भर्खरै :

नेपालको सबैभन्दा पुरानो साइकल पसल अब भक्तपुरमा

भक्तपुर, २३ माघ । सन् १९२५ मा सुरू भएको नेपालको सबैभन्दा पुरानो साइकल पसल पञ्च अष्टनारायण साइकल (प्याङ्क बाइक) को सेवाहरू अबदेखि भक्तपुरमा उपलब्ध भएको छ । भक्तपुर वाचु टोल, इनाचोमा अवस्थित जुजु बाइक्सले यो सेवा भक्तपुरमा भित्र्याएको हो । जुजु बाइक्समार्फत भक्तपुरका साइकलप्रेमीहरूले विश्वस्तरीय साइकल ब्रान्डहरू अब सजिलै खरिद गर्नसक्नेछन् । साथै, माउन्टेन बाइकको सर्भिसिङको लागि पनि अब काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यसको साथै पुरानो साइकल एक्सचेन्ज, इलेक्ट्रिक साइकल, रिकन्डिसन्ड साइकल, साइकल स्पेयर पार्टस र साइक्लिङ सामग्री खरिद–बिक्रीलगायत साइकल रेन्टल तथा साइक्लिङ टुर्सको लागि पनि जुजु बाइक्सले सेवा सुरू गरेको छ ।
भक्तपुरमा गति लिदैँ गरेको साइकल संस्कृतिलाई टेवा पु¥याउन यस व्यवसायबाट मद्दत पुग्ने आशा लिइएको छ । पछिल्लो समय साइकललाई प्रदुषणमुक्त साथ साथै स्वस्थवद्र्धक सवारीको रूपमा सर्वसाधारणले नियमित साइक्लिङ गर्न सुरू गरेको छ । नियमित काममा मात्र नभई व्यायाम गर्न, बिदाको बेला घुमफिर गर्न साथसाथै साहसिक पर्यटनको लागि पनि साइक्लिङ संस्कृतिले नेपालमा गति लिइरहेको छ । हाल नेपाली बजारमा ५००० देखि ८ लाख रुपियाँ पर्नेसम्मको साइकल देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *