युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
मनाङ, २२ माघ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ । हिमपातका कारण मनाङमा सुरू भएको खोप अभियान प्रभावित भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो मनाङ र नार्पाभूमि गाउँपालिकामा खोप अभियान चलिरहेकै अवस्थामा हिमपातले प्रभाव पारेको हो । घरबाट बाहिर निस्कन सक्ने अवस्था नभएपछि खोप अभियान स्थगित गरिएको उहाँले बताउनुभयो । “मौसम अनुकूल भएपछि खोप अभियान चालु गर्नेछौँ”, आचार्यले भन्नुभयो ।
पहाडी क्षेत्रमा वर्षा भएसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ । हिमपातका कारण घरबाट बाहिर निस्कने अवस्था नहुँदा यस जिल्लाको जनजीवन कष्टकर भएको छ । यहाँ पछिल्लो पटक भएको हिमपात भारी मात्रामा रहेकोले अन्य कार्यक्रमहरू पनि प्रभावित रहेको र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको आचार्यले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भारी मात्रामा हिमपात भएकोले जिल्लावासी तथा पर्यटकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन सङ्क्रमणको जोखिमका कारण जिल्लामा पर्यटक न्यून भए पनि सचेत रहन आग्रह गरिएको छ ।
हिमपातका कारण अन्नपूर्ण पदमार्गमार्फत मनाङ भित्रिने पर्यटकलाई सचेत हुन आग्रह गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले बताउनुभयो । पर्यटकहरूलाई जहाँ पुग्नुभएको छ त्यहीँ सुरक्षित तवरबाट बस्न अनुरोध गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पर्यटकहरू हिउँमा बाहिर निस्किँदा चिसोका कारण बिरामी पर्नसक्ने भएकोले सचेत रहन आग्रह गरिएको हो ।
उता हिमपातका कारण यहाँका किसान भने खुसी छन् । यहाँको स्थानीय उत्पादन बढ्ने भएकोले किसान खुसी भएका हुन् । मनाङको प्रवेशद्वार ताल गाउँसम्म भारी हिमपात भएकोले धेरै चिसो बढेको बताइएको छ । रासस
Leave a Reply