‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
अन्तर्राष्ट्रिय महिला दिवसको दिन महिला हिंसाको विरोधमा सन् २०२१ को मार्च ८ मा अल्बानियाको राजधानी तेरानास्थित डुरेस चोकमा महिलाका राता जुत्ता प्रदर्शन गर्दै महिला अभियन्ताहरू । तस्बिरः गेटी
सङ्कटको समयमा महिला र केटीहरूविरुद्ध हिंसा बढ्ने गर्छ । त्यसकारण, कोभिड–१९ ले लिङ्गमा आधारित हिंसाको जोखिम बढ्नु कुनै आश्चर्यको कुरा होइन । महामारीअघि नै विश्वव्यापीरूपमा तीन जनामध्ये एक जना महिला आफ्ना नजिकको सहकर्मीबाट शारीरिक वा लैङ्गिक हिंसा अनुभव गर्थे । तर, बन्दाबन्दीले महिला र उनीहरूमाथि हिंसा गर्ने व्यक्तिलाई घरभित्रै कैद राख्दा महिलामाथि हिंसाको जोखिम बढेको छ । बन्दाबन्दीले आर्थिक समस्या पनि बढाएको छ । स्रोत साधनमाथि महिलाको पहुँच घटाएको छ । उत्पीडनकारी सम्बन्धबाट जोगिने सहायता प्रणालीमा महिलाको पहुँच पनि घटाएको छ ।
सन् २०२० को अप्रिलमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले महामारीको बखत भइरहेको लैङ्गिक हिंसा समाधानको निम्ति आह्वान गरेको थियो । उनको सो आह्वानलाई १ सय ४६ देशहरूले समर्थन गरेका थिए । त्यही महिना संयुक्त राष्ट्र सङ्घको जनसङ्ख्या कोषले बन्दाबन्दीको समयका हरेक तीन महिनामा महिला र केटीहरूमाथि हिंसाका थप १५ करोड घटना हुने पूर्वानुमान गरेको थियो ।
त्यसको अठार महिनापछि सरकारहरूले महासचिव गुटरेजको सो आह्वानअनुसार काम गरेको देखियो । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमले निकालेको तथ्याङ्कले सो अवधिमा बनेका ४ हजार ९ सय ६८ वटा कोभिड–१९ नीतिमध्ये ८ सय ५३ वटा नीति महिला हिंसाविरुद्ध केन्द्रित भएको देखायो । उदाहरणको लागि संरा अमेरिकामा दसौँ लाखको महामारी राहत कोष तत्काल आवश्यक हुने स्रोतहरू जस्तै बस्ने स्थान, मनोवैज्ञानिक सेवा र आवास सहायताजस्ता आवश्यकता पूरा गर्न निर्देशित थिए । हिंसा अनुभव गरिरहेका महिलाका तत्कालका आवश्यकता पूरा गर्न त्यो व्यवस्था उपयोगीसिद्ध भयो ।
तर, यस्ता अग्रसरताले मात्र महिलाविरुद्धको हिंसा रोकिँदैन । महिला र केटीहरूमाथिको हिंसा अन्त्य गर्न त्यसका मूल कारण लक्षित प्रभावकारी रोकथाम नीतिको आवश्यक हुन्छ । त्यस्ता कार्यक्रमले जताततै रहेको असमानता र शक्तिमा भेद समाधान गर्न सक्नुपर्छ । विशेषतः महिला र केटीहरूविरुद्ध हिंसालाई जायज र सामान्य ठह¥याउने लैङ्गिक मान्यता हटाउन तिनले भूमिका खेल्नुपर्छ ।
विश्वव्यापी महामारीको समयमा पनि कार्यान्वयन गर्न सकिने महिलाविरुद्धको हिंसा रोकथाम गर्ने प्रभावकारी र प्रमाणित अवधारणाका धेरै उदाहरण छन् । बितेका केही दशकमा सङ्कलित अब्बलभन्दा अब्बल अभ्यास र अनुभवको विशाल भण्डारले कुन अवधारणाले सबभन्दा प्रभावकारी तरिकाले काम गर्न सक्छ, देखाउन सक्छ । विशेषतः सबैतिरको प्रभाव मूल्याङ्कनले स्वस्थ, हिंसामुक्त जनसमुदाय कसरी बनाउन सकिन्छ भन्ने दिशा पहिल्याउन सकिन्छ ।
एउटा प्रभावकारी र अनुभवसिद्ध अवधारणा भनेको सहजीकरण गरिएको लैङ्गिक संवाद हो । यस्तो संवादले महिला र पुरुषलाई असमान लैङ्गिक मूल्यमान्यता र भूमिकाको परीक्षण र चुनौती दिन मद्दत गर्छ । यसले सुरक्षित क्षेत्रमा कसरी आपसी सम्बन्धको सीप अभ्यास गर्न सकिन्छ भन्ने कुरा देखाउन सक्छ । यसको एउटा उदाहरण इथियोपियामा अभ्यास गरिएको ‘सुरक्षित जीवनको लागि एकजुट होऔँ’ (यूबीएल) कार्यक्रम हो । इथियोपियामा प्रचलनमा रहेको समुदायमा आधारित छलफल गर्ने परम्परागत डबली इथियोपियाली कफी चाडमा यसको अभ्यास गरिएको थियो ।
यूबीएलले पारेको प्रभावको औसत मूल्याङ्कनले पुरुषको समूहमा यसको अभ्यास गर्दा यसले उनीहरूका महिला सहकर्मीमा ५० प्रतिशतले महिला हिंसा घटाएको देखाएको छ । यूबीएलले थप समतामूलक सम्बन्ध विकास गरेको छ । महिलाको निर्णय प्रक्रियामा भूमिका बढाएको छ । घरायसी काम जस्तै पकाउने र शिशुको हेरविचार गर्ने काममा पुरुषको संलग्नता बढाएको छ । यौनिकता जस्ता संवेदनशील विषयमा लोग्ने स्वास्नीबीच संवाद बढाएको छ । यो कार्यक्रमको लाभ भने घरायसी काममा संलग्नतामा मात्र सीमित छैन । हिंसा न्यूनीकरणलगायत सकारात्मक प्रभाव यूबीएलका कार्यक्रम सञ्चालन नभएका समुदायका सदस्यहरूमा पनि देखियो ।
यो अनुसन्धानले महिला हिंसा रोकथामको प्रयासमा पुरुषलाई पनि संलग्न गर्न कति महत्वपूर्ण छ भन्ने कुरा देखाएको छ । ‘महिला र केटीहरूविरुद्धको हिंसा रोकथाम कसरी गर्ने कार्यक्रम’ अन्तर्गत कार्यान्वयन गरिएका यस्ता अग्रसरताले पुरुषको सलंग्नतामा सहभागितामूलक संवादलाई जोड दिएको छ ।
संयुक्त राष्ट्र सङ्घीय ‘महिलालाई सम्मान कार्यक्रम’ ले जोड दिएका अन्य प्रभावकारी अवधारणाअन्तर्गत महिला सशक्तीकरणको लागि विद्यालयको पाठ्यक्रम, लघुवित्त वा बचत तथा ऋण आदि कार्यक्रम, सामाजिक चेतना वा सञ्चारमाध्यमबाट प्रचारप्रसार आदि हुन् । सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्ने अवधारणाअन्तर्गत ‘शैक्षिक मनोरञ्जन’को रूपमा रेडियो र टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने हो । यस्ता कार्यक्रमले सामाजिक परिवर्तनका सन्देश प्रवाह गर्नुका साथै रोचक पाराले कथा पनि भन्दै जाने गर्छ । युगान्डा, मेक्सिको र नाइजेरियामा भएको औसत मूल्याङ्कनले शैक्षिक मनोरञ्जन कार्यक्रमले महिलाविरुद्धको हिंसाका घटनाको स्वीकार्यता घटाएको छ । बरु त्यस्ता घटना भए खबर गर्न मानिसहरूलाई उत्साहित ग¥यो ।
सञ्चारमाध्यमबाट हुने अभियानले कम लागतमा दुर्गम क्षेत्रका धेरै मानिससम्म सन्देश पु¥याउन सकिने भयो । उदाहरणको लागि यूबीएलको पोडकास्ट कार्यक्रम मानवीय सङ्कटलाई ध्यानमा राखेर बनाइएको हुन्छ । विशेषतः एक ठाउँबाट अर्को ठाउँमा सर्दै गरेका र सशरीर उपस्थित हुन नसक्ने मानिसलाई लक्षित गरी त्यस्ता पोडकास्ट बनाइएका हुन्छन् । त्यस्ता पोडकास्टहरू साधारण मोबाइल उपकरणबाट सजिलै र सहजै सुन्न सकिन्छ । महामारीजस्ता सङ्कटको समयमा मानिसलाई सहायता गर्न त्यस्ता कार्यक्रमलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा थप काम गर्न आवश्यक छ । तर, अहिलेको अवस्थाले हामीलाई कामको आरम्भ गर्न मद्दत गर्छ ।
खेर फाल्नलाई समय छैन । नयाँ अवस्थामा अनुकूल हुन र प्रभावकारी रोकथाम कार्यक्रम विस्तार गर्न नीति निर्माताहरूले अहिलेको उपलब्धिको भरपूर उपयोग गर्नुपर्छ । थप अनुसन्धान, नयाँ कामको प्रभावकारिता परीक्षण वा अप्रमाणित रोकथाम रणनीति बनाउन अपरिहार्य छ ।
महिलाविरुद्ध हिंसा अन्त्य गर्न सरकारहरूले हिंसा पीडितलाई सहयोग गर्नेभन्दा माथि उठेर पनि काम गर्न जरुरी छ । उनीहरूले घातक लैङ्गिक मूल्यमान्यतालाई चुनौती दिने र स्वस्थ, समतामूलक सम्बन्धको प्रवद्र्धन गर्न हिंसा रोकथाम कार्यक्रमहरूमा लगानी र प्रभावकारी कार्यान्वयन पनि गर्नुपर्छ ।
(बन्धना हावर्ड शिक्षण अस्पताल चान जनस्वास्थ्य कलेजका विश्व स्वास्थ्य विषयका अध्येता हुन् भने इसाबेला जी–पाल ग्लोबलको अपराध, हिंसा र द्वन्द्व क्षेत्रका वरिष्ठ नीति सहायक हुनुहुन्छ ।)
प्रोजेक्ट सिन्डिकेटबाट नेपालीमा अनुदित सामग्री
Leave a Reply