सरकारी निर्णय राहतभन्दा आहत
- बैशाख ९, २०८३
काठमाडौँ, २४ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै गर्ने भएको छ । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न÷गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
आयोगले निर्वाचनसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम गर्दै आएको बताउँदै उहाँले कानुनअनुरूप मङ्गलबारदेखि नै मतदाता नामावली दर्ता कार्य स्थगित गरिने जानकारी दिनुभयो । आयोगले कुन दिन के गर्ने भनी आवश्यक निर्देशिका र कार्यविधि तयार गर्नेछ । साथै निर्वाचनका लागि आवश्यक पर्ने अनुमानित बजेट तर्जुमा गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्रचार गर्नेछ ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने गरी आजै मिति घोषणा गरिसकेको छ । रासस
Leave a Reply