भर्खरै :

पुँजीवादी सञ्चारमाध्यम झूटको कारखाना

पुँजीवादी देशका मूलधारका सञ्चारमाध्यम भनिने टेलिभिजन, रेडियो च्यानल, अनलाइन पोर्टलहरू होस् वा दैनिक समाचार पत्रहरू किन नहोस् तिनीहरू हरबखत समाजवादी व्यवस्था, विश्व चर्चित कम्युनिस्ट नेताहरू तथा तिनीहरूले शत्रु ठानेका देश, वर्ग, सम्प्रदाय र व्यक्तिहरूका विरुद्ध अनर्गल तर योजनाबद्ध दुष्प्रचार गरिरहेकै हुन्छन् । त्यसैले ती देशका सचेत नागरिकहरू ती सञ्चारमाध्यमका अधिकांश समाचारमा विश्वास गर्दैनन् । साम्राज्यवादी र पुँजीवादी सञ्चारमाध्यमहरू एउटा तथ्यलाई अर्कै ढङ्गले प्रस्तुत गर्छन् र गलत जनधारणा निर्माणमा बल पु¥याउँछन् । त्यसैले त्यस्ता सञ्चारमाध्यमहरूलाई झूटको कारखाना भन्ने गरिन्छ । अहिले अमेरिकी र युरोपेली टेलिभिजन च्यानलमा प्रसारण हुने रिपोर्ट, दैनिक समाचारपत्र र केही पत्रिकामा छापिएका समाचार पढ्ने बेलामा ती सञ्चारमाध्यमका सम्पादकहरूले माध्यमिक शिक्षा पनि पूरा गरेका छन् कि छैनन् भन्ने लाग्छ । तिनीहरू आफूसित भएका पुराना र झूटा विवरणका आधारमा झूटा सामग्री तयार गरेर सोझासीधा दर्शक र पाठकहरूलाई हरेक दिन मूर्ख बनाइरहन्छन् । यस्तै कार्यका लागि ती देशका पुँजीवादी सरकारहरूले वर्षको अर्बौँ अर्ब डलर खर्च छुट्याउने गरेका समाचार पनि आइरहन्छन् । उदाहरणको लागि भौगोलिक र सामरिकरूपमा सानो समाजवादी देश क्युवाविरुद्ध झूटा दुष्प्रचारका लागि संरा अमेरिकी विदेश विभागले करोडौँ डलर विभिन्न सञ्चारमाध्यमलाई दिँदै आएको विवरण सार्वजनिक भएको छ । भेनेजुयलाविरुद्धको दुष्प्रचारको लहर पनि अमेरिकी डलरको सर्कस भएको बताइन्छ ।
त्यस्तै तिनीहरू प्रजातान्त्रिक जनगणतन्त्र कोरिया वा उत्तर कोरियाको दिवङ्गत राष्ट्रपति किम इल सङ र किम जङ इल तथा वर्तमान नेता किम जङ उनको बारेमा कपोलकल्पित र नितान्त झूट प्रचारहरू निरन्तर दोहो¥याउँछन् । चीनको कुनै सहर र गाउँका तीस–चालीस वर्ष पुरानो तस्बिर र भिजुअल देखाएर चीन अझै अविकसित र पिछडिएको अवस्थामा छ भनी दाबी गर्छन् । चीन, नेपाल, पाकिस्तान र अन्य छिमेकी देशका बारेमा बनाएका अधिकांश भारतीय सञ्चारमाध्यम र युट्युवहरूका प्रसारण सामग्री पनि झूटा जानकारीहरूले भरिएका हुन्छन् । हिजोआज इन्टरनेटमा विभिन्न देश, समाज, सम्प्रदाय र व्यक्तिका बारेमा धेरै नै जानकारीहरू छन् तर ती सबै सत्य होइनन् । ती जानकारीहरूको तुलनात्मक अध्ययन, विश्लेषण र निचोड निकाल्न सकिएन भने गलत जानकारी वा भ्रमको जालमा पर्ने सम्भावना पनि उत्तिकै छ । पश्चिमा सञ्चारमाध्यमहरूले युक्रेनलाई लिएर नाटो देश र रूसबीचको तनावलाई लिएर रूसले युक्रेनमाथि हमला गर्न लागेको र हमला गरिसकेको भनेर यति धेरै प्रचार गरिसकेका छन् कि त्यहाँ युक्रेनले रूसमाथि हमला थालेमा पनि रूसलाई नै आक्रमणकारी ठहर गर्न बेर लाग्ने छैन । यसले पुँजीवादी सञ्चारमाध्यम झूटको कारखाना भएको पुष्टि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *