको माग गरेको लामो समयपछि अहिले त्यहाँ खोप पुगेको छ । यो वर्षको लागि यो एउटा खुसीको खबर हो”, कङ्गोका राजधानी ब्राज्जाभिल्लेबाट विश्व स्वास्थ्य सङ्गठनको अफ्रिकी महादेश कार्यालयको मुख्यालयबाट आयोजित अनलाइन पत्रकार भेटघाटमा बोल्दै क्षेत्रीय निर्देशक मत्शिदिसो मोइटीले भने ।
अफ्रिकाले हालसम्म ५८ करोड ७० लाखभन्दा बढी खोप प्राप्त गरिसकेको छ । तीमध्ये ५८ प्रतिशत कोभ्याक्स, ३फ् प्रतिशत द्विपक्षीय सम्बन्ध र फ् प्रतिशत अफ्रिकी सङ्घको अफ्रिका खोप खरिद कोषबाट प्राप्त गरेको छ । यसले अफ्रिकामा खोपको अभावलाई सुल्झाएको छ । यसले अफ्रिकामा तीव्रगतिमा खोप लगाउने मानिसको दर बढाउनुपर्ने बुधबार विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
तथापि, अफ्रिकी देशहरू बाँकी संसारको तुलनामा पछि परेको छ । अफ्रिकाका ११ प्रतिशत जनताले मात्र पूर्ण मात्रा खोप प्राप्त गरेका छन् । अफ्रिकाका ८५ प्रतिशत मानिसले खोप पाएका छैनन् ।
मौरिटस र सेचिलिसले ७० प्रतिशत जनतालाई खोप लगाउने लक्ष्य हासिल गरिसकेका छन् । अरू सात अफ्रिकी देशहरूमा खोप लगाउनेको दर ४० प्रतिशत पुगेको छ । तथापि, समग्रमा महादेशको खोप दर न्यून छ ।
२१ वटा देशहरूमा पूर्ण मात्रा खोप लगाउनेको दर १० प्रतिशतभन्दा न्युन छ । १फ् वटा देशमा खोप लगाउनेको दर ५ प्रतिशत छ भने तीन वटा देशमा पूर्ण मात्रा खोप लगाउने मानिसको दर २ प्रतिशतभन्दा न्यून छ रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
“अहिले हरेक सातामा झन्डै फ् करोड मानिसले मात्र खोप लगाउने गरेका छन् । अफ्रिकामा यो नै हालसम्मको सबभन्दा बृहत् खोप अभियान हो । तर, यो अझै पनि पुग्दो छैन । खोप लगाउनेको सङ्ख्या गुणात्मक हिसाबले वृद्धि भइरहेको छ । हरेक साता ३ करोड फ्० लाखसम्म खोप लगाइन जरुरी छ । यसले मात्र महामारीलाई पराजित गर्न सम्भव हुनेछ”, विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशकले भने ।
ओमिक्रोन भेरियन्टको प्रसारणसँगै अफ्रिकामा चौथो लहरको महामारी फैलिरहेको छ । लगातार तीन सातादेखि सङ्क्रमण दर घटेको छ । बितेको साता साता दिनअघिको तुलनामा सङ्क्रमितको सङ्ख्या १५ प्रतिशतले घटेको छ । मृत्यु दर थोरै घटेर ५ प्रतिशतमा झरेको छ ।
अफ्रिकामा कोभिडको कारण मर्नेको सङ्ख्या कम भए पनि उत्तरी अफ्रिकामा साप्ताहिक मृत्यु दर २५ प्रतिशतले बढेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *