“नेपालभाषा साहित्य तःमुंज्याले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली जनतालाई शिक्षित र सचेत पार्दै आएको छ”
- भाद्र १४, २०८३
हिउँका शीलामा इतिहास लेख्दै गरेको
बेइजिङ, तिमीलाई बधाई !
संसारले अञ्जुलीभरि बोकेर आएको किरण
बेइजिङको हिउँमा पोखिँदा
ऐक्यबद्धताको अनुहार अझ चहकिलो देखिनेछ ।
सङ्कटको पहाड छिचोलेर उदाएको घाम
बेइजिङको हिउँका शिलापत्रमा पर्दा
भातृत्व र भविष्यप्रतिको आशाको अर्को अध्याय लेखिनेछ ।
बेइजिङ !
संसारले भविष्यको मलिन अनुहार नियाल्दै गर्दा
तिमीले आशाको अर्को यात्राको सुरुआत ग¥यौ ।
तिमीलाई बधाई !
विग्रह र विभाजनको विषवृक्षले जरा गाड्दै गर्दा
तिमीले एकता र ऐक्यबद्धताको गीत गायौ,
उदासीनता र अन्योलको बादलले आकाश ढाक्दै गर्दा
तिमीले भविष्यप्रति उत्साहको आह्वान ग¥यौ ।
बेइजिङ !
सभ्यताको पहिलो घाम परेको तिमी
अझै संसारलाई सभ्यताको यात्रामा हिँड्न घच्घचाउँदै छौ ।
तिम्रो सुसंस्कृतिको लागि बधाई !
ग्रेटवालमा उभिएर तिमीले गर्ने सहअस्तित्वको आह्वान
पृथ्वीको आकाशमा मङ्गलधुन बनेर गुञ्जिनेछ ।
तेन आन मेन स्क्वाएरबाट तिमीले गाउने भविष्यको गीत
‘मालश्री’ बनेर सिङ्गो संसारलाई उद्वेलित बनाउनेछ ।
हिउँका शीलामा तिमीले लेख्ने इतिहास
‘साझा भविष्यको लागि एकता’ को आधारशीला बन्नेछ ।
बेइजिङ, तिमीलाई बधाई !
Leave a Reply