भर्खरै :

माक्र्सवादी दर्शन के हो ?

पिटर हेन्डी (Peter Hendy) ले ‘नयाँ कामदार’ साप्ताहिक पत्रिकाको समर्थकहरूको बैठक म्यान्चेस्टर (Manchester) मा २०६४ फागुन २३ (6 March 2008) गते व्यक्त गर्नुभएको मन्तव्य नेपालीमा भावानुवाद गरी यहाँ प्रस्तुत गरिएको छ ।
कार्ल माक्र्स (Karl Marx, सन् १८१८–१८८३) र फ्रेडरिक एङ्गेल्स (Friedich Engles, सन् (१८२०–१८९५) ले पहिलो पटक प्रतिपादन गर्नुभएको समग्र विचार नै माक्र्सवाद अथवा वैज्ञानिक समाजवाद हो । समग्रतामा यी विचारले मानव समाजको उच्च रूप समाजवाद प्राप्त गर्न कामदार वर्गको सङ्घर्षका लागि सैद्धान्तिक आधार प्रदान गर्छन् ।
माक्र्सवादका दर्शन, सामाजिक इतिहास र अर्थशास्त्रसङ्गत तीन प्रमुख शीर्षक छन्–द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद र माक्र्सवादी अर्थशास्त्र । लेनिनले यसलाई ‘माक्र्सवादको अङ्गको रूपमा’ व्याख्या गर्नुभयो ।
माक्र्सवादको अध्ययनलाई उत्साहित गर्न म द्वन्द्वात्मक भौतिकवादको आधारभूत सिद्धान्त र नियमबारे रूपरेखा बताउन चाहन्छु । द्वन्द्वात्मक भौतिकवाद माक्र्सवाद–लेनिनवादको दार्शनिक प्रणालीको सार र यसको प्रक्रियागत सार हो ।
द्वन्द्वात्मक भौतिकवाद के हो ? के हामीलाई दर्शन आवश्यक छ ?
माक्र्सवादी दर्शनसँग परिचित नभएकाहरूको लागि द्वन्द्वात्मक भौतिकवाद अस्पष्ट र कठिन विचारजस्तो लाग्न सक्छ । तर, वस्तुलाई हेर्ने यो नयाँ तरिकालाई अध्ययन गर्नेहरूले हामी बस्ने पृथ्वीको रहस्य बुझ्न सक्ने क्रान्तिकारी दृष्टिकोण प्राप्त गर्छन् । माक्र्सवादी सिद्धान्त बुझ्नु अगाडि द्वन्द्वात्मक भौतिकवादबारे जानकारी राख्नु आवश्यक छ । द्वन्द्वात्मक भौतिकवाद भनेको माक्र्सवादी दर्शन हो । जसले हामीलाई वैज्ञानिक र व्यापक विश्व दृष्टिकोण प्रदान गर्छ । यो दार्शनिक आधार र प्रक्रिया हो, जसमा सम्पूर्ण माक्र्सवादी सिद्धान्त आधारित छ ।
एङ्गेल्सका अनुसार द्वन्द्व ‘काम गर्ने हाम्रो उत्तम सामग्री अथवा तीखो हतियार’ हो । द्वन्द्वले कामदार वर्गको आन्दोलनभित्रका हाम्रा काम–कारबाही र गतिविधिहरूलाई पथ प्रदर्शन गर्छ । यो दिशासूचक (Compass) र नक्सा (Map) जस्तै हो । जसले हामीलाई आन्दोलनको दिशा प्राप्त गर्न र संसारलाई बुझ्ने प्रक्रिया थाहा पाउन मद्दत गर्छ । हामीलाई मन लागे पनि नलागे पनि थाहा पाएर वा थाहा नपाएर हरेकसँग एउटा दर्शन हुन्छ । दर्शन भनेको सामान्यतः संसारलाई हेर्ने एउटा दृष्टिकोण हो । वैज्ञानिक दर्शनविनाको पुँजीवादमा हामीले शासक वर्गको दमनकारी दर्शन र हाम्रो समाजको पूर्वाग्रह अवलम्बन गर्नुपर्ने हुन्छ । ‘वस्तु कहिल्यै परिवर्तन हुँदैन’ र ‘इतिहास सधैँ आफै दोहरिन्छ’ भन्ने सामान्य थेगोले वस्तुको परिवर्तनलाई अस्वीकार गर्छ र जीवनमा भाग्य स्वीकार गराउन खोज्छ । माक्र्सले यी विचारबाट लोग्ने मानिस र स्वास्नी ानिसको चेतनालाई थिच्ने तरिका बताउनुभयो ।
सामन्ती समाजविरुद्ध क्रान्ति उठिरहेको बेला पुँजीपति वर्गले पुरानो सामन्ती कुलीनतन्त्रको रुढीवादी विचारलाई चुनौती दियो । नयाँ समाज निर्माणको लागि कामदार वर्गले आफूलाई दबाउने पुँजीपति वर्गको दमनकारी दृष्टिकोणको विरोध गर्नु आवश्यक छ । वास्तवमा शासक वर्गले प्रचार माध्यम, विश्वविद्यालय, विद्यालय र गिर्जाघर (धर्म) मार्फत आफूले शोषण प्रणालीलाई ‘समाजको सबभन्दा स्वाभाविक रूप’ हो भन्ने ढङ्गले तर्क गर्छन् । ‘सशस्त्र सेना’ को दमनकारी संयन्त्र पुँजीवादी व्यवस्थालाई कायम राख्न पर्याप्त छ । पुँजीवादी समाजको नैतिकता र दमनकारी विचारले शासक वर्गको भौतिक हितको रक्षा गर्छ । यो शक्तिशाली सिद्धान्तविना पुँजीवादी व्यवस्था धेरै दिन टिक्न सक्दैन ।
लेनिन भन्नुहुन्छ, “एक वा अर्को उपायमा सम्पूर्ण औपचारिक र उदार विज्ञानले ज्यालाको दासताको रक्षा गर्छ ।”
विज्ञानलाई ‘ज्यालाको निम्ति दास बनेको समाज’ (a wage slave society) बाट निरपेक्ष मान्नु र पुँजीको नाफा घटाएर श्रमिकको ज्याला वृद्धि गर्नुहुन्न भन्ने कारखानाका मालिकहरूबाट पक्षपात हुँदैन भन्ने दुवै उत्तिकै मूर्खतापूर्ण तर्क हुन् ।
माक्र्सवादलाई खतराको रूपमा देख्ने पुँजीवादी विचारधाराले माक्र्सवादको विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्दछ । बेलायती पूर्वप्रधानमन्त्री ब्लेयर (Blair) ले माक्र्सवादलाई ‘समय नाघिसकेको पृथकतावादी कोरा सिद्धान्त’ भनी भत्र्सना गरे । पुँजीवादको पक्षपाती विद्वान र प्राध्यापकहरू माक्र्सवाद र अझ द्वन्द्ववादलाई बदख्वाइँ गर्ने उद्देश्यले प्रचारबाजीमा निरन्तर लागेका छन् । बर्लिन पर्खाल भत्काएदेखि माक्र्सवाद, साम्यवाद, कान्ति र त्यस्तै अन्य चिन्तनविरुद्ध तीव्र वैचारिक आक्रमणको काम निरन्तर चलिरहेको छ । कुनै धार्मिक मन्त्रसरि उनीहरू चिच्याउँदै हिँडेका छन् –‘माक्र्सवादको मृत्यु भयो ।’ तर, यी झाँक्रीहरूका सामु माक्र्सवाद कहिल्यै झुकेन । माक्र्सवादले समाज परिवर्तन गर्ने कामदार वर्गको चाहनालाई प्रतिबिम्बित गर्दछ । यसको भाग्य सर्वहारा वर्गको भाग्यसँग जोडिएको हुन्छ ।
पुँजीवादका समर्थकहरू मजदुर आन्दोलनमा आफ्नो उपस्थितिसम्म देखाउँछन् र पुँजीवादलाई समाजको प्राकृतिक र स्थायी रूप भएको निरन्तर दाबी गर्छन् । तर, अर्कोतिर द्वन्द्ववादले कुनै पनि कुरा स्थायी हुँदैन र समयक्रमसँगै त्यसको विनाश हुँदै जानेबारे जोड दिन्छ । यस्तो क्रान्तिकारी दर्शन पुँजीवादी व्यवस्थाको निम्ति ठूलो चुनौती हो । तसर्थ, त्यसलाई जुनसुकै मूल्यमा पनि पराजीत गर्नुपर्छ । दैनिकजसो हुने माक्र्सवादविरोधी प्रचारबाजी यसै भावनाबाट उत्प्रेरित छ । तर, ज्ञान र विज्ञानमा अघि बढाइएको प्रत्येक वास्तविक कदमले द्वन्द्ववादको सत्यता प्रमाणित गर्दछ । पुँजीवादभित्रको बढ्दो सङ्कटले लाखौँलाख जनाता सामु माक्र्सवादको प्रमाणिकता पुष्टि गर्छ । वस्तुगत परिस्थितिले कामदार जनतालाई मुक्त हुने मार्गको खोजी गर्न बाध्य गर्दै गर्छ । लेनिन भन्नुहुन्छ, “जीवनले धेरै कुरा आफै सिकाउँछ ।” कम्युनिस्ट घोषणापत्रमा उल्लेखित प्रसिद्ध शब्दहरू सापटी लिएर भन्नुपर्दा आज साम्यवादको भूतले सारा युरोप आतङ्कित छ ।
‘बजार अर्थतन्त्र’ भनिने शोषणको व्यवस्थालाई रक्षा गर्ने र सही ठह¥याउन प्रयास गर्ने पुँजीवाद र तिनका पक्षपोषकविरुद्ध माक्र्सवादले कामदार वर्गको मुक्तिको लागि अन्त्यहीन सङ्घर्ष गर्छ । माक्र्सवादले योभन्दा बढी गर्छ । “माक्र्सवादले पुँजीवादी दमनका अन्धविश्वास, प्रतिक्रिया वा रक्षाको कुनै पनि रूपसँग मेल नखाने विश्व दृष्टिकोणले कामदार वर्गलाई सुसज्जित बनाएको छ” – लेनिन ।
यसले पुँजीवादअन्तर्गत अस्तित्वमा रहेका वास्तविक सम्बन्धहरू उजागर गरिदिन खोज्छ र कामदार वर्गलाई आफू कसरी मुक्त हुने भनी सिकाउँछ । रुसी माक्र्सवादी प्लेखानोभ (एभिपजबलयख) का शब्दमा माक्र्सवाद भनेको दृष्टिकोणमात्र होइन यो त ‘सक्रिय दर्शन’ हो । आधिकारिक तर्कको सीमा लोग्नेमानिस र स्वास्नीमानिसहरूले बुद्धिसम्मत ढङ्गले सोच्न प्रयत्न गर्छन् । तर्कलाई अङ्ग्रेजीमा Logic भनिन्छ । यो ग्रीसेली शब्द ‘ Logoc’ बाट निर्माण भएको शब्द हो । ‘Logos’ भन्नाले शब्द वा कारण (reason) भन्ने अर्थ लाग्छ । चिन्तनको नियमको विज्ञान नै तर्क हो । हामी जे पनि सोच्न सक्छौँ । हाम्रा सोचाइहरू जुनसुकै भाषामा अभिव्यक्त हुनसक्छन् । तर, तिनले ‘किन’ र ‘कसरी’ भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर दिन सक्नुपर्छ । यही आवश्यकताले चिन्तनको नियमदेखि तर्कका सिद्धान्तहरूलाई जन्म दिन्छ । आजको दुई हजार वर्षभन्दा अघि ग्रीसेली दार्शनिक अरस्तु (Aristoltle–ई.पू. ३८४–३२२) ले आधिकारिक तर्कको पद्धति प्रतिपादन गरेका थिए । सो पद्धति आजसम्म पनि हाम्रा शैक्षिक प्रस्थापनाहरूका आधार बनेका छन् । उनले सही ढङ्गले कारण दिने प्रक्रिया, सही–गलत छुट्याउन तर्कहरूको एकीकरण र कसरी निष्कर्षमा पुग्ने हो भन्ने कुराको व्यवस्थित अध्ययन गरेका थिए ।
उनले तर्कका तीन आधारभूत नियमहरू निरूपण गरेका थिए– परिचयको सिद्धान्त (क–क), अन्तरविरोधको सिद्धान्त (क नै क हुनसक्दैन र होइन पनि) र मध्यस्थताको अनुपस्थिति क या त क हो वा होइन) त्यसबाहेक अरू कुनै विकल्प छैन ।
औपचारिक तर्कको दुई सहस्राब्दीभन्दा बढी समयसम्म प्रभाव रहिरहेको छ र आधुनिक विज्ञानका कुनै पनि ठूला फड्को र प्रयोगको यो आधार बनेको छ । गणितको विकास यही तर्कमा आधारित छ । हामी हाम्रा बालबालिकाहरूलाई यसको प्रयोगबिना जोड–घटाउसम्म पनि सिकाउन सक्दैनौँ । एकमा एक जोड्दा दुई हुन्छ, तीन कहिल्यै हुँदैन । आधिकारिक तर्क सामान्य ज्ञानजस्तै देखिन्छ र हाम्रा दैनिक जीवनका लाखौँ लाख काम–कुरा गर्न यो उपयोगी हुन्छ । तर, एउटा महत्वपूर्ण कुरा के हो भने यसका पनि सीमितता हुन्छन् । कुनै जटिल घटना वा हाम्रो दैनिक जीवपद्धतिका कतिपय समस्याहरूको हल गर्न आधिकारिक तर्क चिन्तन पूर्णतः अपूर्ण उपाय बन्न पुग्छ । विशेषतः आन्दोलन, परिवर्तन र अन्तर्विरोधको हल गर्ने सम्बन्धमा यो लागू हुन्छ । आधिकारिक तर्कले कुनै पनि कुरालाई स्थायी र गतिहीनको रूपमा लिन्छ । तर्कको हाम्रो दैनिक उपयोगितालाई उपेक्षा गर्न नसकिए तापनि हामीले यिनका सीमिततालाई पनि भुल्न सक्दैनौँ ।
द्वन्द्ववाद न त आख्यान हो, न त रहस्यवाद नै हो । यो त विज्ञानको एउटा रूप हो । जीवनका दैनिक समस्या समाधानमा मात्र यो सीमित छैन । बरु अति जटिल र दैनिक प्रक्रियाहरूलाई बुझेर सोको हल गर्ने प्रयत्न गर्दछ । द्वन्द्ववाद र आधिकारिक तर्कको सम्बन्ध उच्च तहको गणित र तल्लो तहको गणितबीचको सम्बन्धजस्तै हुने गर्दछ ।
आधुनिक विज्ञानको विकाससँगै सम्पूर्ण जैविक बोटबिरुवा र प्राणी जगतलाई विभिन्न प्रजाति र क्रममा वर्गीकरण गरिएको छ । यो वर्गीकरण तर्कमा आधारित छ । विगतको तुलनामा जीवविज्ञानको क्षेत्रमा यो एउटा महत्वपूर्ण फड्को थियो । यद्यपि, यो अपरिवर्तनशील वर्गीकरण भएको स्थायी एवं अपरिवर्तनशील व्यवस्था थियो, जसले समयक्रममा आफ्नो सीमितता देखाइहाल्यो ।
डार्विनले विकासवादी सिद्धान्तले एउटा प्रजाति अर्को प्रजातिमा उद्विकास हुनसक्छ भन्ने कुरा पुष्टि ग¥यो । फलतः अपरिवर्तनशील मानिएको वर्गीकरण व्यवस्थाले वास्तविकताको नयाँ अध्ययनअनुरूप आफूलाई बदल्दै लग्यो ।
परिणामतः आधिकारिक तर्कको व्यवस्था भत्कियो । यसले यी अन्तर्विरोधहरूको सामना गर्न सकेन । अर्कोतिर परिवर्तनको तर्क अर्थात् द्वन्द्ववादले प्रकृति वा समाजमा कुनै पनि स्थायी वा अनुल्लघनीय वर्गीकरण नभएको व्याख्या ग¥यो ।
द्वन्द्वात्मक भौतिकवादले मात्र विकासवाद र परिवर्तनका नियमहरूको व्याख्या गर्नसक्छ । यसले विश्वलाई बनिबनाउ कुराको जटिलरूपमा हेर्दैन । बरु, अस्तित्व र विनाशको अनुल्लङ्घनीय रूपान्तरणको रूपमा अघि बढ्ने प्रक्रियाहरूको जटिल रूप भन्ने अर्थमा लिने गर्दछ ।
भौतिकवादविरुद्ध आदर्शवाद
लेनिनले लेख्नुभएको छ, “माक्र्सवादको दर्शन भौतिकवाद हो ।” दर्शन आफैका दुई ठूला सैद्धान्तिक शिविर छन् – भौतिकवाद र आदर्शवाद । अन्य विषयमा प्रवेश गरिहाल्नुअघि यी दुई शब्दावलीको विश्लेषण गरौँ । दैनिक प्रयोगका हिसाबले भौतिकवाद र आदर्शवादबीच कुनै खास समानता छैन । भौतिकवादले भौतिक स्वार्थ र ठगी (छोटोमा आजको पुँजीवादी नैतिकता) सँग सम्बन्ध राख्छ भने आदर्शवाद उच्च आदर्शहरू र सद्गुणसँग सम्बन्धित छ । यी दुईमा एक अर्काबीच ठूलो भेद छ ।
दार्शनिक भौतिकवाद (Philosophical Materialism) भनेको एउटैमात्र भौतिक जगत देख्ने दृष्टिकोण हो । स्वर्ग वा नर्कको अस्तित्व यसले मान्दैन । विश्व वा ब्रह्माण्ड ( The Universe) कुन अलौकिक जीव (A Supernatural being) को सृजना हो भन्ने मान्यतालाई यसले अस्वीकार गर्छ र यो निरन्तर परिवर्तनशील छ भनी स्वीकार्छ । लगभग ३ अर्ब ६० करोड वर्ष पहिले जीवनशून्य पृथ्वीमा जीवनको तल्लो वा आधारभूतरूपमा उत्पत्ति भएको जीव नै आजको मानिस हो र मानिस प्रकृतिकै भाग हो भन्ने नै यसको मान्यता हो ।
जीव उत्पत्ति क्रमको निश्चित चरणमा स्नायुप्रणाली भएको जीवको विकास भयो र समयान्तरमा ठूलो मस्तिष्कसहितको मानव जातिको अवस्थासम्म पुग्यो । मानवसँगै मानवीय चिन्तन र चेतनाको पनि विकास भयो । मानिसको मस्तिष्कले मात्र सामान्य विचारहरू उत्पादन गर्न सक्षम छ अर्थात् अर्को शब्दमा मानिसको मस्तिष्क वा दिमागले मात्र सोच्न सक्छ । तसर्थ, चिरकालदेखि अस्तित्वमा रहेको र अहिले पनि अस्तित्वमा रहेको वस्तु मानव जाति र उसको चिन्तनबाट स्वाधीनरूपमा अस्तित्वमा रहिरहनेछ । मानिसमा कुनै चेतना हुनु अथवा जीव जगतको कुनै भागमा त्यस्तो चेतना आउनुपूर्व नै वस्तुको अस्तित्व थियो ।
भौतिकवादीहरूका लागि भौतिक शरीरकै एउटा भाग– जीवित दिमागभन्दा पर कुनै चेतना छैन । शरीरबिनाको दिमाग हास्यास्पद कल्पना हो । वस्तु दिमागको उत्पादन होइन बरु दिमाग स्वयं वस्तुको सर्वोच्च उपज वा उत्पादन हो । विचारहरू त हाम्रो वरपरको स्वाधीन भौतिक जगतका प्रतिबिम्बमात्र हुन् । अस्तित्ववान प्रतिबिम्बित वस्तु ऐनामा देखिने प्रतिबिम्बमा निर्भर रहन्न । एङ्गेल्स भन्नुहुन्छ, “अनुभवबाट लिइएका सम्पूर्ण विचारहरू चाहे ती साँचो होऊन् वा बङ्ग्याइएका वास्तविकताका प्रतिबिम्बहरू हुन् ।” अथवा माक्र्सको शब्दमा भन्नुपर्दा, “चेतनाले जीवन निर्धारण गर्ने होइन, जीवनले चेतना निर्धारण गर्ने हो ।”
माक्र्सवादीहरू दिमाग, चेतना, विचार, चाहना, भावना वा अनुभूति वास्तविक हुन् भन्ने कुरा अस्वीकार गर्दैनन् । भौतिकवादीहरू ‘दिमाग’ भनिने वस्तुको शरीरभन्दा भिन्न अस्तित्व अस्वीकार गर्छन् । दिमाग शरीरबाट भिन्न हुनसक्दैन सोचाइ (Thinking) सोच्ने अङ्ग दिमागको उपज हो ।
तर, यसको अर्थ हाम्रो चेतना प्रकृतिको जीवनहीन दर्पण हो भन्नु चाहिँ होइन । आफ्ना वातावरण वा परिवेशसँग मानिस सम्बन्धित हुन्छ, आफ्ना परिवेशप्रति उनीहरू सचेत हुन्छन् र त्यसैअनुसार प्रतिक्रिया जनाउँछन् । भौतिक परिस्थितिमा उभिएर मानिसले सामान्यीकरण गर्छ र सृजनात्मक ढङ्गले सोच्छ । परिणामतः तिनीहरूले आफ्ना भौतिक परिवेशलाई नै परिवर्तन गर्छन् । अर्कोतिर दार्शनिक आदर्शवाद (Philosophical Ideolism) ले भौतिक जगत वास्तविक होइन । बरु चेतना जगतको प्रतिबिम्ब हो भनी मान्छ । आदर्शवादका धेरै रूपहरू छन् । तर, सबैले आधारभूतरूपमा चेतनालाई प्राथमिक मान्छन् र यदि अस्तित्वमा भए वस्तुलाई चेतनापछि आउने विश्व तत्व मान्छन् । आदर्शवादीहरूका लागि चेतना वस्तु र प्रकृतिभन्दा फरक कुरा हो । यो नै हेगेलको पूर्ण विचारसम्बन्धी अवधारणा (Hegel’s Conception of the Absolute idea) हो । यो अवधारणाले भगवान जन्माउँछ । दार्शनिक आदर्शवादले यो वा त्यो रूपमा धर्म र अन्धविश्वासको रक्षा वा समर्थन गर्ने बाटो खोल्छ ।
यो दृष्टिकोण असत्यमात्र छैन अरू नितान्त रुढीवादी पनि छ । यसले यो ‘मायावी संसार’ वा संसारको ‘रहस्य’ हामी बुझ्न सक्दैनौँ भन्नेसम्मको निराशाजनक निष्कर्षमा पु¥याउँछ । जब कि भौतिकवादले मानिसले वास्तविक संसार बुझ्नमात्र होइन, परिवर्तनसमेत गर्नसक्छ र त्यसक्रममा आफू स्वयंलाई पनि परिवर्तन गर्नसक्छ भन्ने कुरामा विश्वास गर्छ ।
भौतिकवादी दृष्टिकोणको इतिहासको कुरा गर्नु पर्दा अनाक्सागोरस (Anaxagoras 500–428 BC तिर) र डेमोक्रिटस (Democritus 460–370 BC तिर) को प्राचीन ग्रीस पुग्नुपर्ने हुन्छ । इसाई मध्ययुगको अवसानसँगै आएको विचारको पुनर्जागरणपछि मात्र दर्शन र प्राकृतिक विज्ञानको पुनर्जन्म भयो । १७ औँ शताब्दीदेखि आधुनिक भौतिकवादको गृह बेलायत थियो । माक्र्स भन्नुहुन्छ, “बेलायती भौतिकवादका वास्तविक प्रवर्तक बेकन (Bacon) थिए ।”
(फ्रान्सिस बेकन (१५६१–१६२६) को भौतिकवादलाई व्यवस्थित र विकसित पार्ने काम थोमस होबस् (Thomas Hobbes,1588–1679) ले गरे । उनको विचारलाई थप विकसित गरे जोन लक (John Locke,1632–1704) ले । लकले वस्तुमा चिन्तनको सङ्काय अन्तर्निहित हुनसक्ने सम्भावना देखेका थिए । मानवीय सोचाइमा आएका यस्ता अग्रता, पुँजीपति वर्गको उदय र विज्ञानमा ठूल्ठूला उपलब्धि, अझ विशेषतः यन्त्रविज्ञान, खगोलशास्त्र र औषधिविज्ञानमा भएका ठूल्ठूला उपलब्धिहरू एकैसाथ हुनु संयोग थिएन ।
यी महान चिन्तकहरूले १८ औँ शताब्दीको फ्रान्सेली भौतिकवादको प्रतिभाशाली चिन्तनधारालाई प्रवद्र्धन गरे तिनीहरूद्वारा विकसित भौतिकवाद र औचित्यतावाद वा कारणमा आधारित चिन्तन (Rationalism) सन् १७८९ मा भएको महान् फ्रान्सेली क्रान्तिको उपलब्धि थियो । ती क्रान्तिकारी चिन्तकहरूले कुनै पनि बाह्य प्राधिकारलाई स्वीकारेनन् र धर्मदेखि प्राकृतिक विज्ञानसम्म, समाजदेखि राजनीतिक संस्थाहरूसम्म सबैलाई आलोचनाको घेराभित्र ल्याए । औचित्यता वा कारण (Reason) नै सम्पूर्ण कुराको मानक मानियो ।
होलबाच (Holbach 1723–1789) र हेलभिटियस् (Helvetius) ले अटुट रूपमा विशिष्टीकरण गरेको यो भौतिकवादी दर्शन एउटा क्रान्तिकारी दर्शन थियो । होलवाच भन्छन्, “जताततै भौतिक वस्तुको गतिलाई देखाउने सम्पूर्ण कुराको बृहत् एकता नै ब्रह्माण्ड हो ।” उनी अगाडि थप्छन् ,“त्यसको अर्थ ब्रह्माण्ड त्यो हो, जसको भौतिक अस्तित्व छ र यसले कारणहरू र घटनाहरूका अनन्त र अविछिन्न सिलसिलामात्र प्रदर्शन गर्दछ । यी कारणहरूमध्ये केहीलाई हाम्रो चेतनामा तत्कालै प्रभाव पार्ने भएकोले हामी पहिल्याइहाल्छौँ । अरूको हामी भेउ पाउन सक्दैनौँ । किनभने तिनीहरूले हामीमा घटनाक्रमको माध्यमबाट मात्र प्रभाव पार्छ । प्रारम्भिक कारणहरू अत्यन्त टाढा वा दुर्लभ हुन्छन् ।”
यो औचित्यता वा कारणमा आधारित दर्शन निरङ्कुश राजतन्त्र, कुलीनतन्त्र र इसाई (चर्च धर्म) विरुद्ध क्रान्तिकारी बुर्जुवा वर्गको सङ्घर्षको सैद्धान्तिक प्रतिबिम्ब हो । यसले पुरातन बन्दोबस्तका सिद्धान्तमाथि भएका भीषण आक्रमणको प्रतिनिधित्व गर्दछ । सारमा भन्नुपर्दा औचित्यता वा कारणमा आधारित चिन्तनशैली पुँजीपति वर्गको आदर्श व्यवस्थाको चिन्तनबाहेक केही बनेन । पुँजीवादी सम्पत्ति मानिसको आधारभूत अधिकार बन्यो क्रान्तिकारी भौतिकवादी नयाँ पुँजीवादी समाज र नयाँ निजी सम्पत्ति रूपको प्रभुत्वसम्म पुग्न मार्गप्रशस्त गरिदियो ।
क्रान्तिकारी धारतर्फ विकसित भएर पनि नयाँ भौतिकवाद अपरिवर्तनशीलता र यान्त्रिकतातर्फ ज्यादै उन्मुख थियो । यी नयाँ दार्शनिकहरूले चर्चमाथि आक्रमण गरे तथा आत्मा नै सबथोक हो भन्ने विचार अस्वीकार गरे । तिनीहरूले मानिस पनि अरू सबै जनावर र अजैविक कुरा जस्तै सामान्यतः एउटा भौतिक अस्तित्वको रूपमा स्वीकारे ।
फ्रान्सेली भौतिकवादीहरूका निम्ति ज्ञानको उत्पत्ति अथवा वस्तुगत सत्यको आविष्कार हाम्रा चेतनाहरूमाथि प्रकृतिको प्रभावमा भर पथ्र्यो । सौर्यमण्डल र प्रकृतिअन्तर्गतका ग्रहहरू र मानवीय अस्तित्व स्वयंमा स्थायी हुन् । तिनीहरूका निम्ति सम्पूर्ण कुराको तर्कसङ्गत स्थायी ठाउँ भएको र गतिशीलताको लागि बाहिरबाट प्रोत्साहन प्राप्त हुने नियमित विश्व यहीँ (सौर्यमण्डल) नै थियो ।
भौतिकवादी भएर पनि यो सम्पूर्ण अवधारणा यान्त्रिक थियो र विश्वको जीवन्त वास्तविकता पहिल्याउन असफल थियो । वस्तुमा नियमितरूपमा परिवर्तन भए जस्तै ब्रह्माण्डलाई एउटा प्रक्रियाको रूपमा यसले बुझ्न सकेन । यही कमजोरीले यसमा भौतिक जगत र चिन्तनको बारे गलत बुझाइ रहन गयो । त्यही द्वैधताले आदर्शवादलाई ढोका खोलिदियो ।
माक्र्सवादी दर्शन के हो ?
द्वन्द्ववाद र अध्यात्मवाद
जगतबारे माक्र्सवादी दृष्टि भौतिकवादीमात्र होइन, द्वन्द्ववादी पनि छ । द्वन्द्ववादी पद्धति भन्नाले सामान्यतः हाम्रो वास्तविक स्वाधीन विश्वलाई अझ स्पष्ट ढङ्गले बुझ्ने प्रयत्न हो । ‘ड्युहरिङ मतखण्डन’ (Anri Duhrung) मा एङ्गेल्सले लेख्नुभएको छ, “द्वन्द्ववाद भनेको गति, (Motion) प्रकृतिको विकास, मानव समाज र विचारको सामान्य नियमहरूको विज्ञानभन्दा बढी अरू केही होइन ।” अझ सरल शब्दमा भन्नुपर्दा यो गतिको तर्क हो ।
हामी कुनै स्थायी विश्वमा बसिरहेका छैनौँ भन्ने कुरा बुझ्न धेरै मानिसहरूलाई कठिन छैन वास्तवमा प्रकृतिका सम्पूर्ण कुरा नियमितरूपमा परिवर्तनशील छ । एङ्गेल्स भन्नुहुन्छ, “गति नै वस्तुको अस्तित्वको आधार हो । गतिबिनाको वस्तु न विगतमा थियो न त भविष्यमा नै हुनेछ ।” पृथ्वी आफ्नै अक्षांश वरपर नियमितरूपमा घुम्छ भने अर्कोतिर सूर्यलाई पनि यसले फन्को मार्छ । त्यसकारण दिन र रात हुन्छ, सँगै हामी वर्षैभरि विभिन्न ऋतुहरूको अनुभव गर्छौँ । हामी पनि जन्मन्छौंँ, ठूला हुन्छौँ, वृद्धवृद्धा हुन्छौँ र मर्छौँ । सबै कुरा गतिशील छन्, परिवर्तन भइरहेका हुन्छन् या त उडाउँदै विकसित हुन्छन् वा उँधो लाग्दै नाश भइरहेका हुन्छन् । गतिको अर्को रूपको सापेक्षमा मात्र कुनै पनि कुराको अर्थ रहन्छ ।
“जब हामी समग्र प्रकृति वा मानव जातिको इतिहास वा हाम्रो आफ्नै बौद्धिक गतिविधिबारे चर्चा गर्छौँ । प्रारम्भमा हामी सम्बन्ध र प्रतिक्रियाहरू क्रम सञ्चय र एकताका अन्त्यहीन सङ्घर्षको चित्र देख्छौँ । जसमध्ये अन्त्यमा कुनै पनि कुरा विगतको जस्तो रहँदैन बरु सबै गतिवान बन्छन्, परिवर्तन हुन्छ, अस्तित्वमा रहन्छन् र अन्ततः नाश हुन्छ ।”, एङ्गेल्स लेख्नुहुन्छ । प्रारम्भमा हामी सम्पूर्ण अंशहरू थोरै वा बढी पृष्ठभूमिमा अझै रहेको दृश्य देख्छौँ । सम्पूर्ण वस्तुको गति, समन्वय र एकता हेर्न सक्छौँ । यो प्रारम्भिक सरल तर अकाट्य विश्व अवधारणा ग्रीसेली दर्शनको योगदान थियो । हिटाक्लिक्टस् (Hetaclites) ले यसको सर्वप्रथम प्रतिपादन गरेका थिए । सबै कुरामा तरलको स्वभाव हुन्छ पनि र हुँदैन पनि जो नियमितरूपमा परिवर्तन भइरहन्छ, नियमित अस्तित्वमा आइरहन्छ र नष्ट पनि भइरहन्छ ।’
एङ्गेल्सका अनुसार अधि–भौतिकवादीहरू वस्तु र तिनका मानसिक प्रतिबिम्बको रूपमा चेतनालाई एकपछि छुट्टाछुट्टै चर्चा गर्नुपर्ने धारणा राख्छन् । तिनीहरू चेतनालाई उपेक्षा गर्छन् । तिनीहरू वस्तु र तिनका प्रतिबिम्ब अथवा चेतनालाई स्थायी मान्छन्, जसले निश्चित अनुसन्धानको माग गर्दछ ।
द्वन्द्ववादले यी कुराहरूलाई एकअर्कासँग गाँसिएको विकास क्रममा गतिवान् मान्दछन् । त्यसकारण एङ्गेल्स भन्नुहुन्छ– “प्रकृति द्वन्द्ववादको प्रमाण हो ।”
‘प्रकृतिको द्वन्द्ववाद’ (Dialectic of Nature) नामको आफ्नो पुस्तकमा परिवर्तनशील प्रक्रियाहरूको सघनताबारे चर्चा गर्दै एङ्गेल्स लेख्नुहुन्छ, “वस्तु एउटा अनन्त चक्रमा चल्छ । यो चक्र यति विशाल हुन्छ, त्यसको तुलनामा हामीले भोगेका वर्षहरू त केही होइनन् । आत्मसचेतनालाई आफ्नो विशिष्ट उपलब्धि मान्ने जैविक जीवन भनिने विकासको सर्वोच्च अवधि त जीवन र आत्मसचेतनाको यो इतिहास (चक्र) को सानो खण्डमात्र बन्न पुग्छ । यो चक्रमा सूर्यदेखि तारामण्डलसम्म कुनै जीवन वा जैविक प्रजाति, रासायनिक मिश्रण वा पृथकीकरणलगायत वस्तुको अस्तित्वको रूपमा रहेका प्रत्येक रूपहरू समानरूपमा सङ्क्रमणकालीन हुन्छन् । यो चक्रमा कुनै पनि कुरा अविनाशी हुँदैन । अनन्त परिवर्तन, अनन्तरूपमा गतिशील वस्तु र गतिशीलताका नियमहरू र परिवर्तन सबै नियमित र अनन्त हुन्छन् ।”
१८ औँ शताब्दीको फ्रान्सेली दर्शनसँगै नयाँ परिवर्तनकामी जर्मनी, दर्शनको उदय भयो । फ्रान्सेली क्रान्तिका प्रशंसक जर्ज एफ. हेगेल (George F. Hegel) ले यो दर्शनलाई व्यवस्थित स्वरूप दिने महत्वपूर्ण योगदान पु¥याए । त्यसो त उनी आदर्शवादी थिए । तर, उनी आफ्नो युगका सबभन्दा विद्वान थिए । झन्डै २,००० वर्ष पहिले प्राचीन ग्रीसेली दार्शनिकहरूले विकास गरेको द्वन्द्ववादको यो चिन्तनधारालाई पुनर्जीवन दिने उनको यो योगदान महान् थियो ।
हेगेलले परिवर्तनका महत्वपूर्ण नियमहरूलाई व्यवस्थितरूपमा सूत्रपात गरे तथा द्वन्द्ववादको सिद्धान्तलाई दर्शनको रूप दिन सफल भए । माक्र्स र एङ्गेल्सले उनको कृतिलाई परम्परागत जर्मन दर्शनको सर्वाधिक महत्वपूर्ण उपलब्धिको रूपमा स्वीकार्नुभयो ।
माक्र्स र एङ्गेल्सले दार्शनिक भौतिकवादको थप गम्भीरताका साथ अध्ययन गर्नुभयो र अझ विकास गर्नुभयो । उहाँहरूले हेगेलका कृतिबाट बृहत्रूपमा अन्तर्सम्बन्धित द्वन्द्ववादका नियमहरू प्रतिपादन गर्नुभयो । यी नियमहरूले आजसम्म नियमितरूपमा सेवा गरिरहेका छन् । यिनले समाज विकास कसरी हुन्छ र पुँजीवादलाई विस्थापित गर्ने शक्तिहरू निर्माण गर्न क्रान्तिकारीहरूका प्रयत्नविरुद्ध के–कस्ता सैद्धान्तिक र व्यवहारिक चुनौतीहरू आउँछन् भन्ने बारेमा प्रस्ट दृष्टिकोण प्रदान गर्दछ ।
द्वन्द्वात्मक विकासका नियमहरू
मात्राको गुणमा रूपान्तरणको नियमले विकास हुनुका तरिकाबारे स्पष्ट पार्छ । अर्को शब्दमा यसले विकास प्रक्रियाका तौरतरिकामाथि प्रकाश पार्दछ । वस्तु र प्रक्रियाका मात्रात्मक र गुणात्मक पक्षजस्ता विपरीतार्थकहरूबीचका अन्तरसम्बन्धलाई यसले अभिव्यक्त गर्दछ ।
प्रकृतिमा अचानक कुनै किसिमको फड्को आउँदैन । कुनै पनि कुरामा क्रमिक वृद्धि वा ¥हासबाट नै नयाँ कुराको उत्पति हुने सामान्य बुझाइ हो । तर, कुनै कुनै वस्तु त्यस्ता पनि हुन्छन् जो छोटो समयावधिमै मात्राबाट गुणमा परिवर्तन हुन्छ । उदाहरणको लागि हामी पानीलाई लिन सक्छौँ । पानी चिसो हुँदैमा क्रमशः कडा बन्दैन । पहिला नरम बनेर पानी अन्ततः शनैशनै कडा बरफ बन्दैन । बरु, त्यो एकाएक कडा बन्छ । यसलाई फड्को मारेको भनिन्छ । निश्चित मात्रामा तापक्रम घट्ने बित्तिकै एकाएक पानी बरफमा परिवर्तन हुन्छ । अर्थात् तापक्रमको ¥हासमार्फत मात्रा गुणमा रूपान्तरण हुन्छ । यसैलाई वस्तुको प्रकृतिमा परिवर्तन भनिन्छ । हेगेलको यो कथनले तर्कलाई पुष्टि गर्छ ।
परिवर्तनलाई बुझ्ने यो कोशेढुङ्गा हो । परिवर्तन वा विकासक्रम सरल र सहज ढङ्गले क्रमशः अघि बढ्दैन । माक्र्सले यो प्रक्रियालाई एउटा बुढो मुसोले जमिनमुनि खनिरहेको खाल्डोसँग तुलना गर्नुभएको छ । मुसोले जमिनमुनि खनिरहेको खाल्डो लामो समयसम्म अदृश्य रहन्छ । तर, त्यसले यथास्थितिलाई भत्काइरहेको हुन्छ । कुनै बिहान मुसोले खनेको त्यो खाल्डो हवाङ्ग सबैसामु देखापर्छ । सामाजिक क्रान्ति पनि यसरी नै अघि बढ्छ । अर्को शब्दमा भन्नुपर्दा मात्रात्मक भेदहरूले गुणात्मक परिवर्तन निम्त्याउँछ जसबाट कुनै नयाँ प्रजातिको जन्म हुन्छ । सम्पूर्ण विकास प्रक्रिया नियमितताको भङ्ग, फड्को, सङ्कट र क्रान्तिमा आधारित हुन्छ ।
आजभन्दा झन्डै ३ अरब ६० करोड वर्ष पहिले पृथ्वीको विकासक्रममा एक कोषीय जीवको उत्पति वस्तुको विकासक्रममा एउटा गुणात्मक फड्को थियो । त्यस्तै लगभग ६० करोड वर्षअघि पृथ्वीमा कडा शारीरिक भाग भएका जटिल बहुकोषीय जीवको उत्पत्ति हुनु विकासक्रममा गुणात्मक फड्कोको अर्को उदाहरण हो यो घटनालाई क्याम्ब्रियन विस्फोट (Cambrian Explosion) भनिन्छ । लगभग ४० देखि ६० करोड वर्षअघि ढुङ्गेयुगको आरम्भकालमा ढाड भएका माछाहरू देखापरे । यो क्रान्तिकारी प्रक्रिया पानी र जमिन दुवैमा बाँच्न सक्ने भ्यागुतो, कछुवाजस्ता जीव हुँदै घस्रिएर हिँड्ने (सर्प) जस्ता विकसित भयो । अन्ततः यो विकासक्रम न्यानो रगत भएका जीव (Warm blooded creatives) जस्तै पन्छी र स्तनधारी जीवहरूसम्म विकसित भयो । यस्तै क्रान्तिकारी फड्को सोच्ने क्षमता भएका मानिसहरूको उत्पति गरायो । विकासक्रम एउटा लामो प्रक्रिया हो । जीवभित्रका आन्तरिक र बाह्य परिवर्तनहरूकै समष्टिले विकासको माथिल्लो चरणमा गुणात्मक फड्को मार्छ ।
जसरी पृथ्वीको सतहमुनि जम्मा भएको चापको अन्तर्सङ्घर्षले समय–समयमा भूकम्पको रूपमा विस्फोट हुने गर्दछ । त्यसरी नै श्रमिकहरूका चेतनामा क्रमिक परिवर्तनले वर्ग– सङ्घर्षको रूपमा विस्फोट हुने गर्दछ । कल–कारखानामा हुने हड्तालहरू बाहिरबाट आएका ‘उत्तेजना फैलाउनेहरू’ का कारण हुने होइनन् । बरु, कारखानाभित्रका परिवर्तनहरूका समष्टिले श्रमशक्तिलाई हड्ताल गर्न बाध्य पारिन्छ । सतहमा बुझ्दा हड्तालको कारण सानो र क्षणिक हुनसक्छ । खाजा खाने समयजस्ता एउटा कारण हुनसक्छ तर जनबोलीकै चलनचल्ती (द्वन्द्वात्मक) भाषामा भन्नुपर्दा यस्तो कारण ‘काग बस्नु र रुख भाँचिनु’ हुनजान्छ । मात्र गुणमा परिवर्तन हुन यस्ता कारणहरू उत्प्रेरक बन्न पुग्छन् ।
माक्र्सका अनुसार विज्ञानको काम सधैँ कुनै पनि वस्तु वा घटनाक्रमको रूपले तत्काल पार्ने प्रभावदेखि त्यो रूपभित्र अन्तर्निहित नियमहरू अथवा गुढी तत्वको वास्तविकता अन्वेषण गर्ने हो । माक्र्सको ‘पुँजी’ स्वयं यो पद्धतिको एउटा अनुपम उदाहरण हो । द्वन्द्वात्मक भौतिकवाद समस्त विश्व ब्रह्माण्डको सम्बन्ध र विकासको चिन्तनधारा हो । द्वन्द्वात्मक भौतिकवादले यी कुरालाई सूत्रमा अभिव्यक्त गरेको छ ।
विपरीतहरूबीचको एकता र सङ्घर्षको नियम
माक्र्सवादी–लेनिनवादी दर्शनले दिएका विकासका कारणहरूसम्बन्धी प्रश्नहरूका वैज्ञानिक उत्तर विपरीतहरूबीचको एकता र सङ्घर्षको नियमले दिन्छ । लेनिनले यो नियमलाई द्वन्द्वात्मक भौतिकवादको गुढी तत्व भन्नुभएको छ ।
“सबै गति र जीवनको स्रोत भनेको अन्तर्विरोध (Contradiction) हो । कुनै पनि कुरामा अन्तर्विरोध रहेसम्म त्यहाँ गति, शक्ति र प्रभाव हुन्छ”, –हेगेल भन्नुहुन्छ । त्यसलाई लेनिन सङ्क्षेपमा लेख्नुहुन्छ, “द्वन्द्ववादलाई विपरीतहरूबीचको एकताको रूपमा व्याख्या गर्न सक्छौँ । द्वन्द्ववादको गुढी यसैमा अन्तर्निहित छ ।”
हामी बाँचेको यो विश्व अन्तर्विरोधहरूबीचको एकता हो अथवा यो विपरीतहरूको एकता हो । जस्तैः– चिसो–तातो, उज्यालो–अँध्यारो, पुँजी–श्रम, जन्म–मृत्यु, धनी–गरीब, सकारात्मक–नकारात्मक, उकासिनु–खस्कनु, सोच्नु–हुनु, सीमित–असीमित, विकर्षण–आकर्षण, दायाँ–बायाँ, माथि–तल, विकासक्रम–क्रान्ति, मौका–आवश्यकता, क्रय–विक्रय आदि ।
गति (Movement), दुरी (Space) र समय (Time) भनेका केही होइनन्, मात्र वस्तुको अस्तिवको अवस्था हो । हामीले गति भनेको अन्तर्विरोध हो भनेर चर्चा गरिसक्यौँ । अर्थात् एउटै कुरा एकै समय एक र अर्को ठाउँमा हुनु । यो विपरीतहरूको एकता हो । “गति भनेको कुनै कुरा कुनै ठाउँमा हुनु र लगत्तै त्यहाँ नहुनु हो । यो दूरी र समयको निरन्तरता हो र त्यस अवस्थाले गति सम्भव हुने गर्दछ ।” –हेगेल)
कुनै पनि कुरा वा त्यसको गुढी बुझ्न त्यसभित्रका आन्तरिक अन्तर्विरोधहरू बुझ्न आवश्यक छ । ग्रीसेली अणुवादीहरू (The Greek stomists) ले पहिले परमाणु (Atoms) लाई वस्तुको सबभन्दा सानो एकाइको रूपमा भौतिक जगत अणुले बनेको हुन्छ भन्ने क्रान्तिकारी सिद्धान्तको विकास गरे । ग्रीसेली भाषामा Atoms को अर्थ अविभाज्य (Indivisible) हो । यो प्रतिभासम्पन्न विवेकको अनुमान थियो । बिसौँ शताब्दीमा आएर विज्ञानले सबै वस्तु परमाणुहरूको गठजोडले बनेको हुन्छ भनी प्रमाणित ग¥यो । यद्यपि, विज्ञानले समयान्तरमा परमाणुभन्दा पनि सानो अरू केही हुन्छ भन्ने कुरा पनि पत्ता लगायो । प्रत्येक परमाणुको केन्द्रमा न्युक्लियस (Nucleus) हुने गर्दछ । त्यो केन्द्रमा प्रोटोन (Protons) र न्युट्रोन (Neutrons) भनिने सानो आणविक पदार्थहरू हुन्छन् । इलेक्ट्रोन (Electrons) न्युक्लियस वरपर परिक्रमा गर्छ । सबै प्रोटोनमा घनात्मक विद्युतीय चार्ज निहीत हुन्छ । जसकारण तिनीहरू एक–अर्कासँग विकर्षित हुन्छन् । यद्यपि शक्तिशाली आणविक ऊर्जाले तिनीहरूसँग एक–अर्कासँग अन्तर्सम्बन्धित हुन्छन् । यसबाट के प्रस्ट हुन्छ भने अस्तित्वमा रहेको सम्पूर्ण पदार्थ विपरीतहरूको एकता र हेगेलको शब्दमा ‘धक्का र क्रिया’ (Impulse & Activity) को स्वगतिमा आधारित हुन्छन् ।
स्वगतिबारे व्याख्या गर्दै लेनिन लेख्नुहुन्छ, “द्वन्द्ववाद विपरीतहरूको सम्बन्ध र तिनको मौलिकताको शिक्षा हो । यसले कुन अवस्थामा तिनीहरूको सम्बन्ध मौलिक हुन्छ र कसरी एक अर्कामा रूपान्तरण हुन्छ भन्ने प्रश्नहरूको हल गर्दछ । मानिसको विवेकले किन यी विपरीतहरू मृत र स्थानीय नभई जीवन्त, परिस्थितिजन्य, चलायनमान र एक–अर्कामा रूपान्तरित हुन्छन् भनी बुझ्न आवश्यक छ भन्नेबारेमा द्वन्द्ववादले व्याख्या गर्छ ।”
विकासको एक उत्प्रेरक शक्तिको रूपमा लेनिनले अन्तर्विरोधको महत्वमाथि विशेष जोड दिनुभएको छ । कुनै पनि समाजमा त्यहाँभित्रका केही सदस्यहरूसँग त्यहीँका अरू सदस्यहरूले सङ्घर्ष गर्ने कुरा त सामान्य ज्ञान नै हो । यस मानेमा हाम्रो सामाजिक जीवन अन्तर्विरोधहरूले भरिएको देख्छौँ । इतिहासका पाना पल्टाउँदा राष्ट्र राष्ट्रबीच, समाज समाजबीच भएका सङ्घर्ष हामी धेरै देख्नसक्छौँ । साथै क्रान्ति र प्रतिगमन, शान्ति र युद्ध, गतिरोध र तीव्र प्रगति वा अधोगतिका समय पनि हामी पढ्न सक्छौँ । (लेनिन, माक्र्सवादका तीन स्रोत र सङ्घटक अङ्गहरू)
यस्ता सङ्घर्षलाई वर्गसङ्घर्षमार्फत उत्कृष्ट ढङ्गले बुझ्न सक्छौँ । पुँजीपति र श्रमिक वर्ग पुँजीवादी व्यवस्थाका आवश्यकताहरू हुन् । अतिरिक्त मूल्यलाई लिएर श्रमिक जनताले गरेका सङ्घर्ष र त्यस (अतिरिक्त मूल्य अथवा नाफा) प्रति पुँजीपति वर्गको मोहले एउटा सम्झौताहीन सङ्घर्षसम्म पु¥याउँछ । त्यो सङ्घर्षको उत्कर्षमा अन्ततः पुँजीवादी व्यवस्था फालिन्छ र वर्गहरूको उन्मूलनले त्यो अन्तर्विरोधको समाधान गरिन्छ ।
निषेधको निषेध
निषेधको निषेध नियमले विकासका अविछिन्न चरणहरूबीचको सम्बन्ध देखाउँछ । यी चरणहरू पुरानो र नयाँबीच विद्यमान रहन्छन् । यसले विकासको सामान्य नियत र दिशा अभिव्यक्त गर्दछ ।
ऐतिहासिक विकास सोझो बाटो भएर कहिल्यै अघि बढ्दैन । यो त जटिल अन्तक्रियाबीच अगाडि बढेको हुन्छ । अगाडि चालिने अन्तरक्रियाबीच आंशिक प्रतिगमनको मूल्यमा प्राप्त हुन्छ । यी प्रतिगमनहरूको उपचार (बदला) विकासको अर्को चरणमा लिइन्छ ।
निषेधको निषेध नियमले उच्च तहका निश्चित चरित्रहरू र तल्लो तहका विशेषताहरूको पुनरावृत्तिबारे व्याख्या गर्छ । सँगै बोक्रे अर्थमा विगतका चरित्रहरूको पुनरागमनमाथि प्रकाश पार्छ । रूप–अन्तर्वस्तु र अन्तर्वस्तु–रूपबीच निरन्तर अविछिन्न सङ्घर्ष हुन्छ । यसको अन्तिम परिणाम पुरानो रूपमा विखण्डन र अन्तर्वस्तुमा रूपान्तरण हुने गर्दछ ।
यो प्रक्रियालाई हामी कुनै अविछिन्न गोलो श्रृङ्खला (Spiral) को रूपमा चित्रण गर्न सक्छौँ । यसमा विकासको प्रक्रिया घुमिफिरी उहीँ पुरानै बिन्दुमा आइपुग्छ । तर, त्यो उच्च तहमा पुगेको हुन्छ । अर्को शब्दमा ऐतिहासिक प्रगति अन्तर्विरोधहरूका श्रृङ्खलाबाट प्राप्त हुन्छ । अघिल्लो चरणलाई निषेध त गरिन्छ तर यसको पूर्ण निर्मूलन भएको हुँदैन । सिलसिलाको रूपमा अघि बढेको अवस्थामा प्रगतिशील चरणले अघिल्लो अवस्थाको सम्पूर्णतः विनाश गर्नसक्दैन ।
‘उत्पादन गर्ने पुँजीवादी कार्यव्यवस्थाले सञ्चयको पुँजीवादी शैली विकास हुन्छ । त्यसैबाट पुँजीवादी निजी सम्पत्तिको प्रादुर्भाव हुन्छ । उत्पादनको त्यही कार्यव्यवस्था नै एकजना व्यक्तिको श्रममा आधारित व्यक्तिको निजी सम्पत्तिको पहिलो निषेध हो । तर प्राकृतिक प्रक्रियाको अवश्यम्भाविताबाट प्राप्त पुँजीवादी उत्पादन स्वयंले पुँजीवादलाई निषेध गर्छ ।’ (माक्र्स, पुँजी खण्ड –१)
आफ्नो ‘ड्युहरिङ मतखण्डन’ पुस्तकमा निषेधको निषेध नियमलाई एङ्गेल्सले उदाहरणसहित यसरी प्रस्ट पार्नुभएको छ । उदाहरणको लागि जौको एउटा गेडालाई लिऊँ । जौका करोडौँ गेडाहरू पिसिन्छन्, उसिनिन्छन, पकाइन्छन् र उपयोग गरिन्छ । तर, यदि तीमध्ये एक गेडी जौ अनुकूल वातावरणमा परे अथवा यदि त्यो उब्जाउ उपयुक्त माटोमा परे ताप र आर्द्रताको प्रभावमा त्यसमा विशिष्ट परिवर्तन आउँछ त्यो उम्रन थाल्छ माटोमा परेको जौको गेडा अस्तित्वहीन बन्न पुग्छ अथवा त्यसले आफ्नो अघिल्लो अवस्था गुमाउँछ । त्यसलाई निषेध गरिन्छ र त्यसैबाट नयाँ बिरुवा उम्रन्छ । निषेध गरिएको जौबाट नै त्यो बिरुवा हुर्केको हुन्छ । अब त्यो बिरुवाको सामान्य जीवन प्रक्रिया अध्ययन गरौँ त । त्यसमा फूल फुल्छ, परिपक्व बन्दै जान्छ र अन्ततः फेरि त्यहीँबाट जौका गेडाहरू फल्न थाल्छ । जसै यी गेडाहरू राम्ररी पाक्छन्, त्यो बिरुवा पनि निषेध हुन्छ । हेर्नोस् त निषेधको निषेधकै परिणामस्वरूप हामीले पुनः जौका गेडाहरू हात पार्यो । तर, एक गेडी होइन, दस, बीस र तीसौँ गेडा ।
सिद्धान्त र व्यवहारबीच एकता
“जौको गेडाको जहाँबाट जीवन चक्र प्रारम्भ भएको थियो, त्यहीँ आइपुग्यो । तर, उच्च तहमा अर्थात् अघिको प्रारम्भबिन्दुभन्दा अहिलेको बिन्दु उच्च तहमा पर्दछ । एउटा गेडाले धेरै उत्पादन ग¥यो । साथै समयान्तरमा बिरुवामा गुणात्मक तथा मात्रात्मक विकास देखाप¥यो पनि र आफ्नो वातावरणमा थप अभ्यस्त पनि भएको देखियो ।
माक्र्सवादीहरूले सधैँ सिद्धान्त र व्यवहारबीचको एकतालाई जोड दिएका छन् । “आजसम्मका दार्शनिकहरूले संसारलाई विभिन्न ढङ्गले व्याख्या गरे । तर, प्रमुख कुरा त त्यसलाई परिवर्तन गर्नु हो ।”, फारवाखबारे एक अध्ययन (Thesis on Feuervach) नामको आफ्नो पुस्तकमा माक्र्सले लेख्नुभएको छ । हेगेल भन्नुहुन्छ, “यदि सत्य अमूर्त छ भने त्यो असत्य हो ।” सबै सत्यहरू मूर्त हुन्छन् । हामीले कुनै पनि अस्तित्वमा रहेका वस्तुहरूलाई तिनमा अन्तर्निहित अन्तर्विरोधपूर्ण विकासको दृष्टिकोणले हेर्नुपर्छ । विशेषगरी समाज परिवर्तनको निम्ति लडिरहेको जो कोहीका निम्ति यो निष्कर्ष निकै महत्वपूर्ण छ ।
काल्पनिक समाजवादीहरू समाजवादलाई अचम्मको विचारको रूपमा लिन्छन् । तर, माक्र्सवादीहरू समाजवादको विकासलाई पुँजीवादभित्रका अन्तर्विरोधहरूको परिणामको रूपमा लिन्छन् । पुँजीवादी समाजका उच्चरूपमा विकसित उत्पादन शक्तिहरू र श्रमको विश्वव्यापी विभाजनले वर्गविहीन समाजको भौतिक आधार तयार पारेको छ । यो समाजले श्रमिक वर्गलाई जन्म दियो जसले आफ्नो जन्मसँगै पुँजीवादविरुद्ध सङ्घर्ष प्रारम्भ ग¥यो ।
पुँजीवाद आफूभित्र अन्तर्निहित गहिरो अन्तर्विरोधमा नराम्ररी फसेको छ । पुरानो संरचनाबाट उदय भएको नयाँ समाजका उदयमान शक्तिले यो कुनै बिहान पराजीत हुने निश्चित छ । त्यो नयाँ शक्तिको प्रतिनिधित्व आधुनिक सर्वहारा वर्गले गर्दछ ।
आज पुँजीवाद पूर्णतः पतनोन्मुख सामाजिक व्यवस्था बनिसकेको छ । यसलाई पराजीत गर्न अत्यावश्यक छ ।
समाजवादको विजयले मानव इतिहासमा नयाँ र गुणात्मकरूपमा भिन्न आयाम कोरिनेछ । हाम्रो विश्लेषणको अन्तिम आधार द्वन्द्वात्मक भौतिकवाद हो । यसले वर्तमान राजनीतिक, अर्थतन्त्र र संस्कृतिमा देखिएका समस्याहरूका जटिलता पहिल्याई समाधान निकाल्न सक्छ । वास्तविकताको विश्लेषण गर्ने यो एउटा वैज्ञानिक माध्यम हो । हाम्रो दैनिक जीवनका भिन्न–भिन्न घटनाक्रम, तथ्यहरू र प्रक्रियाहरूभित्र भइरहेका कुराको गुढी पहिल्याउने यो वैज्ञानिक पद्धति हो । क्रान्ति गर्न र समाजवाद निर्माण गर्न नेतृत्व गर्ने कम्युनिस्ट पार्टीहरूका निम्ति यो दिशानिर्देशक हो ।
प्रकृति, मानव समाज र विचारको गति र विकासको सामान्य नियमहरूको विज्ञान द्वन्द्वात्मक भौतिकवाद हो र यो क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी दर्शन हो ।
स्रोत : विद्यार्थी बुलेटिन वर्ष ३७, अङ्क २, भदौ २०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *