“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
भारतको दक्षिणी कर्णाटक राज्यमा पछिल्ला दिनमा भइरहेको घटनाक्रमले ‘संसारकै सबभन्दा ठूलो प्रजातन्त्र’ भएको भनिने भारत असहिष्णुताको गहिरो दलदलमा फसिसकेको देखाएको छ । कर्णाटकको उदुपीस्थित सरकारी पीयू छात्रा कलेजका ६ जना मुसलमान छात्राहरूले कक्षाकोठामा आफूलाई हिजाब लगाएर बस्न नदिइएको भन्दै सुरु भएको प्रदर्शन अहिले कर्णाटकका अन्य माध्यमिक विद्यालय र कलेजहरूका डढेलोसरि फैलिएको छ । ती ६ जना छात्राहरूले सो विषयलाई लिएर उच्च अदालतमा मुद्दा दायर गरेका छन् । कक्षाकोठामा पनि हिजाब लगाउन पाउनुपर्ने माग राखी कर्णाटकका अन्य कलेज र विद्यालयहरूमा मुसलमान छात्राहरूले हिजाब आन्दोलन थाले । त्यसको प्रतिरोध हिन्दूवादीहरूले गर्न थालेका छन् । कर्णाटकमा अहिले धार्मिक गन्ध मिसिएको द्वन्द्व धेरै शैक्षिक संस्थामा फैलिएको छ ।
मुसलमान छात्राहरूले आन्दोलनको रूपमा कलेज र विद्यालयमा हिजाब लगाएर आउन थालेपछि त्यहाँका हिन्दूवादीहरूले प्रतिरोधको नाममा ती छात्राहरूमाथि दुव्र्यवहार गरेका छन् । सानो झिल्कोबाट सुरु भएको यो द्वन्द्व कुन तहको विनाश र विध्वंसमा पुग्ने हो, अहिले नै अनुमान गर्न सकिन्न । सम्भावित तनावलाई ध्यानमा राखी कर्णाटक सरकारले केही दिनको लागि शैक्षिक संस्थाहरू बन्द गरेको छ ।
कर्णाटकको शैक्षिक निकायमा फैलिएको यो साम्प्रदायिक द्वन्द्वले भारतीय समाजमा साम्प्रदायिक विभाजन पिँध तहसम्म फैलिसकेको सङ्केत गरेको छ । भारतीय शासक वर्गले फैलाएको धार्मिक अतिवाद र असहिष्णुताको विषालु विचार अब विद्यालय र कलेजका विद्यार्थीको मानसपटल र कक्षाकोठासम्म पुगिसकेको छ । किशोरकिशोरीहरू धर्म र सम्प्रदायको नाममा यसरी असहिष्णु बन्नु ‘विश्वशक्तिको आकाङ्क्षा बोकेको’ भारतको निम्ति चुनौती हो । विडम्बना ¤ यस्तो धार्मिक विभाजनको जरा भने भारतको शासक वर्ग नै हो । अर्को शब्दमा भन्दा भारतको सत्तारुढ दलको संरक्षण र चाहनाअनुसार नै यस्ता साम्प्रदायिक भावनाको प्रसार भइरहेको छ । भारतका प्रधानमन्त्री र उनको दलका नेताहरूलाई मनपर्ने गेरु रङको कपडा र पगरी लगाएर कर्णाटकका छात्रहरूले हिजाब लगाएका छात्राहरूमाथि दुव्र्यवहार गरिरहेका छन् । यस्तो दुव्र्यवहार गर्ने छात्रहरूलाई स्थानीय हिन्दूवादी शक्तिहरूले मद्दत गरिरहेका छन् । अर्को शब्दमा भन्दा राज्यको संरक्षणमा उनीहरूले यस्तो असहिष्णु व्यवहार गरिरहेका छन् ।
प्रजातन्त्रले सधैँ विविधतालाई स्वीकार्ने गर्छ । फरक पृष्ठभूमि र वैचारिकीले राखेको मतलाई पनि सहर्ष स्वीकार्नु नै प्रजातान्त्रिक संस्कारको मूल आधार हो । तर, भारतमा विशेषतः भारतीय जनता पार्टीको शासन सुरु भएयता आफ्नै आस्था र विश्वास बोकेका भारतीय अल्पसङ्ख्यक समुदायमाथि यसप्रकारको लगातार हमला हुँदै आएको छ । बहुधर्म, बहुभाषा, बहुसंस्कृतिको जगमा बनेको भारतीय प्रजातन्त्रलाई एकात्मकताको फासीवादी शासनतिर भारतीय शासक वर्गले डो¥याइरहेको छ । उनीहरूको यो कदमले भारतीय सामाजिक व्यवस्थालाई मात्र बिथोलिरहेको छैन, बरु प्रकारान्तरले दक्षिण एसियालाई नै साम्प्रदायिक र धार्मिक द्वन्द्वको केन्द्र बनाउने सम्भावना छ ।
जुन वस्तुमाथि लगातार प्रहार हुन्छ, त्यो वस्तु क्रमशः बलियो बन्दै जान्छ । भारतीय हिन्दूवादीहरूले मुसलमान अल्पसङ्ख्यामाथि गरिरहेको लगातारको हमलाले मुसलमान समुदायमा प्रतिरोध चेतना बलियो बन्दै जानेछ । त्यस्तो चेतना सधैँ गान्धीले देखाएको बाटोमा मात्र हिंड्ने कुनै ग्यारेन्टी गर्न सकिन्न । धार्मिक र साम्प्रदायिक अतिवादले पु¥याउने क्षति संसारले भोगिसकेको छैन र ? के भारतीय हिन्दुवादीहरू अर्को फासीवादी शासन स्थापना गरेर संसारमा अर्को हिटलर युगको गर्भाधान गर्न खोज्दै छन् ?
Leave a Reply